banner
banner

नाच्दै भजन गाउँदै स्वाभिमानयात्रा

काठमाडौं । ताप्लेजुङबाट सुरु भएको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा २१ गते, आज हेटौंडा आइपुग्नेछ । नाच्दै, भजन गाउँदै अपार जनसमर्थनका साथ अघि बढेको राप्रपाले हेटौंडामा आज ठूलै जनसभा गर्नेछ । यहाँसम्म आइपुग्दा राप्रपाले जनसमर्थन गुमाएको छैन भन्ने देखाएको छ ।
राप्रपाले भनेको छ– गणतन्त्रमा पुनर्विचार गरौं, महान् उपलब्धि ठानिएका धर्र्मिनरपेक्षता, गणतन्त्र र संघीयताले मुलुकलाई विपरीत र नकारात्मक परिणाम दिइराखेका छन्, यसमा पुनर्विचार हुनैपर्छ ।
राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रका बढ्दो संकटहरू
हेरौं, गलत नीति र निर्णय सच्याउँ । जनआन्दोलनको सफलताले नयाँ राजनीति परिवेश त आयो, जनताको मत बिना नै हिन्दुराष्ट्र समाप्त पारियो, २०६३ साल वैशाख ११ गते राजासँग जुन सम्झौता गरियो, त्यसको विपरित संविधानको निर्वाचन अगावै राजसंस्थालाई पाखा लगाइयो । जातीय विभाजन ल्याइयो, राष्ट्रघाती ठहरिएको नागरिकता ऐन कार्यान्वयन गरेर विदेशीलाई नेपाली बनाइयो । यस्ता कमजोरी अव सच्याउनु पर्छ ।
दुई तिहाइको सरकार भए पनि शान्ति, स्थिरता र समृद्धि देख्न पाइएन । जनचाहना एकातिर सत्ताधारी अर्कोतिर हिडिरहेका छन् । अर्थतन्त्र दिनदिनै संकटग्रस्त भइरहेको छ । गरीव र धनीवीचको दूरी बढ्दै गएको छ । केही व्यक्तिका हातमा मुलुकको आय र सम्पत्ति कैद हुनपुगेको छ । राज्यका संयन्त्रहरूः प्रशासन, संवैधानिक अंग, शैक्षिक क्षेत्र, सुरक्षा अंगहरू र न्यायपालिकासमेत पार्टीकरणको चपेटमा परेका छन् । उपलब्धि ठानिएका तर नकारात्मक बनेका विषयमा राष्ट्रिय बहस गर्ने बेला भयो । राजनीतिक त्रुटी सच्याउने बेला भयो । यो मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको मुख्य उद्देश्य हो– राजनीतिक त्रुटि सच्याउँ । सही निर्णय गरौं ।
यो यात्रामा जानुअघि राप्रपाले प्रधानमन्त्रीलाई भेटेर २२ बुँदे स्मरणपत्र दिएको थियो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper