banner
banner

सेनाका नदेखिने हिरोहरुलाई सलाम

फागुन १५ । १५ र १६ गते । रातदिनभरि नै ताप्लेजुङमा हिउँ परिररहेको थियो । रातको समयमा तापक्रम कति चिसो थिया, भरु पहरामा रात काट्न कुन कष्ट भयो होला । प्रतिकूल मौसमका कारण हेलिकोप्टर बस्न सक्दैनथ्यो । सेनाका वीर सिपाहीहरु शबलाई चितुवाबाट बचाउन रातभर कुरेर बसिरहे ।
नेपाली सेना र सुरक्षा निकायले ठूलो मेहनत गरेर हेलिकप्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका शव काठमाडौं ल्याएका हुन् । ती सेना जो नदेखिने हिरो हुन्, जसले रातभरि हिउँ परिरहेको स्थितिमा पनि बिकट ठाउँमा अनिदो रहेर शवको सुरक्षा गरे, यसरी हेलिकोप्टरमा झुण्डिएर झरे र झुण्डिएरै शवलाई ल्याउने प्रवन्ध मिलाए । यसकारण नेपाली सेना बहादुरहरुको सेना हो । नेपाली सेना नमकको सोझो गर्न ज्यानको बाजी लगाउने गर्छ, जस्तोसुकै जोखिमको पनि टक्करमा उत्रने गर्छ ।
ती सेनाका नदेखिने हिरोको जति प्रशंसा गरे पनि कमै हुन्छ । तर तिनीहरुलाई नेपाल सरकारले धन्यवादसम्म पनि दिएको सुनिएन । हो, सेनालाई धन्यवाद चाहिन्न । बाढी पहिरो होस् कि भूकम्पजस्ता कुनै पनि प्राकिृतिक प्रकोप परोस्, नेपाली सेनाले हिमाल, पहाड, तराई सबैतिर आफ्नो ज्ञान, बुद्धि, सीप र ज्यानलगाएर आमनागरिकको रक्षा र पाएको जिम्मेवारी यसैगरी पूरा गर्ने गरेको छ । धन्यवाद हाम्रो सेना ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper