banner
banner

गलत फैसला गर्नेलाई सजाय छ ?

वाशुदेव वाग्ले -
प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराका सामु सेटिङमा फैसला गर्ने न्यायाधीशहरुमाथि कारवाही गर्ने चुनौति त छ नै, बलात्कारजस्तो गम्भीर मुद्दामा गलत फैसला गर्ने न्यायाधीशलाई के गर्ने भन्ने थप चुनौती खडा हुनपुगेको छ । अदालतका गलत क्रियाकलाप सुधार्छु भन्ने कबुलका साथ प्रधानन्यायधीश बनेका राणालाई सिंगो देशका न्यायाधीश, जो राजनीतिक सेटिङमा भर्ति भएका छन्, तिनलाई सुधार्नु फलामको च्यूरा चपाएभन्दा मुस्किल छ भन्छन् कानुनचीहरु  तैपनि राणा सुधार्ने प्रयासमा लागेका देखिन्छन् ।
न्यायलाई खरिदविक्रीको वस्तु बनाएर केही न्यायाधीशहरुले गर्नुसम्मको उपद्रो गरिरहेका छन् न्यायालयहरुमा । न्यायालय मन्दिर हो, स्वच्छता हुन्छ भन्ने कुरा गल साबित गर्नेहरुलाई गोर्खे लौरी नकसेसम्म न्यायालय पवित्र हुनसक्दपैन । ती पनि न्यायाधीश थिए जसले अपहरण, फिरौतीजस्ता मुद्दामा गलत फैसला गरेका थिए । र, ललितपुरको वर्षदिन पहिलेको सामुहिक बलात्कारपछिको हत्या प्रयासको मुद्दाका आरोपीलाई जनही १० वर्ष कैद सजाय सुनाइएको छ । न्यायधीश ईश्वर होइन, उसले पनि गलत फैसला गर्छ, गर्नसक्छ भन्ने उदाहरण देखियो, न्यायाधीश बालमुकुन्द दवाडीले तिनलाई उन्मूक्ति दिएका थिए । उनी नै पूर्वमन्त्री श्यामसुन्दर गुप्तासँग सेटिङमा फैसला गरेको थप आरोप पनि थपिएको छ । न्यायाधीश धनसिंह महराको इजलाशले गत शुक्रवार रघु सिलवाल, पवन कुवर र विशालध्वजस्ता बलात्कारीलाई यति कडा सजाय सुनँएको हो । पीडितको बयान, सनाखत र किटानी जाहेरीका आधारमा यस्तो फैसला आएको हो । बलात्कारीलाई कडा सजाय नभएसम्म समाजमा हरेक दिन बलात्कार र हत्याका घटना भइनै रहनेछन् ।
प्रहरीले १५ जना शंकास्पद व्यक्तिलाई लाइन लगाएर राखेपछि पीडितले बलात्कारी पहिचान गरेकी थिइन् । तर कैलाली घटना, निर्मला पन्तको बलात्कार पछि हत्या नै गरियो, प्रहरी नै प्रमाण मेट्न थालेपछि कसरी सजाय हुन्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper