banner
banner

सन्दर्भ राष्ट्रियता लेखन ः जंगे बुद्धे

प्रा.खेम कोइराला बन्धु -
हेलम्बु गिरी श्रृग विश्व भरको सौन्दर्यको देशमा । 
हिड्छन् किन्नर किन्नरीहरु जहाँ यै मत्र्यको भेषमा । 
हाम्रा हृदय हिल्छ मूल, छहरा, छाँगा र गंगा महा । 
मेरा कान सधैं अनागत नयाँ संगीत सुन्छन् यहाँ ।।
अनाशक्त, निर्लिप्त र निस्काम कर्मको अर्जुन दुष्टिका एक निष्ठायुक्त व्यक्ति हो – बुद्धिनारायण । उसलाई म बुद्धे भन्छु । उसले जंगे बुद्धे नामक कृति लेख्यो आफैँमा उसको सार्थक लेखन उसैको लेखाईमा म मिसिन पुगे । 
म जहिलेपनि उसलाई भेट्थे ऊ गुनगुनाईरहन्थ्यो यही पद्य – 
“नेपाली अविराम बढ्छ अहिले नालातरी पश्चम ।
टिष्टा हुन्छ प्रतीक पूर्वतिरको आभा लिइ आदिम ।।
गंगा दक्षिण बहन्छ रणको खाँडो पखालिकन ।
अग्लो उठ्छ हिमाल गर्व गरिमा हाम्रो उचालिकन । 
रच्छन् वीर जुटेर आज बलिया किल्ला खलंगामहा ।
पुर्खाका पद चिन्ह छन् अमिट रे प्रत्येक ढुंगामहा ।।”
यस्तै यस्तै उसका मुखबाट निस्किरहने ।  
यो लेख्दा मलाई एकातिर आनन्द अनुभूति भएको थियो । अर्कोतर्फ आफैप्रति खिन्नता । २०७० माघ १० गते यो मैले लेखेको थिएँ । निस्कामकर्मी बुद्धिनारायण – । खिन्नता यस अर्थमा । ४२ वर्ष अघि विश्वविद्यालयहरुको विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय त्यसको प्राध्यापनकर्मी । प्राध्यापक म । विभिन्न अनुसन्धानको अनुसन्धानता म । निर्देशक म । प्राज्ञ विद्वान भनिने हामी तर व्युरोक्रेट्स, प्राविधिज्ञ बुद्धिनारायणका अगाडि हामी बाउन्ने रहेछौँ भन्ने जब थाहा भयो– मलाई खिन्नता महशूस भयो । विश्वविद्यालय विश्वविद्यालय नभएको । प्राध्यापक प्राध्यापक हुुन नसकेको पीडाले घे¥यो । अनि प्राज्ञ भएर तलबी कर्मचारीको रुपमा राजनीतिको गोटी नबन्ने अर्थमा विरोधस्वरुप राजिनामा पेश गरी स्वतन्त्र बस्न चाहेँ । अनि सोचे सम्झें – नेपाली जातिको नेपाल । 
बुद्धि नै हुन् । उनी यस्ता बुद्धि जो आदर्शको एक उदाहरण हुन चाहन्छन् । गौरव राष्ट्र गौरव । त्यो गौरवता उनको एउटा स्वायत्तता हो । यही स्वायत्तताको छाता उनले ओडेका छन् । स्वायत्तता उनको निजीपन हो । हो, यो स्वायत्तता स्वतन्त्रता हो । त्यो स्वतन्त्रता कुनै लाभको लागि होइन । लोभको लागि होइन । ओखलढुङ्गाको प्रकृति । सगरमाथाको काख । विश्वको उच्च स्तम्भ उनले नापे । मेची नापे । महाकाली नापे । नेपाल नाप्न उनी मेची–महाकाली पुगे । हामी नेपाल नाप्न चाहन्छौँ, मुखले । उनले कर्मले नापे । धर्मले नापे । मर्म लिएर नापे । नेपाल चिनाए । नेपाली चिनाए । 
उनको उद्देश्य विशाल थियो । त्यो विशालता उच्चताको सूक्ष्मताको थियो । जसको अपनत्व उनैमा थियो । भन्छन् – कविर तिमी जन्मदा रुन्छौ अरु हाँस्छन् । तिमी मर्दा हाँस्छौ अरु रुन्छन् । उसको मरण यही सर्वभौम सत्यमा आधारित हुन्छ, किनभने उनले केही दिएका छन् हामीले केही लिन सक्नुपर्छ । जान्नुपर्छ । ऊ एक सिन्धु हो । बिन्दु नै सिन्धु । जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड । राष्ट्रवादीहरुको यही सिन्धु । नजान्नेलाई खुर्पाको बिँड । सुगन्ध र महिमामय । 
उनी आत्मालाई साक्षी राखेर अघि बढे । अर्जुन दृष्टि नेपालको सिमाना । यो समाजशास्त्रको विशिष्ट कृति । नेपाली वाङ्मयमा लेखिएका कृतिमध्ये आफ्नै विशिष्टता बोक्ने कृति । 
भन्नेहरु भन्छन्– उनी सीमाविज्ञ हुन् । म भन्छु उनी सीमाशास्त्री हुन् । सीमा अध्येता हुन् । नेपाली जगतमा सीमाको एउटा प्राज्ञ । एउटा स्थितप्राज्ञ सरह । म त अझ यसो भन्छु– सिमानामा नै विद्यावारिधी सरह । सीमा भन्नु कुनै एउटा नापोको कुरा मात्र होइन । त्यहाँ राजनीति जरुरी हुन्छ । भूगोलको हुन्छ । इतिहासको त्यत्तिकै । कल्पनाशीलताको ठाउँ रहन्छ । म भन्छु मुलतः त्यसमा एउटा वस्तु निष्ठताको आवश्यकता पर्छ । प्रस्तुतिमा सत्यता, दृढता, इमान्दारिता । 
एक दिन डायरीमा लेखेथें– नेपालमा एक मात्र नेपाली । आप्mनो फाँटका विशिष्ट बुद्धिका नारायण । कताकता संकोच लाग्यो । एउटा किताब फेला प¥यो । विश्व महामानव वीपी कोइराला । मैले सम्झें यो कुरालाई उनको दृढता, लगनशीलता र तथ्यको प्रस्तुति वस्तुनिष्ठताजस्ता कुराले यो भन्न मलाई संकोच लागने । उनी आफ्नै प्रकारले एक निष्ठ । बाबुराम आचार्यको एक निष्ठता । योगी नरहरिनाथको एक निष्ठता जस्तै एक निष्ठता । उनका गुरुहरु यस्तै तपस्वी भए । (न लाभ, न लोभ, न कमाउ)
उनी किन लगनशील बने ? प्रश्न उठिरह्यो । यो न प्रायोजन हो, न विज्ञापन न प्रचार । यो कछुवा ताल । उनी खरायोको दौडमा लागेनन् अरु जस्तो छरिएनन् । उनी केन्द्रिकृत बने । केन्द्रियता उनमा देखाप¥यो त्यो केन्द्रियतामा उभिए । त्यो उनको माटोमा  आयो । माटो भन्नु राष्ट्रियता हो । रुपचन्द्र भन्थे बरु– ढुङ्गो नै माटो हो माटो नै ढुङ्गो हो । दुई ढुङ्गाबीचको तरुललाई उनले राम्रोसंग चिने ।
यसैले देवकोटाले भनेका होलान्– माटो हो हुनता तथापि गहिरा आँखा हुने सज्जन । दाना सुन्दर स्वर्णमा झलझली देख्लान गुडेका कण ।
हो, पनि उनको यो कृति त्यसै त्यसै राष्ट्रियतामा सघन÷गहिरो जगमग । उच्चो । गहिरो । लामो । सामान्य रुपमा पग्रेल्न नसकिने । बुझ्न नसकिने । लाग्छ– यो यही हो सामान्य व्यक्तिले यसलाई कसरी मूल्यांकन गर्ला ? कमल दीक्षित भन्छन्– मपुगुमा आएका कृतिहरुमध्ये एउटा विशिष्ट कृति हो । उनी त थप्ने गर्दछन् कत्रो निषेधको बीचमा यो कृति अत्यन्त उच्च मूल्यांकित भएको हो । राष्ट्रको गौरव । कसैले यसलाई भूगोलको पार्ट भन्ला । कसैले इतिहासको । कसैले राजनीतिको । कसैले विज्ञान र प्रविधिको । म त्यस कुरामा अल्मलिन चाहन्न । मचाहिं देवकोटाले भने झैं नेपाल सुन्दर, शान्त, विशाल भन्न पुग्छु । यसको नापोको रुपमा यसलाई लिन चाहन्छु । यसलाई कसी खोज्ने हौँला हामी । यसलाई कसी नै चाहिदैन, यो आफैँ दागबिहीन छ । देवकोटा भन्छन्– ‘के श्रृंगार गुलाफलाई कमलैलाई म धोउँ किन ?’ यस कृतिले नेपालको राष्ट्रियताको एउटा पक्षमा अन्धाको आँखा खोलेको छ । बहिरालाई कान दिएको छ । नबोल्नेलाई बोली दिएको छ । सांकेतिक रुपमा थुप्रै कुरा भनिरहेको छ । हो पनि । न लटपट् । न खटपट । सम्पूर्ण नेपालीपन । 
नेपालीयता नेपाली मन । कत्रो विश्वास । कति इमान्दारिता । कत्रो लगनशीलता आ हा हा हा ....... । मलाई प्रशंसा गर्न मन लाग्छ । बेलाबेलामा चाँहि इष्र्या पनि लाग्ने गर्छ । आफू वामन भएकोमा कता कता च्वास्स घोच्छ । गौरीशंकरको नजिक चुचुरा उठ्छन् अरु वामन । सायद देवकोटाले यही नै भनेका हुन् । 
यो कुनै कल्पना होइन । म साहित्यको विद्यार्थी कल्पना रुचाउँछु । सौन्दर्य त्यतिकै मनपर्छ । तर यो त यथार्थ हो । विज्ञान हो । यसलाई तलमाथि नपारी प्रस्तुत गर्न सक्नुपर्छ, गर्नुपर्छ । अन्यथा दोष हुन्छ । यही कुरालाई महशुस गरेर प्रत्येक मसी प्रत्येक शब्दचित्रको रुपमा प्रस्तुत गरिरहेका छन् । यो कम्ती महत्वपूर्ण होइन । 
गोर्की भन्ने गर्दथे – लेखन केबल कल्पना होइन । यो त संघर्षको सुख श्रेष्ठ सुख हो । श्रेष्ठ सुख के हो ? त्यो त देशप्रतिको माया ममता हो । देश कसरी चिनिन्छ ? त्यो चाहिं देश छोडे पछि बुझिन्छ । देवकोटा भन्छन् – घर चिन्न घर छोड्नु पर्छ तर जब घर छोड्छौँ घरलाई विर्सनु हुँदैन । श्रेष्ठ जब विदेश पुग्छन्, नेपालबारे आफ्नो विज्ञतालाई समाउन पुग्छन् अनि संझाउन पुग्छन् नेपालीयतालाई । यो नेपालीयतालाई म बुद्धिनारायणीयता भन्छु । त्यो बुद्धिनारायणीयपन । त्यो पन नेपालका अनेकौँ अभिलेखालयहरुमा प्रस्तुत । यस कुरालाई सत्यमोहन जोशी न्यूजिल्याण्डमा हुँदा नेपाल सम्झेको कुरालाई प्रस्तुत गर्दछन् । हो पनि, एउटा व्यक्ति साधना गर्छ, त्यो साधना आफ्नो निवृत्तिपछि पनि गर्छ । जागिरको समयलाई उपयोग गर्दछ कतिले जागिर छोडेपछि पनि गर्दछ । त्यो कतिलाई वरदान हुन्छ । (कतिलाई जागिर अभिमान हुन्छ, कतिलाई त्यो हीनभावना हुन्छ ।) जागिरमा दम्भ÷अहं, तर बुद्धिनारायणले जागिर खाए जीवन बृत्ति । निवृत्त भए । निवृत्त भन्ने के थियो परम्परागत रुपमा । रिमालले लेखे– 
‘रातो र चन्द्र सूर्य जंङ्गी निशान हाम्रो । हिमाल झैं अटल झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै जंङ्गी निशान हाम्रो ।
मान्छेहरु थकानमा पर्छन् तर उनी कहिल्यै थकानमा परेनन् । त्यही थकान नहुनुको उदाहरण हो सीमा संग्राम २०६९, नेपाल–भारत–चीन सन्धि २०६६, राष्ट्रिय सुरक्षाका सन्दर्भमा सीमा व्यवस्थापन २०५९, सिमानाको ज्ञान २०६४, नेपाल–भारत सीमावर्ती बाँध २०६६, जन उपयोगका लागि कित्ता नापी २०३८ यस्तै यस्तै । भनिन्छ– तमसोमा ज्यार्तिगमय । उनको यात्राको प्रारम्भ । सीमाको सन्दर्भमा छरपष्टिएका कुरालाई एकत्रित पार्ने । अव्यवस्थित कार्यलाई परिष्कृत गर्ने । संसोधन गर्ने । परिस्कार गर्ने । व्यवस्थित गर्ने कार्य कम्ती परिश्रमसाध्य कुरा होइन । त्यो एउटा अत्यन्त संयमित व्यक्तिले मात्र गर्न सक्दछ । यो यस अर्थमा एउटा सदाचार व्यक्तिले नबोेलेरै सयौं मनुष्य सुधार्न सक्छ । मनुजबाबु भिश्रले भनेको कुरा सम्झन्छु । उनले एउटा कृति लेखेर हाम्रो चर्म चक्षु खोलिदिएका छन् । यो उपहार देशको सीमा हो । अखण्ड सीमा । 
एउटा दुर्गम पहाडको मान्छे । एउटा गाउँले । मेहनती । एउटा गाउँले कर्मचारी । प्राविधिक । अरुलाई उदाहरण । हजुरआमाको शिक्षा । इमानदारिता । हजुरबाको कर्मशीलता । यही नै उनको जीवनको मूल मर्म बन्न पुग्यो । हो, औपचारिक रुप्मा भूगोल पढे । भूगोलमा एम.ए । के भारत, के नेपाल, के जर्मन । सर्वत्र घुमे । भए कर्मचारी । एक अधिकृत । महानिर्देशक बने । त्यसमा कुनै दम्भ बनेन । त्यो पद उनको लागि नगन्य रह्यो । बरु उनी परामर्शदातृमा लागे । अध्ययन अनुसन्धानमा लागे । प्रकाशन, लेखनमा लागे । देशमा प्रवचन । विदेशमा गोष्ठी सम्मेलनमा सहभागिता । देशमा विदेशमा लहर । कसैले सीमाविद् भन्यो । कसैले के के । उनको नाम ह्वात्त बढ्यो । मपुगु २०५७ ले पुरस्कार । सम्मानको खातै खात । (यो उनले मागेर लिएका होइनन् । स्वतः प्राप्त भएको हो ।)
नेपाल, नेपालीयता, नेपाली जातियताको एउटा प्रतीक उदाहरण बुद्धिनारायण । जो नेपालका छोराछोरीलाई एउटा यस्तो सन्देश दिने । जसले कुनै दिन देशप्रतिको एक इमान्दार, विश्वासी व्यक्ति जो हिमालमा रमाउँथ्यो, पहाडमा घमाउँथ्यो, तराईमा गर्व गथ्र्यो । पूर्व र पश्चिम, उत्तर र दक्षिणमा त्यतिकै खेलेथ्यो अनि शिवजीको शिवत्वदेखि बुद्धको बुद्धत्व । जनक र सीताको पवित्र भूमिको ऐतिहासिक, पौराणिक वीरत्वको पक्षमा त्यतिकै गौरव पक्षमा अगाडि बढ्ने गर्छ । नेपालको चेतनाको एउटा व्यक्तित्व । मान्छेले सगरमाथा थाहा पाउन पहाड भेट्न अथवा शश्यश्यामल देख्न बुद्धि खोज । तराई अथवा राष्ट्रको प्रेम सिक्न बुद्धिनारायण भेट । हो, बुद्धेले जङ्गे किन मान्यो । त्यसको कहिरन उनले पृथक गरेका छन् । 
ती सबै कुराको– मैले बोल्नुपर्ने उनले बोले – बोल्ने कुराको ठाउँ नै दिएनन् । 
के बोलौं ? कसरी बोलौं ? कुन भाषा, कुन शैलीमा बोलौं ? कुन प्रस्तुतिमा ? भन्छन्– बुद्धे जङ्गेको खम्बा गन्ती गर्छ,
के त्यति मात्र हो र ?
नाप्छ, जोख्छ, तौलन्छ पनि । 
नेपालमा गन्ती गर्छ, विदेशमा गर्छ, ठाउँ भेट्दा कुर्लन्छ समुुद्रमा छाल । 
जङ्गेको सीमा– जङ्गे एक सीमा रक्षक । जङ्गे एक पहरेदार । जङ्गे सीमाखम्बा गाड्न लगाउने एक शासक । 
सुरो जङ्गे । जङ्गे । जङ्गे महाजङ्गे । 
बुद्धे मात्र जङ्गे । सीमाको जङ्गे । 
हराएको जङ्गे खोज्ने बुद्धे । 
फ्रान्कलिन – पठनयोग्य रचना गर्न नभूल भन्थे – बुद्धेबाट यही भयो । भन्छौ– बुद्धेले के ग¥यो ? केही गरेन । हो, देख्दा केही नगरे जस्तो सानो तर पठनयोग्य ठूलो कार्य ग¥यो । मेरो लेखन युरोपेली दर्शन परम्परामा प्लेटोको विचारहरुमा पाद टिप्पणीहरुको शृङ्खला मात्र हो । अल्फ्रेड नर्थ वाइट डेटले भने झैं । 
मेरो यो लेखन बुद्ध÷बुद्धे माथिको विविध व्यवस्थाहरुको टिपोट हो– मैले जे लेख्छु भन्ने सोचेको मध्ये धेरै धेरै कुरा बुद्धिका बुद्धिपूर्ण लेखनीले उतारेकाले त्यसलाई दोहो¥याउन नपरेको कुराले मलाई सन्तुष्टि दिएको छ । 
अन्त्यमा हो, बुद्धि हाम्रो नेपाल हेर्छ, आमा आमा नेपाल आमा भनेर मर्छ । 
‘पारिन्छ सत्ता जब खण्ड खण्ड । 
रहन्छ के राष्ट्र त्यहाँ अखण्ड ।।
यसैमा लर्छ । 
फर्केर हेर्छु– जेष्ठ नागरिक बुद्धि जे भनौं ऊ उही । वरिष्ठ ज्येष्ठ नागरिकको उमेरको समय आज इङमर वर्गमन सँगै – हस्ताक्षर गर्दै भन्न चाहन्छु –
बुढ्यौली टापु हो जति माथि पुगिन्छ, थकान हुन्छ, सास फेर्न गा¥हो हुन्छ, तर दृष्टिकोण व्यापक र फराकिलो । 
लाग्छ – वृहत् नेपालको अध्येता, अखण्डित नेपालको प्रवक्ता बुद्धेको बुद्धिले नर नारायण संझदै लगनशीलताका साथ धन÷दौलत सम्मान, ऐश्वर्य, लाभ, पद, प्रतिष्ठा सम्पूर्ण छाडेर आफ्नो विधा, बुद्धि, प्रज्ञा, सौन्दर्य, कुल, जाति, इलम, यस मातृभूमिको माटोको सुवास तर्फ लगाउने छ– यही उसको आजका तीन करोड नेपालीको आशीर्वाद हुनेछ– मंगलमय शुभकामनाका साथ । आगामी राष्ट्र र राष्ट्रियताप्रति उपर्युक्त हुने थप वस्तुगत सामग्री प्राप्त हुने विश्वासका साथ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper