banner
banner

जय राष्ट्रबाद ः जय देशभक्ति

डा.खेम कोइराला बन्धु -
सन्दर्भ शहीद दिवसको छ ।
यही सन्दर्भमा यस नेपालको निर्माणमा अघि बढ्ने पृथ्वीनारायण शाहको । उनले १८०१ देखि सुरु गरेको नेपाल राष्ट्र निर्माण अभियानको भूगोलको बढोत्तरी गरेर उनी अघि बढे छरिएर रहेका साना साना राज्यहरुलाई एकतृत गरे भुरे टाकुरे राज्य र तिनको आपसी खिचातानी लडाइ साना तिना स्वार्थ निमिटान्न पारे । नेपाली मात्रमा भावनात्मक एकताको वृद्धि हुने क्रममा उनको असामयिक निधन पछि उनका उत्तराधिकारीले वीर योद्धाहरुसँगै नेपालको एकीकरणमा ठूलो योगदान पु¥याए नेपाल भूगोल गोरखाको मात्र भएन गोरखालीमात्रको भएन समस्त नेपाली जातिको भयो त्यहाँ कुनै मगर मात्र भएन गुरुङ मात्र भएन खस मात्र भएन दलित मात्र भएन मुसलमान मात्र भएन बरु यो मेरो सानो दुःखले आज्र्याको मुलुक होइन सबै जातिको साझा फुलबारी हो सबैलाई चेतना भया भन्ने मर्म बोक्यो । वास्तवमा यो देश बन्नमा निश्चित रुपमा राजाले अग्रगामी भूमिका खेले तर सबै जनजाति जातजातिको सहभागिता रहेको स्पष्ट छ यसैलाई नै कार्यरुपमा दिनको लागि उनले गोरखाबाट काठमाडौं राजधानी सारे अनि उपत्यकाको धर्म, संस्कृति, चाडबाड, रीतिथिति सबैलाई सम्मान गरे स्वीकार गरे सांंस्कृति पहिचानलाई महत्व दिए । राष्ट्रिय एकतातर्फ आफूलाई अघि बढाए । पृथ्वीनारायण सल्यान जाँजरकोट मुस्ताङ बझाङ जस्ता राज्यहरुको र बाँकी भू–भागको एक माने र श्री ५ बन्न पुगे । तर समष्टी देशको एक मात्र राजा उनका उत्तराधिकारीहरु बन्न पुगे पूर्व टिष्टा र काँगडा परिस्थितिले यो देश व्रिटिशको इष्ट इन्डिया कम्पनी र इसाईको खेलले सिमित भू–भाग हाम्रो बन्न पुग्यो सुगौली सन्धिबाट त्यसलाई पनि एकीकृत गर्न सकिन्छ कि भन्ने सोचाई पनि एक महत्वपूर्ण पक्ष छ ।  
राजा महेन्द्रले अन्तर्राष्ट्रिय परिस्थितिको कारण अथवा वीपीसँगको टक्करको कारण अथवा देशको अखण्डता र राष्ट्रिय स्वतन्त्रता जोगाउने कारण जे सुकै होस् २०१७ सालमा संसदको विघटन गरे यो अत्यन्त अप्रिय घटना राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा । तर यसलाई सच्याउँदै वीपी स्वयं राजनेताको रुपमा २०३३ सालमा नेपाल प्रवेश गर्नुृ अत्यन्त महत्वपूर्ण घटना हो । 
यसै क्रममा मेरो हातमा लेखक तथा पत्रकार राजन कार्कीको राजा नव वास्सा कृति हातमा पर्छ त्यसका केही अंश म उद्धरण गर्छु – जाति, भेष, भाषा र भेषमा विभाजन भइसके नेपाली । टाट र भाट राजनीतिले नेपाली नेपालीबीच बैमनुष्यता, बेमेल गराइसक्यो । 
दरबारभित्र यस्ता कीर्तकाजीहरु थिए, जसले समयलाई बुझ्न सकेनन्, समयले बेग हान्यो र परिस्थितिले पर्लक्कै पल्टा खायो । राजतन्त्रलाई मार्कोसको आरोप लगाउनेहरु १३ बर्षमै मार्कोसभन्दा बदनाम भइसके । फिलिपिन्सका मार्कोसलाई पदच्युत गर्ने अक्विनो मर्दा फिलिपिन्स रोयो । यस्ता नेता न गिरिजा बने, न प्रचण्ड, ओली नै बन्लान् ?
मानवता विरोधी अपराध गर्ने नेताहरु रोम विधानको कुरा गर्छन् । राष्ट्रसंघको राजनीतिक सहेर उसले बाँडेको कुहिएको चामल खाएर ६०० नेपाली मरे, कुनै लोक नेताले जनताको बाँच्ने अधिकार बारे बालेनन् ।
नेल्सन मण्डेला भन्दा चर्को भाषण गर्छन्, गान्धी र लालबहादुर शास्त्रीका जस्ता उपदेश दिन्छन्, ली क्वान यु का जस्तो राष्ट्रवादी हुँ भन्छन् तर न नेल्सन मण्डेला जस्तो धैर्यता र त्याग छ । न त गान्धिको जस्तो स्वार्थ त्याग्ने हिम्मत, न ली क्वान यु को जस्तो जस्तो भिष्म प्रतिज्ञा छ , न त प्रजातन्त्रको बिडा उठाउनेले लोकलज्जामा बसे । 
चुतेहलाई फादर अफ रेड आर्मी मानिन्छ । त्यही दर्शन बोकेर हिँडेका चारु मजुमदार असफल छन् किनभने उनका चलाख कार्यकर्ताले महल खडा गरे, इमान्दार कार्यकर्ता रोटी, नून र प्याज खान नपाएर भकाभक मरेको पनि देखेर चारु रुखमा फल्न पुगे । 
इतिहासमा नासिर इजिप्टका नेता । १९५१ मा स्वतन्त्रता प्राप्तिपछि १९५२ मा भ्रष्टाचार नेतृत्वको विरोध उनैले गरेका थिए । १९५४ मा प्रधानमन्त्री बने । उनले आफ्नो देशलाई स्वीट्जरल्याण्ड बनाउँछु भन्ने वचन दिए । 
नेताहरुको सहमति त्यही जीवननारायण तेल जस्तै छ । 
विचार सभ्यताको हो , विचारलाई तरबारले काट्न सकिँदैन । यहि सिद्धान्त लिएर रोमन सम्राटले क्रिश्चियन लहर ल्याए । क्रिश्चियनप्रति जनताहरु आर्कषित हुन पुगे । इजिप्टदेखि पर्सिया र पश्चिम युरोपसम्म फैलिएको यो धार्मिक सम्राज्यलाई यही गतिले चक्रवर्ती बनाएको इतिहास छ । महाभारतमा श्रीकृष्णले नयाँ युगको शंख फुकेका थिए । नयाँ नेपाल बनाउँछु भन्ने धेरै आए, नेतायुग आयो, नयाँ युग आएन, नयाँ नेपाल बनेन । अर्जुन दृष्टि भए न लक्ष्य भेदन हुन्छ, अन्धाले हानेका वाण कुन दिशा जान्छ, जान्छ । 
नेपालमा ब्रेन खोज्ने परम्परा छैन । आफ्नो मान्छे भनेपछि क्रेन लगाएर माथि उठाइहाल्ने । सत्ता सञ्चालन गर्ने र सत्ताको करिडोरमा शक्तिकेन्द्र बन्नेहरुको यही बानीले कहिल्यै बे्रनको इज्जत र सम्मान हुन सकेन । 
प्रश्न हो थिंक ट्रेन हुन् कि शक्ति टेंक, तिनको दिमागमा बसेका क्रेन ब्राण्डको । क्रेन पद्धति पञ्चायतमा थियो, बहुदल शाशनमा पनि रह्यो ।
बे्रन ड्रेनको बिकराल समस्याको जड क्रेन ब्राण्डको बिगबिगी हो । श्रम र बुदि धमाधम विदेश पलायन हुँदैछन् । स्वदेशी ठूलो लगानीले तयार भएका बुद्धिलाई रोक्ने कुनै तत्परता, कुनै योजना, कुनै हौसल र आर्कषण सिर्जना गर्न सकेन । जनयुद्धको त्रासदी कुनै न कुनै रुपमा आज पनि छ । श्रम र बुद्धि शक्तिले आफ्नै देशमा किन भविष्य देखेनन् ?
चङ्खफौबञ्जार शैलीका राजनीतिक पसेलहरु क्रेन ड्राइभर हुन्, जो राजनीतिक माफिया व्यवसाय बनाइरहेका छन् । 
चाकरीमा नजाने र आँखा चिम्लेर नेता र पार्टीको जयजयकार नगर्ने व्यक्तिलाई देशभक्त नै नदेख्ने, अयोग्य ठान्ने र त्यसको काम छैन भन्ने धारणा बनाउने दयालाग्दो मनोबृत्ति नेता, प्रशासकदेखि पार्टीका झोले प्रवुद्ध वर्गसम्म व्यापक छ । 
जापान कम्प्युटरले शासन गर्न थालिसकेको छ । अमेरिका चालकविहीन ड्रोनयुगबाट संसार तर्साउन थालिसक्यो, हाम्रो पुरातनवादी मनोवृत्तिमचा कुनै सुधार छैन । 
अमेरिकाका राष्ट्रपति अब्राहम लिंकन । उनले आफ्नो आलोचकलाई रक्षामन्त्री बनाए । मन्त्री पदमा बसेर उनले राष्ट्रपतिको दुब्लोपातलो, गुरिल्लाजस्तो, भाँड भनेर आलोचना गरेपछि उनलाई पदबाट बखास्र्त गर्न ठूलो दबाब प¥यो । तर लिंकनले ती मन्त्रीलाई हटाएनन् । 
आज पनि माथवर सिंह अथवा गगन सिंह बन्न तयार भिड देखिन्छ, यही भीडलाई हतियार बनाएर जंगबहादुर बन्छु भनेर कुनै नेताले सपना देखेको छ भने त्यो आत्मरतीमात्र हो । 
अवसरवाद आर्दश बन्न सक्दैन । अवसरवाद सँधै कालो काम गर्छ । भनिन्छ, साहाराको मरुभूमिमा बेडोइन्स जातिको फिरन्ते मानिसहरु बस्छन् । 
सुतुरमुर्गको जस्तो बानीबेहोरा भएकाले घर भत्काए, छानो हाल्न सकेनन् । यिनमा देश बनाउने प्यालेस्टाइनको जस्तो आत्मविश्वास पटक्कै छैन । रगत के हो, पानी के हो ? भिन्नता छुट्ट्याउन सकेनन् । पशुपतिनाथलाई भत्काएर काशीबास जाने चरित्र छ यिनको ।
भारतीय विद्वानहरुले राणाकालमा श्रीलंकापति रावणका भाइ विभिषण, मुगलकालका मीरजाफर र मीर कासिम तथा क्विजलिङ र लेण्डुप  दोर्जीलाई देश बेचुवाका रुपमा उभाएका छन् । यी सबै प्रतिनिधि पात्रहरुले  आफ्नो कालखण्डमा आफ्नो मातृभूमिको स्वतन्त्र अस्तित्व र अस्मितालाई समाप्त पार्न विदेशी आक्रमणकारीको सहयोग गरेका थिए । भन्ने घटनाक्रम पनि उल्लेख गरिएको छ । यसमध्ये भारतबर्षका पाँचसय ३७ राजामहाराजामध्ये चयचन्द पनि त्यस्तै देशघाती हुन् । जसले स्वाधीनता त्योगेर अंग्रेजको पाउमा लम्पसार पर्ने निर्णय गरेका थिए । राजनीतिक परिदृश्य परिर्वतनपछि बागमतीमा धेरै पानी बगिसक्यो । 
क्विजलिङ, लेण्डुप, अथवा मिर्जाफरको उदय भएको यही हो । नर्वेको अधिपत्य हिटलरलाई सुम्पेवापत  हिटलरको निगाहमा प्रधानमन्त्री बनेका क्विलिङले गरेको राष्ट्रघातकालागि  उनलाई १९४५ मा मृत्युदण्ड दिइयो । सिक्किमको सर्वस्वा.  १९७५ मा भारतकी प्रधानमन्त्री इन्दिरा गान्धीलाई सुम्पेका लेण्डुप दोर्जी गान्धीको निगाहामा मुख्यमन्त्री त बने, तर उनको नाम ऐतिहासिक सराप बनेको छ । 
दास जो आफै बक्सिसको भोको हुन्छ, हरपल आदेशको पालना गर्न तम्तैयार रहन्छ, त्यस्ताबाट के आशा गर्ने ? दास जब मनस्थितिमा विद्रोह जन्माउन सक्छ, तब दास आशलाग्दो विद्रोही मान्छे बन्नसक्छ । 
बुद्धले भनेजस्तै हाम्रा नेताहरु ‘कुरा अनुसारको काम नगर्दा बास्नाहीन फूलजस्तै’ भएका छन् । 
१९७५ मा सिक्किमलाई भारतमा मिलाउने योजना (भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ ) र को हो र त्यसपछि नेपालले मधेसलाई भारतमा मिसाउने योजना रहेको थियो ।
‘रअ’ का पूर्व अधिकारी आर के यादवले ‘मिसन र’ पुस्तक लेखेरै खलस्त पारिदिए। पुस्तकमा यसबारे ‘र’ का संस्थापक काओले उनलाई जानकारी दिएको पनि उल्लेख छ । कति शक्तिशाली रहेछ ‘रअ’ ?
यी कस्ता नेता हुन यी भारतका सामु नतमस्तक बनाउन दिल्ली आइरहन्छन् । आज पनि जयप्रकाश नारायणले देखेको र भनेको वाक्य गलत साबीत गर्ने साहास कुनै नेताले गरेनन् ।
भारतीय सेनामा कर्नल गौतमले ‘नर्दन सेक्युरिटी अफ इन्डिया’ भन्ने पुस्तक लेखेका छन् । यस पुस्तकको निष्कर्ष छ ः १९५० मै नेपाललाई भारतमा नमिलाएर नेहरुले हिमालय भूल गरेका छन्, त्यो भूललाई भारतले जतिसक्दो छिटो सच्याउनुपर्छ । विस्तारवादका विरुद्ध सुरुङयुद्धको उद्घोष गर्ने युद्धकारी, १९५० को सन्धी खारेज हुनुपर्छ भन्ने जनआन्दोलनकारीहरुको जिब्रो किन तालुमा टाँस्सिएको हो ?
समाजबादबाट नेपालको भाग्य र भविष्य निर्माण गर्छु भन्नेहरु  निहुरीमन्टी न कै हबिगतमा छन् । राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति, शान्ति सुशासन र समृद्धि भन्नेहरु सत्ताको शिखरमा त पुगे भरिया मानसिकताको बन्दीगुहबाट बाहिर निस्केनन् । 
२०६३ सालदेखि ०७५ साल सम्मको समय खेर फालियो । अहिले पनि हामी ठेस लागेको खुट्टा लतारेरै हिँडिरहेका छौँ, फेरि ठेस लाग्ने खतरा छ ।  १० बर्षको जनयुद्ध, १९ दिनको जनआन्दोलन र १७ हजारभन्दा बढी नरहत्यापछि आएको व्यवस्था यति डरलाग्दो ? यति ठूलो बलिदान, रक्तपातपछिको देशमा शान्ति, जता हे¥र्यो उतै निर्माणै निर्माण, व्यवसाय नै व्यवसाय हुनुपर्ने ।
लोकवादी नाराधारीहरुको सबैभन्दा ठूलो कमजोरी ‘हामी नेपाली नेपालप्रति भक्ति, एक नेपाल हाम्रो शतिm’ भन्ने सामुहिक प्रतिबद्धता व्यक्त गर्न सकेनन् । 
नीतिहीन, नैतिकहीन, सिद्धान्तहीन राजनीतिक पात्रहरु आफूलाई अर्जुन हुँ भन्ठान्छन् ।
विगत १३ बर्षमा अनेक छद्म चर्तिकला, क्रुर रणनीति, मढाग्रही, मानसिकता, अनुदार र बेइमानी कृयाकलाप, के के देखिए, देखिए मुर्दावाददेखि मुसोलिनीवादसम्म, हाटादेखि( हाजिर गरेर टाप कस्ने कर्मचारीतन्त्र) हर्ष टे«डिङसम्मका  दुर्दान्तकारी दृश्यपनि देखियो । 
चीनदेखि मलेसियासम्म बरकरार रहेको छ । भारतको सुरक्षामा समेत गोर्खा रेजिमेन्टको मुख्य भूमिका कायमै छ । नेपाली विश्वासको नाम हो, राजनीतिले यस्तो विश्वास आर्जन गर्न सकेन । 
२०४६ सालमा एस.के सिंहले बोकेर आएको परराष्ट्र र सुरक्षा भारतको जिम्मा दिए आन्दोलन टुङ्ग्याइदिन्छु भन्दा राजा विरेन्द्र भारतका सामु होइन, जनताको सामु झुके, जसको दण्डस्वरुप त्यसको तेह्रबर्षपछि उनको वंश विनाश भयो । 
बरु विद्रोह– दी सटानिक भर्सेजमा सलमान रुस्दीले देखाए । लज्जामा तसलिमा नसरिनले देखाइन् । बंगलादेशको सरकार र इरानका खुमेनीले मृत्युदण्डको फतवा जारी गर्दा पनि विद्रोह झुकेन । 
भारतका पूर्वराजा विमलप्रसादले मात्र होइन, भारतको प्रवुद्ध वर्ग बनाएका भगतसिंह कासियारीले समेत ग्लोवल भिलेजको जमानामा राष्ट्रवादको कुरा गरिन्छ भनेर नेपालीलाई जिस्काए ।
भारतीय पत्रिकामा ‘नेपालमे नही गलेगी चीनके दाल’ शीर्षकमा ‘हमारेपास सुरुङ्ग युद्ध गर्नेवाला प्रचण्ड हामरा दोस्त हे । कहिल्यै निशाचर, राष्ट्रद्रोही, अपराधी र आतङ्कवादीको उर्बर भूमि थिएन नेपाल । सिल्करोडको सम्पर्ग र ट्रान्जिट प्वाइन्ट हुन खोज्दै थियो  नेपाल ।
राजनीतिमा अर्ज‘नदृष्टि नभएकाले हामी यस्तो डाहा र हुटहुटी देख्नुपरेको छ । 
न त देवताहरु देवता हुन्, न दलहरु नै बैकुण्ठ । राजनीतिक व्यक्ति र संस्थाहरु भनेका जनता र देशकालागि अपरिहार्य संस्थाहरु हुन् जसले जन–आकांक्षाको रक्षा र सुरक्षाकालागि आफूलाई आहुति दिन सदा तत्पर हुनुपर्छ ।
१३ बर्षदेखि राजनीतिक पाखण्ड चलिरहेको छ । देश र जनताले ‘कम महत्व’ पाएका छन् । जुन मिर्जाफर प्रवृत्ति भन्दा फरक पर्दैन । 
आज जताततै फर्कौ राष्ट्रियताको चर्चा छ राष्ट्र रहने कि नरहने भन्ने चिन्ता असफल राष्ट्र त भइ नै सक्यो भन्ने राष्ट्र कुन बेला खण्डित हुन्छ भन्ने चिन्ता राष्ट्रमा स्वतन्त्रताका नाममा साम्प्रदायिकहरुको चलखेल जातीवादीको चलखेल भाषिक चलखेल अनि क्षेत्रीयताको चलखेल । यस सन्दर्भमा यो शिवको देश यो बुद्धको देश सगरमाथाको देश । मेची महाकाली कसरी जोगाऊ भन्ने अवस्था अत्यन्त विकराल स्थितिमा छौं हामी । दक्षिण र पश्चिमले हामीमा गिद्धे दृष्टि लगाइरहेको अवस्था । यसलाई मध्यनजर गरेर हामीले यस राष्ट्रका लागि पवित्र मनले सुकर्म गरौँ इमान्दारिताका साथ । आत्मा साक्षी राखेर मनले गरौं बचनले गरौं कर्मले गरौं त्यही गरौँ जो भन्छौँ त्यही सोचौं जो गर्छौ । नेपालका लागि नेपाली हौं । जय राष्ट्रवाद ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper