banner
banner

युवाले पाउनुपर्छ पुरस्कार

रोशन कार्की -
राससका उपप्रमुख शरच्चन्द्र भण्डारी डा बाबुराम पोखरेल स्मृति सम्मानबाट सम्मानित भएका छन् । एक करोडको अक्षय कोष स्थापना गर्ने बाबुराम पोखरेलका परिवारले यसवर्षको पुरस्कार भण्डारीलाई दिने निर्णय गरेको हो ।
डा बाबुराम पोखरेल स्मृति समाजद्वारा आयोजित कार्यक्रममा उनका छोरा डा वविनले कोष स्थापनाको घोषणा गरेका थिए भने पुरस्कार नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले प्रदान गरेका थिए । यो कोषले हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई सम्मान गर्ने र कर्णाली क्षेत्र र गोरखाका असहाय तथा गरीव परिवारमा शैक्षिक सामग्री र लत्ताकपडा वितरण गर्ने लक्ष्य राखेको छ । साथै काठमाडौँमा किरियापुत्री भवन निर्माणसँगै काठमाडौं महानगरपालिका वडा नं ११, ३१ र ३२ मा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिने पोखरेल परिवारले जानकारी दिएको छ । यसैगरी भिएस निकेतनका कक्षा ९, १०, ११ र १२ का जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ ।
पुरस्कार दिदै नेता माधव कुमार नेपालले डा.पोखरेल संविधानसभाबाटै संविधान जारी गर्नुपर्छ भन्ने चिन्ता बोक्ने व्यक्ति भएको स्मरण गर्दै शिक्षा क्षेत्रमा पोखरेलले दिएको योगदान अविष्मरणीय रहेको उल्लेख बताएका थिए । शिक्षालाई व्यापारका रुपमा नभई सेवाका रुपमा हेर्नुपर्ने र व्यावहारिक शिक्षामा जोड दिनुपर्ने अभिव्यक्ति पनि माधव नेपालले दिएका थिए ।
कार्यक्रममा काङ्ग्रेसका नेता विजय गच्छदार, महान्यायाधिवक्ता अग्नि खरेल, सांसद उमेश श्रेष्ठ पनि थिए । यही कार्यक्रममा वडा ३१ का लागि एम्बुलेन्स खरिद गर्न १० लाख पोखरेल परिवारले प्रदान गरेको छ । यस्ता होनहार युवा पुरस्कृत हुनुपर्छ, ताकि युवालाई केही गर्ने उत्साह प्राप्त होस् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper