banner
banner

दीर्घकालीन परराष्ट्रनीतिका ५ उपाय

बुद्धिनारायण श्रेष्ठ -
सन् २०१८ को समयावधिमा विश्वका १८० देशमध्ये डेनमार्कले ८८ अंक प्राप्त गरेर अतिस्वच्छ स्तर ओगटेको छ भने सोमालियाले १० अंक पाएर अत्भ्रिष्ट स्थानमा परेको छ । सूचकांक अनुसार १०० अंकले अति स्वच्छ जनाउँछ भने ० (शून्य) अंकले महाभ्रष्ट जनाउँछ ।
नेपालले ३१ अंक पाएको हुँदा भ्रष्टको स्तरमा रहेको जनाउँछ । तर नेपाल ्अति भ्रष्टाचारी वा महाभ्रष्टाचारी दर्जामा होइन । ३१ अंक पाएको हुनाले १८० देशमध्ये नेपाल १२४ औं स्थानमा रहन पुगेको छ । अर्थात् विश्वमा नेपालभन्दा बढी भ्रष्टाचार हुने ५६ देश रहेका छन् भने नेपालभन्दा कम भ्रष्टाचार हुने देशको संख्या १२३ रहेको छ भन्ने ऋयचचगउतष्यल क्ष्लमभह ले दर्शाएको तथ्य हो ।
नेपालले गत वर्ष २०१७ मा र यस वर्ष २०१८ मा पनि एभरेज राउण्ड फिगरका हिसाबमा १३१ स्कोर अंक नै पाएको छ । तर दशमलव पछिको अंकको पनि गणना गर्दा भने नेपाल गत वर्ष ३१.०० र यस वर्ष ३०.८३ अंकमा परेकोले यस वर्ष भ्रष्टाचारको मात्रा नेपालमा केही बढेको जनाउँछ । यस तथ्यांकले सरकार र सरोकारवाला निकाय भ्रष्टाचार निवारणमा सजग हुन पुगेको छैन भन्ने देखाउँछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper