banner
banner

नेपालमा हजुरबाआमा, अमेरिकामा नाति नातिना

डा.दुर्गा दाहाल -
नेपालबाट बाल्यावस्थामै आएका अथवा अमेरिकामै (युरोप, अस्ट्रेलिया, क्यानडा र पश्चिमी सबै देशहरूमा) जन्मेका बालबालिकाहरूमा अमेरिकी हावापानी र बानी ब्यहोराको क्रमिक रूपमा प्रभाव पर्दै जान्छ र नेपाली मूल र जरोबाट उनीहरू अलग्गिंदै र टाढिदै जान्छन् । अधिकांश समय चाइल्ड केयर विद्यालयमा शिक्षक र साथीभाइहरूसँग बित्ने भएकाले अमेरिकी शिक्षा पद्धति, सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ । भाषा, स्वभाव र आचरणमा  पश्चिमी सभ्यता र संस्कृतिको प्रभाव पर्दै जान्छ ।
नेपालका हजुरआमा र हजुरबुवाहरू 
नेपाली समाजमा एउटा भनाई छ– ँसावाँको भन्दा ब्याजको लोभ र माया । अर्थात् छोराछोरीको भन्दा नातिनातीनाको मायाँ बढी हुन्छ र न्याश्रो लाग्छ । अनुभूति त्यस्तै हुन्छ । अतः विदेशमा भएका नाति नातिनीहरूलाई हेर्ने, बोक्ने, म्वाइँ खाने, हिँडाउने, घुमाउन लैजाने, काखमा राख्ने आदि रहरहरू हुन्छन् जुन प्राकृतिक र स्वाभाविक पनि हो तर अब यहाँनिर धेरै समस्याहरू आउन सक्छन् ।
यी समस्याहरू सबैमा लागु हुन्छन् भन्ने त छैन तर अपवाद बाहेक अधिकांश हजुरबा हजुरआमाहरूमा लागु हुन्छ ।
समस्याहरूः
१. भाषाको जटिल समस्या (कभखभचभ बिलनगबनभ दबचचष्भच)
यद्यपि सबैलाई एउटै डोकामा त राख्न मिल्दैन तर अधिकांशलाई यो समस्या जटिल र विकराल रूपमा देखापर्छ किनभने अब संवाद हुन जटिल हुनसक्छ । यदि हजुरबा हजुरआमालाई अङ्ग्रेजी भाषाको आधारभूत र सम्यक् ज्ञान छैन र नाति नातीनालाई नेपाली आउँदैन भने कुराकानीको मेलो सर्न सक्तैन । फलस्वरूप, अपेक्षित मात्रामा माया ममता र आत्मियता वृद्धि हुन पनि कठिन हुन्छ ।
आमाबुवाले हजुरआमा र हजुरबा  भनेर चिनाई त देलान् तर त्यो बाबु अथवा नानीले ती शब्दहरूको तात्विक र गहिरो अर्थ बुझ्न सक्तैनन् । नेपाली समाजमा हजुरआमा र हजुरबा भन्नाले जे जति र जस्तो बुझिन्छ, अमेरिकी समाजमा नचबलमmबर नचबलमउब भन्नाले त्यति नै बुझिँदैन । उदाहरण स्वरूप, हामी नेपालीहरूले ‘गाई’ भन्नाले जे जति बुझ्छौं, अमेरिकी समाजले ँऋयध” भन्नाले त्यति नै बुझ्न सक्तैन । हाम्रो नेपाली समाज, संस्कृति, धर्म र परम्परामा गाई भन्नाले कति महत्व र अर्थ लाग्छ भन्ने कुराको व्याख्या यहाँ निष्प्रयोजन छ ।
२. कानुनी ज्ञानको अभावः
– अमेरिकी कानुन कडा र मानवाधिकारमा आधारित छ ।
– बाल अधिकार सुरक्षित र संवेदनशील छ ।
– वैयक्तिक स्वतन्त्रता प्रमुख हुन्छ ।
– बच्चाबच्चीलाई कुट्न, गाली गर्न, शारीरिक दण्ड, मानसिक यातना र आवेगिक दुःखकष्ट दिनु हुँदैन किनभने अमेरिकी कानुनमा चाइल्ड राईट्स 
९अजष्मि चष्नजतक) अन्तर्गत चाइल्ड प्रोटेक्शन सर्भिस अर्थात् बाल्य सुरक्षा सेवा ऋजष्मि एचयतभअतष्यल क्भचखष्अभ ९ऋएक्० अन्तर्गत अनुसन्धान कार्य सुरु हुन्छ र अभिभावकहरू जबाफदेही हुनुपर्छ ।
– बच्चा बच्ची अथवा केटाकेटीले प्रहरी बोलाई दिए, विद्यालयमा शिक्षकहरू अथवा साथीहरूलाई भनिदिएर उजुरी दिए भने तुरुन्त प्रहरी आएर खोजतलास गर्छ र सुरक्षा शिविरमा लगेर राख्नसक्छ र बच्चा बच्चीहरूले सुरक्षित महसुस नगरे सम्म घर फिर्ता हुन दिन्न ।
– १३ वर्षभन्दा मुनिका बाल बालिकाहरूलाई घरमा एक्लै छोड्यो भने कानुनतः दण्डित हुनुपर्छ ।
– कार अथवा कहीं कतै सार्वजनिक ठाउँहरूमा एक्लै छोड्न पाइन्न ।
– नाबालक कानुन (व्गखभलष्भि ीबध) अन्तर्गत बच्चाहरूको विशेष कानुन हुन्छ ।
– ९ वर्षभन्दा माथिका उमेरका सन्तानलाई एउटै कोठामा राख्न मिल्दैन ।
– १८ वर्षभन्दा माथिका उमेरका छोराछोरीहरूलाई आफ्नो अधीनमा राख्न मिल्दैन । तिनीहरूले स्वतन्त्रतापूर्वक आफ्नो निर्णय लिन पाउँछन् । फलस्वरूप, तिनीहरू साधरणतया बुवाआमासँग छुट्टिएर र अलग्गिएर आफ्नै कोठा अथवा अपार्टमेंट लिएर बस्छन् ।
उन्नत प्रविधिको अज्ञानताः
– अहिलेको उच्च र उन्नत प्रविधिले पनि ठूलो समस्या ल्याएको छ हजुरबा हजुरआमाहरूलाई किनकि यसले दुरी बढाएको छ नातिनातिनीहरूसँग । केटाकेटीहरू विद्यालयबाट आएपछि पनि र बिदाका दिनहरूमा पनि अधिकांश समय गेम्स, स्पोर्ट्स, आईफोन, आइप्याड अथवा अन्य कुराहरूमा व्यस्त हुन्छन् ।
अमेरिकाका नाति नातिनीहरूः
– अमेरिकाका नाति नातिनीहरू उम्रिदैका दुई पाते हुन्छन् । अस्पतालमा जन्मिए देखिनै सबै सुख सुविधाहरू उपयोग र उपभोग गर्न पाउँछन् । विद्यालय जान थालेपछि अमेरिकी वातावरण र परिवेशमा बिताउन थाल्छन् ।
– अमेरिकन (अङ्ग्रेजी) भाषा साहित्य, समाज संस्कृतिमा हुर्किँदै गर्दा आफूहरूलाई पनि अमेरिकन नै ठान्ने, अमेरिकीहरूलाई नै आफ्नो साथी बनाउने गर्छन् ।
– अमेरिकी चाडपर्व र रहनसहनमा रमाउने र खेल्ने गर्छन् ।
– आफ्नो खुसीले केटाले केटी साथी र केटीले केटा साथी बनाउने गर्छन् ।
– आत्म सम्मान, स्वाभिमान र इमान्दारितामा विश्वास राख्छन् ।
– सकेसम्म आफै कमाउने, आफ्नो काम आफै गर्ने बानी विकास गर्दै स्वतन्त्र बन्छन् र आफ्नो जिन्दगीका निजी सवालहरूमा बुवाआमा, हजुरबा हजुरआमा तथा परिवारका अन्य सदस्यहरूले हस्तक्षेप गरेको मन पराउँदैनन् ।
समस्या समाधानका उपायहरू–
१. घरमा बुवाआमा र परिवारका सबै सदस्यहरूले नेपालीमै बोल्ने किनभने अङ्ग्रेजी त विद्यालय र वाह्यपरिवेशमै सिकी हाल्छन् ।
२. मठमन्दिर, पूजाआजा र आफन्तकोमा नियमित रूपमा लैजाने ।
३. कम्तीमा दुइवर्षमा एक पटक नेपाल लिएर जाने र नेपाली परिवेश र परम्परासँग चिनजान गराउने ।
४. घरमा नेपाली किताबहरू ल्याएर पढ्न लेख्न र बोल्न सिकाउने ।
५. घरमा आफन्त, पाहुना र अतिथिहरू आउँदा चिनजान गराउने ।
६. कम्तीमा सुत्न जानुभन्दा पहिले परिवारका सबै सदस्यहरूलाई बोलाई नेपाली भाषामै एक घण्टासम्म पारिवारिक छलफल र नेपालका कुराहरूमा प्रेमपूर्वक हाँसीखुशी छलफल गर्ने ।
७. बिहान बेलुकी समाचार र नेपाली गीत सङ्गीत सुन्ने ।
८. हरेक सहरमा नानीबाबुहरूका निम्ति नेपाली पाठशाला, सांस्कृतिक तथा साहित्यिक केन्द्र र हजुरबा, आमाहरूका लागि नेपाली मिलन केन्द्र तथा चौतारीसाँझको आयोजना गरी मनोरंजन कार्यक्रमहरू गर्ने गराउने ।
९. नेपाली सामुदायिक केन्द्रहरूको स्थापना गरी त्यहाँभित्र मन्दिर, व्यायाम केन्द्र, ध्यान केन्द्रको व्यवस्थापन गर्ने ।
सारांशमा भन्नुपर्दा हाम्रो मूल जरो, सभ्यता, धर्म, संस्कृतिको रक्षा गर्न र हजुरबा हजुरआमासँगको दुरी घटाई आत्मीयता, माया ममता र अपनत्वको भाव अभिवृद्धि गर्नु जरुरी छ ताकि पुस्ता र जाति नमरोस् । 
तसर्थ हजुरबा, हजुरआमाहरूले पनि देश, काल र परिस्थितिको अवश्यम्भावी परिणतिलाई महसुस गर्दै आधुनिक ज्ञान विज्ञान तथा भाषा अंग्रेजीलाई स्वाध्यनन गरी नाति नातिनीहरूसँग घुलमिल गर्ने प्रयास गर्नु जरुरी छ । आखिर समयको वेग परिवर्तनलाई कसले रोक्न सक्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper