banner
banner

जय नेपाल

अधिवक्ता शिवप्रसाद सिग्देल -
फागुन ७ गतेको प्रजातन्त्र दिवसका दिन म नेपाली कांग्रेस पसे, म नेपाली त हुँ नै, मैले कांग्रेसी नारा लगाए– जय नेपाल । सबैमा मेरो जय नेपाल ।
यो देशमा प्रजातन्त्रको लागि आवाज उठाउने नेपाली कांग्रेसमात्र रहेछ । सर्वहाराको राजनीति गर्नेहरु त सर्वहाराको नाममा सामन्ती देखें, एउटा गीतले हल्लाउने यी नक्कली सर्वहारावादीसँग म बस्न सकिन, त्यसैले जय नेपाल ।
मेरो निष्कर्ष छ– देश निर्माणको लागि नेपाली कांग्रेसबाहेक अर्को हुनैसक्दैन । म कांग्रेसको उद्देश्यमा एक इटा थप्न जय नेपालवादी बनेको हुँ ।
हो, कांग्रेस डाँका हो, नेकपा झन ठूलो डाँका । मैले यसो भन्दा नमीठो लाग्दा, तर यथार्थ यही हो । बिकल्प हामीसँग छैन । सिर्जना र निर्माण, सुशासन र जनअपेक्षा पूरा गर्ने पार्टीबाटै हो । रत्नाकर डाँकाबाट वाल्मिकी बनेको कांग्रेस हेर्न, वीपीको सपना साकार भएको देख्न र मेरो क्षेत्रबाट हुनसक्ने योगदान गर्न कांग्रेस परेको हुँ । जय नेपाल । अव कांग्रेसभित्र दक्षिण कोरिया बनाउने पार्क चुङ ही, सिंगापुर निर्माण गर्ने लि क्वान यु, मलेसिया बनाउने महाथिर नेपाली कांग्रेसबाटै जन्मनुपर्छ । दृष्टि भएको पार्टी नेपाली कांग्रेस हो, कतै अलमलिएको होला, केही गल्ती कमजोरीले आज सडकमा छ, तर म विश्वासका साथ भन्छु, प्रजातन्त्रको बिकल्प छैन, सोच्न सकिदैन । प्रजातन्त्र हाँक्ने नेपाली कांग्रेसले नै हो ।
कम्युनिष्टको दुई तिहाइ देखियो, अधिनायकवादले टाउको उठाइसक्यो । नेपाली कांग्रेस कमजोर छैन । जनचाहना यो पार्टीले बुझ्नासाथ कांग्रेस उठ्छ, जनताको आवाज, जनमत, जनबलभएर उठ्छ । नेपाली एकता, राष्ट्रियता बलियो पार्छ, फेरि पनि जय नेपाल ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper