banner
banner

महाथिर मोडल अपनाउनु पर्छ

आइएमई ग्रुपका कर्ताधर्ता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको विकास गर्ने हो भने मलेसियामा जस्तो महाथिर र निजीक्षेत्रको सहकार्यजस्तो मोडल अपनाउन जरुरी भएको बताएका छन् । कर्णाली प्रदेशमा आयोजित दैलेख महोत्सवमा पुगेका ढकालले मलेसिया २० वर्षमा चमत्कारिक विकास गर्न सफल भयो, यसको कारण राज्य निजीक्ष्ँेत्रको सहकार्य नै हो । त्यही मोडेल नेपालमा अपनाउने हो भने समृद्ध नेपाल, सुखी नेपाली सम्भव छ ।
ढकालका अनुसार उनले मलेसियाका महाथिरलाई विकास कसरी सम्भव भयो ? भनेर सोध्दा यसको रहस्य ठूलो छैन, निजी
क्षेत्रस“गको सहकार्य नै हो भनेर बताएको स्मरणसमेत गरेका छन् ।
ढकालले सरकारलाई सुझाव दिएका छन्– महाथीर मोहम्मदले भनेजस्तै नेपालमा पनि निजी क्षेत्रस“गको सहकार्यका पक्षमा नीति नियम र कानुनहरु रहेका भए पनि सही अर्थमा सहकार्य भने हुन सकेको छैन । सरकारका हरेक संरचनाले निजी क्षेत्रले काम गर्नसक्ने किसिमको वातावरण बनाउन र सघाउन जरुरी छ । राज्यका यी सबै निकायले देश विकासका लागि आआफ्नो संरचनाबाट निजी क्षेत्रलाई कसरी आकर्षित गर्ने भन्ने बारेमा मात्र सोच्न म आग्रह गर्दछु ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper