banner
banner

कर, चन्दा, लेवीको आतंक फैलियो

वाशदेव वाग्ले -
मालपोत, नापी कार्यालय कलंकी गएर हाकिमलाई सोधे हुन्छ– ५ लाखभन्दा कम चन्दा माँग्दैनन् । भागमभाग छ हाकिमको । उनी कार्यालयमै बस्दैनन्, बसे पनि लेखा शाखा अथवा अन्य शाखातिर बस्छन् र सहायकलाई मिटिङमाा गएका छन् भन्न लगाएका हुन्छन् । कारण हरेक दिन माओवादीको फोन आउँछ, मान्छे आउँछन् र नहुने काम गर्न दबाब दिन्छन्, चन्दा माँग्छन्, लेवी उठाउँछन् ।
राजधानी अर्थात काठमाडौं, ललितपुर, भक्तपुर । तिनै सहरमा माओवादीको रौनक भनिसाध्ये छैन । उनीहरुको दबदबा दिनदिनै बढेर गएको छ । महानगर, नगरका वडाअध्यक्षदेखि स्कूल, कलेजका सञ्चालक, शिक्षक, कर्मचारीसम्मसँग चन्दा र लेवी उठाइरहेका छन् । राजधानीमा माओवादीको दबादबा दिनदिनै बढेर गएको छ । माओवादीले समानान्तर सरकार चलाएको छ ।
ओली सरकार जनतामाथि कर थप्दै जाने । विप्लव माओवादी समानान्तर सरकार चलाएर बिद्रोहका लागि अर्थ संकलन गर्दै रहने । दुबैतिरको मारमा जनता चेपिने, यसरी पनि देश समृद्ध हुनसक्छ ? देश समृद्धिको सपना ओलीले देखाइरहेका छन्, विप्लवले पनि सर्वहाराको सरकार भनिरहेका छन् । अव अर्को माओवादी जन्म्यो भन्दै विप्लवले पहाड, तराई, राजधानी जताततै आफ्नो वर्चस्व कायम गर्दै गएका छन् । राष्ट्र फेरि संक्रमणतिर लागेको छ ।
देशै भरिका एनसेलका टावर पड्काउने र पड्कदा मान्छे मर्ने मार्ने घटना बढ्न थालेका छन् । सरकार बलात्कार, हत्या, तस्करी, भ्रष्टाचार बढाउने, विप्लव विध्वंशको बारुद पड्काएर आतंक फैलाउने । दुबैतिर आतंक छ ।
यति गम्भीर विषयमा संसदमा चर्चा नै हुन्न । सांसदहरु जसरी पनि राज्यकोष लुट्नमा व्यस्त छन् । जनता मर्न थाले, संघीयताका नाममा काल पस्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper