banner
banner

दरवार हत्याकाण्डले कसलाई फाइदा भयो ?

स्वयम्भुनाथ कार्की -
राजाले असह्य नै भएर विनाकुनै अवसर विज्ञप्ती निकाल्नु प¥यो । हमेशा राजा बोलेपछि तुरन्त वेअर्थी प्रतिक्रिया दिन खप्पिस प्रचण्डदेखि बाबुरामलगायतले तिक्तता पोखे, बिष वमन गर्न भ्याए । अरु नेताहरुको दिनचर्या पनि यस्तै हुने गर्छ । पूर्वराजाले कहिले बोल्लान, कता जालान् अनि आलोचना गरौंला । यतिबेला पूर्वराजा पोखरापछि बारा, पर्सा र झापातिर हिडेका छन् । उनी सर्वसाधारणसँग अन्तरक्रिया पनि गरिरहेका छन् । यो कुरा यी राजनीति धन्दा चलाउनेहरुलाई पाच्य भइरहेको छैन । पूर्वराजाले नाच्दा मुटु थरहरि हुनेहरु उनका जनतासँगको अन्तरक्रिया कसरी पाच्य हुन्थ्यो र ? क्रान्तिपछि राजाले बोल्ने नाच्ने छुट नेपाल मै मात्र पाएको र यो कहिलेसम्म 
भनेर । राजाको यो वक्तव्यलाई रोक लगाउनु पर्छ भन्नु राष्ट्रिय चिन्तनलाई छेकावार लगाएर अराष्ट्रिय चिन्तनको प्रवद्र्धन गर्नु हो । यो कुरा नेपाली मुटु बोक्ने हरेक वालदेखि वृद्धसम्मलाई सहज बोध भइसकेको छ ।
गिरिजाको राष्ट्रपति बन्ने लालशाको शिकार भएको क्षतविक्षत नेपालमा रजाई गर्न पाएकाहरु आङ्खनो कुरा बुझाएर समर्थन बटुल्ने हैन विरोधीलाई मारेर वा मुख थुनेर समर्थन बढाउने हुन् । यसैको लहैलहैमा सिकेहरु चम्कन पाउँछन् । आङ्खनो मुलुक टुत्र्mयाउँछु भनेर भन्नेहरुलाई संसारको कुनै पनि मुलुकमा छुट दिईदैन । हिम्मत भए संविधानमा धारा ३७० थपेर जोडेको जम्मु कास्मिरको बारेमा कसैले भारतमा चुइक्क गरोस् त । तर यहाँ तिनै बबुराहरु अहिलेको संसदमा नै सिकेहरुलाई विशेष प्रवेश गराएर ‘मधेश देश’ दिन तुल विछ्याएर बसेका छन् । सीके लाल पश्चिमाको हतियार बनेर देश टुक्य्राउने विचारको बीउ छरिरहेका छन् ।
यस्ता राष्ट्रिय सोच भन्दा परकालाई राजाको ‘नेपाललाई अस्थिरता र अराजकताको आगोले क्रमशः जलाई रहेको छ । आज नेपाली  बिचको सामाजिक सद्भाव मेटिदैं छ भने, तराई, पहाड र हिमाल माझको ऐक्य भाव तोड्ने भगीरथ प्रयत्न भइरहेको छ ।’ भन्ने भनाईले पोल्नु स्वभाविक नै हो । जुन दरवार हत्याकाण्डको आरोपको सहारामा त्यसवेला नेपाली राजवंशलाई ‘भुतो न भविष्यति’ अलोकप्रिय बनाईयो त्यही मक्किएको आरोपले नेपालको सरकार राजालाई धम्काउँछ । राजाले पत्रकार सम्मेलन मार्पmत नै आफुले गराएको छानविन चित्त नबुझे फेरी गर्न चुनौति दिएका हुन् । जे जस्तो भए पनि सामना गर्न नेपाल छोड्दिन भनेर बसेका हुन् । ती पूर्वराजाको जति पनि हुती आजका यी लोकतन्त्रे नेताहरुमा छैन, तैपनि यिनैको ठूलो श्वरसुनिन्छ, शासक यिनै बनेका छन् ।
अहिले ‘बन्दर घुर्की’ देखाउने प्रचण्ड, निधि, पुन प्रवृति र सरकारमा राम्रो स्थानको आशामा बसेको राजसंस्थाको नाममा मत बटुल्नेहरुको ध्यानाकर्षण हुन आवश्यक छ । ध्यानाकर्षण हिन्दुवादी हुँ भन्नेहरुको पनि आकर्षित हुनुपर्छ । अव लहैलहैमा लागेर गलत गरिएछ भन्नेहरुको बाहुल्यता भइसकेको छ । माकुनेले राजालाई पूर्व कुमारीहरुको दर्शनमा जान रोक लगाउँदा उनीहरु नै निर्मल निवास गएको घटना सम्झे पुग्छ । राजसंस्थाको नाममा जनतालाई मुर्ख बनाउन सफल भएको ठानेर नाक फुलाउनेहरुले बुभ्mनु पर्ने कुरा हो एक माघले जाडो जाँदैन । मिर जाफरलाई किल्ला जितिसकेपछि अंग्रेजहरुले पुरष्कृत हैन दण्डित गरेका थिए । किन बिर्सेका यिनले ? यिनका मालिकले यिनलाई दण्डित गर्ने दिन नजिकिदै गएको आहट सुनिन थाल्यो ।
बेला बेलामा बोल्ने पूर्व राजाको विज्ञप्ती अभिव्यक्तिमा कुनकुन शव्द, वाक्य वा अनुच्छेद आपत्तिजनक छ ? यो कुरा आरोप लगाउनेले भनुन् । त्यसै पनि पूर्वराजाका भावना वा प्रसंग कुनै न कुनै बेला कुनै न कुनै नेताले ननिकालेको होस् ? शाहवंशले जुन पनि अवस्थामा जुन पनि वेलामा मनशा, वाचा र कर्मणा मान्दै आएको कुरा ‘नेपालको स्थायी सत्ता भनेकै राष्ट्र र राष्ट्रवासी नै हुन् । त्यसैले यसलाई सबल पार्ने भाषा, धर्म संस्कृति, इतिहास एवं त्यसले बोकेको आस्था र विश्वास नै त्यसको बलियो जग हो । त्यो नै सार्वभौम सत्ताको मुल आधार हो ।’ 
कतै केही नपाएर पूर्वराजाको विज्ञप्ती वा भनाइलाई भाषा परिक्षाको उत्तर पुस्तिका मान्ने पनि भेटिए । विरोध गर्नु नै थियो तर शव्द र भावमा केही भेटिएन । त्यसैले आङ्खना ख्वाम्मित रिझाउन ह्रश्व दीर्घ अशुद्धि देखाउने विद्यावारिधि पनि सामुन्ने आए । यस्ता भाषाविज्ञलाई पक्कै थाहा हुनुपर्ने हो कि राष्ट्रको चिन्ता गर्न प्रेरित गर्ने राष्टिय तत्व हुन्छ । राष्ट्रिय तत्वको खोईरो खन्ने त्यसको विलोम हुन्छ । अव राष्ट्रिय तत्वको विलोम के हुन्छ आपैm भनुन् ।
राष्ट्रियता र राष्ट्रिय चिन्तनलाई अपराध मान्नेहरु कुन श्रेणीमा पर्दछन् र ती मुलुकको कुन कुन तहमा छन् यो नेपालीले हेरिराखेका छन् । आज राजादेखि रंकसम्म सबै दरवार हत्याकाण्डको घुर्कीदेखि वाक्क भैसकेका छन् । अव यो अन्त्य हुनु पर्दछ । अर्को छानविन गर्ने औकात भए तुरन्त शुरु गरे हुन्छ । त्यसै पनि यो घुर्की लगाउनेहरु दरवार हत्याकाण्डका मतियार पो थिए कि भनेर शंका जनमानसमा उव्जदैछ । किनभने त्यो काण्डको सबैभन्दा धेरै फाईदा कसलाई भयो र सबैभन्दा धेरै कसले गुमायो यी बर्षहरुमा विश्व सामु छर्ल¨ छ । त्यसैको उपलब्धीमा को को कुन स्तरबाट कुन कुन तहमा पुगे त्यो नदेख्ने गरेर संसार दृष्टिविहिन छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper