banner
banner

कांग्रेस र कम्युनिष्टमा के फरक भो ?

धर्मरत्न श्रेष्ठ
अव त नेपाली कांग्रेस सुध्रियो, चुनाव हारे पनि संगठन, कार्यकर्ता र आमनागरिकमा विश्वास गरेर अघि बढ्ला भनेको उही कम्युनिष्ट आगजनीको चरित्रमा पो देखियो । शनिवार जनताले तिरेको करबाट खरिद भएका सरकारी गाडी यसरी आगो लगाएर डढाइयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिदाका दिन सरकारी गाडी देख्यो कि आगो लगाइदिनु भनेर आदेश दिएछन्, के चाहियो, नेविसंघका विद्यार्थीले लाइटर बोकेर हिँडे, यसरी गाडीहरु खरानी बनाइदिए ।
के फरक भो कम्युनिष्ट र कांग्रेसमा ? उसले मान्छे मा¥यो, लुट्नु लुट्यो, उसका लागि नैतिकता भनेकै सत्ता हो । सत्ता पाएपछि कम्युनिष्टहरु कमाउनिष्ट बनेका छन् । कमाउनिष्टहरुका लागि जनजिविका, सुशासन, सम्बृद्धि, सुख भनेको जनतालाई देखाउने ललीपपमात्र हो । असलमा उनीहरु आफै सम्पन्न, नवधनाध्ये बनिरहेका छन् । यसका लागि उनीहरु जति पनि अपराधिकरण हुनसक्छन्, माफिया र तस्करकरण, कानुनलाई खेलाउना बनाएर भ्रष्टाचारीकरण पनि हुनसक्छन् । कम्तिमा कांग्रेसले सरकारको बिरोध गर्ने यो आगजनीको तरिका अपनाउनु गलत हो । कांग्रेसले बुझ्नुपर्छ, यिनै युवा भोलिका नेपालका नेता हुन् । यसरी आगो लगाउने युवाहरु भोलि सत्तामा पुगेपछि कस्तो शासन देलान् । तिनीहरु कतिसम्म जनताप्रति जिम्मेवार बन्न सक्लान् ?
यो त कांग्रेसको अतिवाद हो । अतिवादलाई समाजवाद कसरी मान्न सकिन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper