banner
banner

अतिवाद मौलायो कि म¥यो ?

अधिवक्ता शिव सिग्देल -
विप्लव माओवादीको अतिवाद अहिले पनि बम पड्काइरहेको छ र जनवाद भनिरहेको छ । ऊ देशभित्रको शक्ति हो, उसको क्रान्तिको तरिका हिंसात्मक भएकाले त्यो अतिवाद हो ।
सीके राउतको अतिवाद देश बिखण्डनवादी थियो । ऊ मधेशलाई नयाँ देश भनिरहेको थियो । मधेश टुक्य्राउन चाहन्थ्यो, अपाच्य अतिवाद थियो त्यो ।
तिनै सीके राउत चमत्कारिक तरिकाले सरकारसँग सम्झौता गरेर लोकतान्त्रिक बिधिमा प्रवेश गरेको देखियो । स्वागत गर्नैपर्छ यो घटना ।
सीके राउतको स्वागत गरौं, उनले आत्मसमर्पण गरे भनेर अपमान नगरौं, किनकि उनीभित्रको नागरिक जागेको हो, देश नेपाल हो मेरो भन्ने भावना व्यूँझेको हो भने उत्तम घटना हो ।
अतिवाद प्रजातन्त्रको दुश्मन हो । प्रजातन्त्रमा अतिवाद क्षम्य छैन । क्षम् नभएरै उनी जेलमा थिए, उनीमाथि कानुनी कारवाही पनि चलेकै हो । अव सीके राउत प्रजातन्त्रवादी बनेका छन् । उनीभित्रको प्रजातन्त्रलाई धन्यवाद ।
सीके राउतले जीवनभर मधेश टुक्य्राउने एजेण्डामा काम गरे । उनीमाथि अमेरिकी र भारतीय आक्षेप पनि छ । नेपाल टुक्य्राएर, नेपालमा जातीय र भेगीय दंगा गराएर नेपालमा अस्थिरता र अराजकताको विषालु बिउ छर्ने काम भइरहेको अँक्ष्ँेप । यो भनेको सीके राउत राष्ट्रघाती हुन् भनेको हो । एउटा राष्ट्रघातको आरोप लागेका व्यक्ति मेरो देश नेपाल हो भनेर अघि बढ्छ भने उनलाई स्वागत  र समर्थन गर्नुपर्छ ।
नेपाली कांग्रेसले पनि यस घटनालाई स्वागत गरेको छ । अन्य दल र नेता, बुद्धिजीवीहरुले पनि स्वागत गरेका छन् । ती सबै स्वागत र समर्थन पानी पानी नहोस्, यसका लागि सीके लालले फेरि मन नबदलुन । आफ्ना देश टुक्य्राउने बिखण्डनबादी सोचका काँडाले देशलाई नघोचुन् । उनी प्रजातान्त्रिक अभ्यासमा आउन् र लोकमतको कदर गरुन् ।
हामीले चाहेको प्रजातन्त्र हो । प्रजातन्त्रका गरिमा र महिमा लाञ्छित नहुन् भन्ने हो । बिखण्डनवादका मनसिकता र प्रवृत्ति जन्माउने कुनै पनि काम नहुन् भन्ने हो । यही सम्झौताका विन्दुलाई अनेकार्थमा व्याख्या गरेर मधेशमा आत्मनिर्णय गर्ने प्रजातान्त्रिक अधिकार पाउनुपर्छ भन्नेतिर सोच नजाओस् । देशको अखण्डतामा कुनै पनि चुनौति स्वीकार छैन । यसमा नेकपाका शासकहरुले पनि सोचुन् र देशको अखण्डता कायम राखेर जस्तोसुकै प्रजातान्त्रिक अभ्यास गरे पनि सबैले सघाउनु उपयुक्त हुनेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper