banner
banner

राजदूत निलाम्बरले यत्ति गर्लान् कि ?

रोशन कार्की -
मित्रता त छ, मित्रतामा शंका बढी भयो भने त्यो मित्रता के मित्रता ?
भारत छिमेकी हो, छिमेकी फेर्न सकिदैन । यसकारण दुई देशकावीचका जे जति तिक्तताहरु छन्, तिनलाई कूटनीतिक चातुर्यताका साथ मिठासमा बदल्दै जानुपर्छ । 
नेपाल भारत सम्बन्ध सुधार्न राजदूत बनेर गुरुतर भूमिका निर्वाह गर्छू भनेर संसदीय समितिबाट पास भएका भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य दिल्ली पुगिसकेका छन् ।
अव उनको अग्नि परीक्षा सुरु भएको छ । बृद्धावस्थामा प्रवुद्ध समूहमा बसेर जुन रिपोर्ट तैयार गरे, त्यो रिपोर्ट बेवारिसे हुँदा समेत यिनले लज्जाबोध गरेनन् र सम्भवतः त्यही रिपोर्ट तैयार गर्न भारतीयलाई सहयोग गरेवापतको पारितोषिक पो राजदूत पद हो कि भन्ने आशंका धेरेले गरेका छन् । कहिले कांग्रेस, कहिले एमाले बनेर बुद्धिजीवीबाट पुरस्कृत हुँदै आएका निलाम्बर आचार्यले भारतका लागि नेपालको राजदूत पद हासिल गर्न सफल भएका छन् । जीवनको उत्तराद्र्धमा राष्ट्रका लागि केही काम गर्ने मौका फेरि मिलेको छ । इतिहास बनाउने इच्छाशक्ति जाग्ला ?
इपीजी अर्थात प्रवुद्ध बर्गले तैयार पारेको रिपोर्ट जस्ताको तस्तै दुबै देशका प्रधानमन्त्रीको हातमा हाल्ने वातावरण निर्माण गर्लान् यिनले ?
मुख्य समस्या नेपालको सीमाको छ । हरेक दिन भारतले सीमा अतिक्रमण गरिरहेको छ, सीम स्तम्भ सार्ने, चोर्ने, फाल्ने गरिरहेको छ, दश गजा मिचेर बाँध बनाउने, सडक निर्माण गर्ने, बस्ती बसाल्ने गरिरहेको छ । ती समस्याको समाधानका लागि राजदूत बनेका यिनले धेरै गर्न सक्छन् । राजदूत पद खोसिएला भनेर बोलेनन् भने यो अवसर यिनका लागि हातलाग्यो शून्य हुनेछ ।
हरेक दिन सीमा आवतजावत गर्ने नेपालीको बेइजत गर्ने, तिनलाई लुट्ने र अनावश्यक दुःख दिने काम पनि भारतीय पक्षबाट भइरहेको छ । यी यावत समस्याका बारेमा यी राजदूतलाई सबै घटनाक्रम थाहा छ ।
नेपाल भारतवीचका विषय धेरै छन्, जतिसुकै सुमधुर सम्बन्ध भने पनि समस्या धेरै छन् र सुधार्नुपर्ने भारतीय पक्षले नै छ । नेपालले सीमा नियमन गर्नुपर्छ भन्ने विषय प्रवुद्ध बर्गले लेखेकै कारण भारतले त्यो रिपोर्ट बुझ्न मानिरहेको छैन र रातारात त्यो रिपोर्ट अदलबदल गर्ने, भारतले चाहेअनुसारको रुपमा तैयार गर्ने काम भइरहेको आशंका पनि छ । भारतको दृष्टिमा उपयुक्त रिपोर्ट आउनुपर्छ भने नेपालमा दुई तिहाइको सरकार भएको के काम ?
राजदूत महोदय मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन है ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper