banner
banner

के हो भ्यालेन्टाइन डे ?

प्रा.डा. शास्त्रदत्त पन्त -
बेलायतमा जन्मेका जे.पी.क्रसले नेपालीको बानीको चर्चा गरेका छन् । उनका अनुसार नेपालीले देखेको भन्दा सुनेको कुरामा विश्वास गर्दछन् । हो पनि, नेपालमा प्रमंदेखि सर्ब साधारणसम्म यथार्थ नबुझी अनुकरण गर्ने लत नै बसेको हुन्छ । राजनीति, प्रशासन, अर्थनीति, सामाजिक संस्कार सबैमा यही हालत छ । नेपालमा भेलेन्टाइन दिबस मनाउने कुरामा पनि बिना सोच बिचार अनुकरण गरेको पाइन्छ । गोरा महान भन्ने मानसिकताको असर हो । बुझेर थालिएको अबश्य हैन । यो युरोपको संस्कार र संस्कृतिसंग गासिएको पर्व हो, बैबाहिक जीवन शैलीसँग गाँसिएको रुढिबादी संस्कार पनि हो । युरोपियनहरु बिगत ५०० बर्षदेखि ओसिनिया र उत्तर अमेरिकामा छपक्कै छापिएपछि तथा पश्चिमाले विश्वभर उपनिबेस बनाएपछि यो दिबस मनाउने प्रचलन पनि विश्वभर फैलिएको हो । कहिल्यै उपनिबेश नभएको मुलुक नेपालमा पनि खुला अर्थनीति र बेलायती संसदीय शासन भित्रिएपछि यो दिबस मनाउन थालिएको हो । यस्लाई संचार जगतले प्रणय दिवस भन्ने गरेको छ । यस्लाई राम्ररी बुझ्न युरोपेली पारिबारिक संस्कार र त्यहाँको इशाई सभ्यता बुझ्न आवस्यक पर्दछ । त्याहाँका नारीप्रतिको व्यवहार र विवाह प्रचलनको बारेमा जान्नु आवश्यक हुन्छ । त्यसबारे संक्षेपमा चर्चा गरौं ।
युरोपमा पारिवारिक जीवन हुँदैन, बिबाह पद्धति हुदैन । केबल आनन्द भोगकोलागि पतिपत्नी बन्दछन्, तुरुन्त तुरुन्त फेर बदल गर्दछन् । परिबारमा बच्चा कुन पिताको हो पत्ता लगाउन कठिन हुन्छ । पश्चिममा शारिकि सम्पर्क खुला छ । एउटी आईमाइका कतिवटा पति हुन्छन् पत्तो नै हुँदैन । कतिपयको त दश बाह्र जोडीको साझा सेक्स क्लब हुन्छ । त्यस्ता अवस्थामा जन्मेको बच्चाको बाबु कुन मान्ने ? फेरि सबैभन्दा अमानीयता त त्यस जन्मेको शिशुप्रति नजन्मने करुणा मायाप्रेम हो । त्यसले बालक मानसिक र शारीरिक दुबै अवस्थामा कमजोर हुन्छ, विश्व अशान्त बनाउने दानव बन्दछ । 
युरोपका दार्शनिक प्लेटो, अरिस्टोटल, रुसो, लिबनिज, दिकार्ते आदि युरोपका मार्ग दर्शक हुन् । यिनीहरुले सेक्सलाई नै जीवनको चरम आनन्दको बिषय मान्दछन् । सेक्सको आनन्द लिन जति पति बदले पनि हुन्छ, जति पुरुष बदले पनि हुन्छ । पश्चिममा विवाह गर्न जरुरी छैन । आज पनि ७० प्रतिशत त्याहाँका परिबार अबिबाहित हुन्छन्, ८० प्रतिशतसम्मले पारपाचुके गर्छन्, पारपाचुके गरेपछि फेरि सुकन्या मानिन्छन् । आजकल लिभिङ टुगेदर, लिभ इन रिलेशनसिपको प्रचलन त्यहींबाट सुरु भएको हो । यथार्थ नबुझी यो हाम्रो मुलुकमा पनि देखिएको छ । यस अनुसार एकएक महिना, दुई महिना, ठाउँठाउँमा रोजगारमा जाँदा, सरुवा हुँदा जहाँसुकै पति वा पत्नी बदलिई रहन सकिन्छ । पश्चिमी समाजमा यो ग्राह्य छ तर हाम्रोमा हैन । युएनओका नारी प्रमुखले लोग्ने घर भए पनि मनलागेको परपुरुषसंग सम्पर्क गर्न पाउने नारीको हक हो भनेकी छन् । विवाह गर्ने कुरा पश्चिममा महत्वपूण कुरा होइन जुन पूर्वमा जीवनको सबैभन्दा महत्वपूण कर्म मानिन्छ । बिबाह पछिको जीवनलाई दोश्रो जन्म भनिन्छ । पश्चिममा नारी र पुरुष पनि बजारिया बस्तु हुन् । ल्याऊ, प्रयोग गर फाल फेरि आर्काे ल्याऊ । पश्चिमाको उपभोक्ताबादी उदार अर्थनीतिको सिद्धान्त पनि यसैमा अडेको छ । ईशाईकरण भनिने संस्कार पनि यसैसंग गाँसिएको छ । 
नेपालमा त कोही अनाथ लाबारिस हुँदै हुदैनन्, पिता रहित पुत्र नै हुँदैन । पश्चिमा जस्तो हामीकहाँ दुइ पिता हुदैनन् । दुइ पिता हुनेलाई पश्चिमाले बास्टर्ड भन्दछन् । हामीले दुइ पिता बनाउन कनभेन्ट स्कूलमा छोराछारी पठाउँछौ, बास्टर्ड बनाउनलाई । पश्चिममा परिबार बन्दैन, परिबार हुँदैन, संयुक्त परिबारको त कुरै हुँदैन । त्याहाँ त सानो परिबार व्यक्तिबादी सोच मात्र हुन्छ, त्यो आज पनि कायम छ । युरोपको यो संस्कार अढाई तीन हजार बर्षदेखि कायम छ । यो पूर्वको नजरमा लगभग पशुको अवस्थाभन्दा फरक छैन । त्यहाँका धेरै जसो परिबार लिभिङ रिलेशनसिपमा नै हुन्छन् । त्यहाँ हाम्राजस्ता धर्म–पत्नी हुँदैनन् । जुनीजूनीसम्म संगै बस्ने चाहना हुँदैन । त्यहाँ त ब्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड मात्र हुन्छन्, केटाकटीदेखि नै सेक्सको आनन्द लिन्छन् । त्यसरी जन्मेको बच्चाको अविभावक कन्भेन्ट हुन्छ, राज्य हुन्छ । आजकल पनि कायम छ । त्यसैले पश्चिम मुलुकमा सबैभन्दा धेरै भेनरल डिजिज हुन्छन्, दाँत र मुखका रोग हुन्छन्, एडस्, हिभ, यही कारण जन्मिन्छ । सबै खाले सेक्स जनित रोगको उद्गम पश्चिमाबाट भएको हो । सबै खाले असाध्य रोग,  अनैतिक र अपराधजन्य कार्य पश्चिमबाटै मौलिएका हुन् । त्यहाँ प्रेम र करुणा हुँदैन,  गोत्र र हाड नाता बन्देज हुँदैन ।
पूर्वको परिबार भनेको संयुक्त हो, अदपमा बस्ने हो, अनुशासनमा बस्ने हो, प्रेम बाड्ने हो, मिलेर काम गर्ने हो, ज्येष्ठको निर्देशन मान्ने हो । परिबार भनेको करुणामय फुलको बगैंचा बनाउने हो । सबै मिलेर काम गर्ने हो, सबैले बाडिचुडि खाने हो ।
माहुरीको गोलो झैं धेरै ठूलो भएपछि मात्र छुट्टिने हो ।
पश्चिमी समाजमा पनि उनीहरुले मानि आएको कुरा गलत हो त्याग्नु पर्दछ भन्ने व्यक्ति जन्मे । एक पति एक पत्नि हुनु पर्दछ भन्ने मानिस पनि जन्मे । त्यस्ता मद्धे पहिलो एकजनाको नाम हो भेलेनटाइन । उनले समाजमा एकपत्नि एक पति बन, परिबार बसाल, प्रेम सद्भाव बनाई राख भन्ने शिक्षाको प्रचार गरे । घरघर घुमेर यो प्रेम सन्देश बाँडे । तर त्यो कुरालाई त्यहाँका शासक र समाजले प्लेटो अस्टिोटलको दर्शन बिरोधी, ईशाई सम्प्रदाय, संस्कार र सभ्यता बिरोधी ठाने । फलतः तत्कालिन क्रुर शासकले भेलेन्टाइनलाई फाँसीमा लट्काई दिए । भेलेन्टाइन आजभन्दा १५४१ बर्ष पहिले सन ४७८ सालमा युरोपा जन्मेका थिए । उनले चर्चमा बिबाह गराउँदै हिड्थे । हिडिरहेकै बेलामा रोमका राजा क्लाउडिसले भेलेन्टाइनलाई समातेर लगे र १४ फब्रुअरी सन ४७८ का दिन फाँसी दिए । 
युरोपमा आजसम्म पनि बिबाह हुँदैन, तर भेलेनटाइन डे मनाइन्छ । हामी पूर्वका सुसभ्य संस्कारका मानिसहरु बिना सोचे, बिना बुझे गोरा महान भनेर पछि लाग्यौ भने हामीले नयाँ पुस्तालाई सही ज्ञान सिकाउँदैनौ. । के सही के गलत छुट्याउन सक्ने क्षमता नभएको अविवेकी समाज बनाउँने छौं । भावी सन्ततिले त्यही गलतलाई सही मान्नेछन् । आज नव युवाले बाबु बाजे बज्यै सबैलाई भ्यालेन्टाइन डे ग्रिटिङ कार्ड दिन्छन् । ठुलठूला कम्पनीले ग्रिटीङ कार्डको ब्यापार गर्दछन्, मिठाइ र प्रिजेन्टेशन बस्तुको ब्यापार गर्दछन् । यस्ता कामले समाजलाई थप अन्योल र बोझमा पारेका छन् । आठ दश बर्षका बालकले लहैलहैमा यो काम गर्दछन् । मेरा या मेरी भेलेन्टाइन बन्दछौ  भनेर कार्डमा लेख्दछन् । त्यस्तो कार्ड दश दश, बिसबिस जनालाई पठाउँछन् अथवा दश बिश जना, बज्यै र बाजेलाई मसंग बिबाह गर भन्दछन् । नाता गोता र सगोत्रीलाई पनि पठाउँछन् । यो अचम्मको कुरा होइन र ? टीभी च्यानेल ले बिज्ञापन गर्दछन् । कतिपयले कार्डमा उड यु बी माइ भलेनटाइन ? अथवा के मसंग बिबाह गर्न हुन्छ भन्ने लेखेको कार्ड बाँड्दछन् । यो रुढिबादी गलत संस्कार बढाउने काममा हाम्रो अज्ञानता हो, आफ्नै इतिहास र धर्म दर्शनको अज्ञानता हो । 
बच्चा जन्माउँदैमा नारी बिबाहित हुन सक्तिन भन्ने फैसला त नेपालको सर्बाेच्च अदालतले पनि बोलेको छ । बिबाह समलिंगमा पनि हुन्छ भनेको छ । यहाँको कानूनले पनि मानेको छ । नेपालमा पतिको संभोगलाई पनि बलात्कार मानिने र बलात्कार आरोपमा मार्न सकिने कानून छ । अनाथ र बृद्धाश्रमको मान्यता छ । आजको राज्यले पौरस्त्य आदर्श, माया र करुणाको समाजलाई पाश्चात्य हत्या र आततायीतिर उन्मुख गराउँदै छ । धर्म निरपेक्ष लगायत सयौं यस्ता दर्घटना अनुकरण गरिएका छन् । 
हामीहरु आजभोलि खिचडी भएका छौ । आयातित दलीय, संसदीय राजनीति आयातित उपभोक्ताबादी, गरिवलाई ठग्ने उदार अर्थनीति आयात ग¥यौं ।  हामीले नत वैदिक कायम गर्न सक्यौं नत पुरै अग्रेज बन्यौ, अग्रेज बनेर युरोप अमेरिकामा बसेपनि गोराबाट तल्लो तहको. व्यवहार पाउँछौ, घृणाको अछुत वा दलितको सम्मान छ त्यहँँ अझै । 
युरोपमा भेलेन्टाइन डे मनाइन्छ,  किनकि त्यहाँ बिबाह हुँदैन, पतिपत्नी फेरिरहने चलन छ । बिबाह गराउनेलाई फाँसी हुन्छ । परिबार बसाउनेको बिरोध हुन्छ । त्यहाँको समाज आज पनि प्लेटो दर्शनको नारी मान्यतामा छ । प्लेटोले उनको किताब रिपब्लिकनमा लेखेका छन् कि स्त्रीमा आत्मा हुँदैन । आत्मा पुरुषमा मात्र हुन्छ । नारी निर्जीव बस्तु सरह हो, नारीले विवेक प्रयोग गर्न सक्तिन । त्यसैले कुनै पनि मुद्दामा अदालतले नारीलाई साछी राख्न पाईदैन । नारीले निर्णय दिन सक्तिन । कुनै पनि बैङ्कमा खाता खोल्न सक्तिन । चुनाबमा मत खसाल्न सक्तिन । यो प्रथा १९५० सम्म लागू थियो ।
युरोपभरि गोरा समाजमा स्त्रीलाई सदा तलतल दबाइन्थ्यो । लोग्नेले छोडेकी आइमाईलाई, बेश्यालयबाट निकालेकी आइमाईलाई, आनन्द दिन नसक्ने स्त्रीलाई घरबाट निकालिन्थ्यो । निकालेकी आइमाईलाई गाउँमा बस्न दिइँदैनथ्यो । देखे भने गाउँलेले चुटेर मार्दथे । त्यस्ता आइमाइलाई विच (बोक्सी) भनिन्थ्यो । बोक्सी भनेकोलाई खोजिखोजी मार्ने, चुट्ने कुट्ने, लखेटने गर्दथे । यो संस्कार यति चर्काे थियो कि आजकल हामीकहा सिकार खेल्न जाने जस्तै युरोपमा बोक्सीको सिकार खेलिन्थ्यो । यस्लाई युरोपेलीले विच–हन्टिङ (बोक्सीको शिकार) भन्दथे अथवा बोक्सीको सिकार खेल्ने भन्ने संस्कारै थियो । युरोपेली समाजमा बोक्सीलाई नमारेको खण्डमा ऊ डायन बन्दछे र समाजलाई बिषाक्त बनाउँछे भन्ने दृढ धारणा थियो । यसरी युरोप भरि नारीजातिलाई जलाइन्थ्यो । आज हामीकहाँ बोक्सी भनेर जे अभद्र काम गरिन्छ त्यो पनि युरोपबाटै आयातित हो, हाम्रो बैदिक संस्कारको कुरा हैन । 
फ्रान्सकी एक लेखिका, सिमोन द बौवालाई उनका गुरु ज्यापालले नारी हक बारे माग गर्न उक्साए । उनले समुह बनाइन् र नारीले अधिकार माग्न थाले,  बंैकमा खाता खोल्न पाउने हक माग गरे, साछी बस्न पाउने हक मागे, सडकमा एक्लै हिड्न पाउने हक माँगे । त्यस अभियान पछि एक पुरुषको साछी बराबर तीन स्त्रीको मानिने भयो । लोग्ने मानिसको सिफारिसमा बैङ्कमा खाता खोल्न पाउने भए । यो प्रथा १९५० सम्म लागू थियो । त्यो संस्कार अझै भएकै कारण अमेरिका स्वतन्त्र भएको २०० बर्ष सम्म पनि नारी राष्ट्रपति भएका छैनन् । कारण यही हो, अझै नारी उपभोग्य आमोदको वस्तु हो । त्यसैले नारीलाई बिज्ञापनमा, चलचित्रमा नांगो पारिन्छ ।
हामी नेपालीले भने नारीलाई देवी मान्छौ. । यत्र नारी सपुज्यन्ते रमन्ते तत्र देवताः भन्ने संस्कार बोक्छौं । यो पढाउन छोडेर प्लेटोका रिपब्लिकन  पढाउँछौ.। नारीलाई आमोदप्रमोदका साधन बनाउन थाल्यौ, नांगो बनाउन थाल्यौ, बिज्ञापनमा पनि प्रयोग ग¥यौ । सर्बत्र गोराको नक्कल गर्न थालियो । भारत र नेपालमा पनि स्त्री मुक्तिको अभियान थालियो । नारीले रक्सी खाने, सिगरेट पिउने, जीन पैन्ट लगाउने, ब्रा नलगाउने, पछयौरी नओड्ने तथा ब्युटी कम्पिटिशनमा अर्धनग्न भागलिने बनाउन थाल्यौं । वैदिक कालदेखि आजसम्म भारत नेपालका हजारौं राजामध्ये कुनै एक जनाले पनि नारीका हक हनन् गरेनन्, नारीको सम्मान घटाएनन् । केरलका मन्दिरमा पत्नि नभएको पुरुषको प्रबेश निषेध छ । किनकि धरमा पत्नी नभएको पुरुष पवित्र हुँदैन । नारी गृहस्थीका मोक्ष प्राप्तिका साधन हुन्, देवी हुन् । हाम्रा नाताहरु आमा, दिदी, बहिनी, काकी, बज्यै, फुपू, सोल्टिनी, भतिजी आदि शयौ हुन्छन्, सबै सम्मान जनक रुपमा । युरोपमा यस्ता नाता हुदैनन् । नारी केबल सेक्स अब्जेक्टको बिषय मात्र हुन्छन् । यति सम्म कि दाह्री फाल्ने ब्लेडमा पनि नारीको बिज्ञापन हुन्छ, पुरुषका पोशाकमा पनि नारीको प्रयोग हुन्छ । नारीको लहर बनाएर बिज्ञापन गराईन्छ । तीन चौथाई अखबारमा बिज्ञापन हुन्छन्, नारी र सेक्सको । महिलाको, डाइना स्विमिङ पुलमा जस्ता मुख्य खबर बन्छन् । 
नेपाल भारतमा पनि पश्चिमाको नक्कल गरिन्छ । हाम्रा टीभी सरियल यस्तै बनिरहेका छन् । अब घरघरको संस्कार बन्दै छ । आज हामी यस्ता सीरियल हेरिरहयौ भने त्यस्को गुण पनि हाम्रा सन्ततिमा आउँछ । एक्सट्रा मेरिटल स्टाटस बन्दछ । हाम्रो परिबार पद्धति त व्यवस्थित हो, त्यस्लाई पनि बिगार्ने प्रयत्न छ । हाम्रो मिलेको परिबार हुन्छ, बसिबसाउ व्यवस्थित परिबार छ । पश्चिममा त परिवारै हुँदैन । सत्य नबुझी हामीले युरोपको गलत दर्शन अनुकरण गरिरहेका छौ । मिशनरी, गैससले यही काम गर्छ, हाम्रो परिबार पद्धति बिगार्ने । बलात्कार, छेडखानी, ब्रोथेल, रेडलाइट एरियामा प्रोत्साहन गर्ने । छोरी, बहिनीको चरित्र बिगार्ने । यिनै अग्रेजले हामीलाई नालायक असभ्य र गोरालाई महान हुन्छ भन्ने शिक्षा बनाएर लदाए । हाम्रो सभ्यतामा व्यक्ति जति गरिव भए पनि सबैको घर हुन्छ तर ८० प्रतिशत पश्चिमाको कुनै घर हुँदैन । तिनीहरुको होटल र एपार्टमेन्ट मात्र हुन्छ । यस्तो आबास पद्धति केबल अबैधानिक सम्बन्ध बनाउनकै लागि हो । उनीहरु अझै हप्ताको ३ दिन होटलमा रहन्छन् शुक्र, शनि आइतबार । यो नभए त पश्चिमीहरु सिजोफेनियाबाट तड्पेर मर्दछन् । हाम्रो भन्दा धेरै मुस्किलको जीवन छ उनीहरुको । सार के हो भने हरेक संस्कार, सीप प्रबिधि मान तर यथार्थ बुझेर मात्र । 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper