banner
banner

ठगीको महाभारत

शिवप्रसाद सिग्देल -
एनसेल, विदेशी कम्पनीको ११ पटक किनबेच भइसकेछ, साना करदातालाई निचोरेर कर उठाउने अर्थ मन्त्रालयले एनसेलबाट लाभ कर उठाउन सकेन ।
एनसेल भन्छ– चुनावमा ११ अर्व पार्टीहरुलाई दिएका छौं, फिर्ता ल्याउ, कर तिर्छौं । सर्वोच्चले कर उठाउ भन्ने फैसला गरेपछि सरकार चलाउने, राजनीति गर्नेहरुको मुखुण्डो उत्र्यो ।
एनसेलले ८५ अर्व, उपेन्द्र महतोले २ अर्व १८ करोड, निरज गोविन्द श्रेष्ठले १३ अर्व, राजेन्द्र खेतानले १२ करोड राज्यलाई तिर्नुपर्ने देखिएको छ । अदालतको फैसलापछि सबै फाइल त खुल्यो, तर सरकारले चुनदाम उठाउन सकेन ।
एनसेल यतिबेला एक्जियटाले चलाइरहेको छ । यति गम्भीर मुद्दाको पुरा फैसला आइसकेको छैन, लेखिदैछ होला तर फैसलाले मात्र पनि ठूला करदाताहरु कसरी चलखेल गरिरहेका छन्, खुलस्त भइसकेको छ । एनसेलको २०६० सालदेखिको फाइल खुल्नुपर्ने दावी विज्ञहरुको छ । प्रश्न के पनि छ भने १० करोड चुक्ता पुँजी भएको एनसेलले खर्वौंको कारोवार गर्ने छुट कर्मचारीतन्त्रले दिएका दिए । राजनीतिज्ञ र कर्मचारीलाई हात लिएर एनसेलले नेपालमा आर्थिक अराजकता नै फैलाएको छ । नेपालको कानुन एनसेलले जानुन् भन्ने वातावरण बनाएको छ ।
उपेन्द्र महतोको डेल्टा टे«डिङ, सिनर्जी नेपाल पछि निरज गोविन्द श्रेष्ठको नाममा सारिएको थियो । तत्कालिन मेरो मोबाइल राजेन्द्र खेतानले राज बहादुर सिंहलाई बेचेका बेलामा पनि कर छलियो । खेतानले समेत सरकारलाई १२ करोड भन्दा धेरै राजश्व छली गरेको ठूला करदाता कार्यालय स्रोतको दाबी छ । एनसेलका वर्तमान मालिकहरु भन्छन्– हामीले कर तिरेका छौं, पहिलेको कुरा थाहा भएन । आफूले किन्दा पनि तिर्ने दायित्व हाम्रो होइन । यसबारेमा अख्तियार प्रमुखसमेत दवाव र प्रभाव छन् । उनी आफैलेसमेत कारवाही गर्नसक्ने स्थितिमा छैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper