banner
banner

दलमा समेटिनेहरुले राष्ट्रको भलो गर्न सक्दैनन्

स्वयम्भुनाथ कार्की -
नेपालका नागरिकहरुको पहिलो परिचय नेपाली हो । उसले पाउनु पर्ने सबै अधिकार र गर्नुपर्ने सबै कर्तव्य नेपाली भएर पाउने वा गर्ने हो । एक नेपालीको अनेकौ परिचय हुन्छ, जो समय सन्दर्भ वा स्थान अनुसार दोश्रो स्थानमा रहन्छ । तर पहिलो स्थानमा रहने परिचय त नेपाली नै हो । त्यसैले देशभक्तहरुको पहिलो प्राथमिकता भनेको मुलुक र मुलुकको हित हो । यहि आधार बिन्दुबाट सबै कृयाकलापको मापन हुनु पर्दछ । कुनै दल वा राजनैतिक नेतासंग आवद्ध हुँदा पनि जो मुलुक प्रतिको आङ्खनो प्राथमिकता छोड्न सक्दैन , बरु दल वा नेता छोड्न तैयार हुन्छ भने त्यो हो राष्ट्रवादी । 
आपैmलाई वा आङ्खनो दललाई सर्वोपरी मान्ने अनि नेतालाई युगद्रष्टा, महामानव, अतिमानव, चट्टानी अडानको भनेर पुजा गर्नेहरु राष्ट्रको हैन त्यो व्यक्तिको चाकरी बजाउदैछन । यो कुरा एकान्तमा आङ्खनो अन्तरआत्मालाई न्यायधिश मानेर निर्णय गर्न दिने हो प्रष्ट हुन्छ । किनभने अन्तरआत्मालाई कुरो बुझाउन न कुनै वकिल चाहिन्छ न झुट नै चल्छ । त्यसैले अन्तरआत्माको निर्णय अनुसार चल्नेहरु स्वाभिमानी हुन्छन । यस्तै स्वाभिमानी देशभक्तहरुको सहकार्य हुनु आवश्यकता हो । यो आवश्यकतालाई बित्रीm योग्य बस्तु मानेर पसल खोल्नेहरु क्षणिकरुपमा भावनाको व्यापारमा सफल त हुन्छन तर त्यो दिगो भने हुँदैन । एक स्वाभिमानी देशभक्त सबै कुरामा आँखा चिम्लेर कसैले बनाएको दलको अनुशासनमा समेटिदैन र समेटिनु हुँदैन पनि ।
केवल एकमात्र लक्ष मुलुकको स्वतन्त्रता, स्वाभिमान र समुन्नतीलाई मानेर समेटिने देशभक्तहरु कुनै दलको झण्डाले हैन कार्यगत एकताले जोडिनु पर्दछ । चुनाव चिन्ह, दलको नाम दलको झण्डा सबै भन्दा महत्वको मान्ने लाछीहरुको जमातले राष्ट्रको भलो गर्ला भन्नु मृगमरिचिका हो । नेताले समुह जन्माउने परमुखापेक्षि सोचको विपरित समुह र लक्षले नेता आपैm पैदा गर्दछ भन्ने मान्यता ठिक हो । जो समुहका सबैलाई सन्तुष्ट बनाएर लक्ष भेदन तर्पm लाग्न सक्छ त्यो नै वास्तविक नेता हो । समुहको नेता हुनै पर्दछ भन्ने चलेको चलन अनुसार देशभक्तहरुले पनि कुनै नेताको आवश्यकता महशुस गरे । यो नै गलत भयो त्यसैले अव यो बन्द हुनु पर्दछ ।
सहयात्रा भनेको कसैलाई नेता मानेर त्यसको भजन गाउनु हैन, बाटो मिलुञ्जेल संगै एक अर्कालाई सघाउदै बढ्नु हो । यस कुरालाई अझ स्पष्ट एक सामान्य उदाहरणले गर्छ । कुनै चार व्यक्ति साईकल वा मोटरसाइकलमा काठमाण्डौबाट चार गन्तव्य विराटनगर, विरगंज भैरहवा र धनगढी जाँदैछन् । नारायणघाटसम्म चारैजाना एकैसाथ हुन्छन , किनभने त्यहासम्म उनिहरुको गन्तव्य मिल्छ । त्यसपछि सौहार्दपुर्ण तरिकाले पश्चिम जाने दुई र पुर्व जाने दुई छुटिन्छन । बुटवल पुगेर भैरहवा जाने र धनगढी जाने अनि पथलैया पुगेर वीरगंज जाने र विराटनगर जाने पनि छुटिन्छन । अहिले मुलुकको पहिलो गन्तव्य भनेको नारायणघाट सम्म जस्तो हो । जहाँ नेपालले सुरक्षित महशुस गर्दछ, नेपालीले भविष्यको उज्यालो देख्न पाउछन । त्यसपछिका कार्यक्रमहरु सबैका अलग अलग हुनसक्लान जो एकैदलमा आवद्ध भएर संभव नहोला । कार्यगत एकता भनेको यहि हो । लक्ष पुग्नु त कता हो कता प्रस्थान विन्दुमा पुग्ने वित्तिकै देखिएको व्यक्तिपुजा, घमण्ड र मेरै कुरा मात्र सही हो भन्ने व्यवहारले निराशा बाहेक केही दिएको छैन । दल खोल्ने र आफुसंग जोडिन नआउने जति सबै नक्कली हिम्मत नभएका भन्ने रोगले आफुलाई राजावादी भन्न रुचाउनेहरुलाई ग्रस्त पारेको छ । चर्का कुरा गरेर गणतन्त्रवादीहरुले यस्ता समुहमा प्रभाव पारेको देखिन्छ । समुहमा अलि बलियो भयो भने हिजो राजावादी भएर संगठन गर्ने पत्यक्ष वा परोक्ष राजसंस्थाको खोईरो खन्न थाल्छ । यस्ता अनेकौ धार्मिककर्मी, राजनैतिककर्मी, सञ्चारकर्मीहरु सरकार र संविधानको आलोचना गरेर राजावादी भनाईनेहरुलाई जोत्नेहरु कयौ सतहमा देखा परेका छन । 
करिव तीन दशकमा नेपालमा नेपाली हुँ भन्ने भन्दा म फलाना दलको, फलाना समुदायको वा फलाना क्षेत्रको भन्ने धेरै हुँदैछन । यो सोच नै नेपालको प्रमुख शत्रु हो । त्यसैले दलको अनुशासित कार्यकर्ताको हैन आङ्खनो अन्तरआत्माको आवाज सुन्ने स्वाभिमानी नेपालीहरुको कार्यगत एकता आजको खाँचो हो । हरेक स्वाभिमानी नेपाली देशभक्त हुन्छ नै किनभने देशभक्त नभई त्यो स्वाभिमानी नेपाली हुनै सक्दैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper