banner
banner

राजाबादीको चुरीफुरी

स्वयम्भुनाथ कार्की - 
एक पटक फेरी गणतन्त्रका मालिकहरुको बीचमा तानानान सुरु भएको छ । विगत हेर्दा कतिखेर तानातान, कतिखेर हानाहान अनि कतिखेर अंगालो हालाहाल हुने हो त्यो निश्चित छैन । नेकाका गर्जनवीर गगन थापा गर्जेका छन ‘जसले नेकालाई जंग चलायो त्यो समाप्त भयो । राणा समाप्त भए, राजा समाप्त भए ।’ उनका पार्टी सभापती भने नेकपाका अध्यक्षसंग गम्भिर मन्त्रणामा छन । तर केही राजावादीहरुको चुरीफुरी बढेको छ । उनीहरु गगनको आव्हानमा उनका समर्थकहरु भन्दा ज्यादा समर्पित भएर लागेका छन । आफु मात्र लागेको भए तै बरु तर उनीहरु गगनलाई साथ नदिनेहरु राजावादी हैनन हिम्मतहारा हुन भन्न समेत पछि परेका छैनन ।
यो ‘हर्कालीको बिहेमा डडुवालीलाई ऋण’ पहिलो पल्ट चरितार्थ भएको हैन । हेमानन्द गीरीलाई बनारसी पण्डाहरुको सभाले बनाएको शंकराचार्यको ताजपोशीमा पनि केहीले यस्तै महाभारत जीतेको जस्तै गरे । त्यसले के उपलब्धी भयो त्यो त थाहा छैन तर हानी भने पक्कै भयो । यसपटकको यो नाटक मञ्चन कति घण्टाको हो थाहा र्छैन । डा. गोविन्द केसी १६औं अनसन अनायास बसेका हैनन । पहिला १५ पल्ट उनलाई कहिले कांग्रेसले कहिले कम्युनिष्टले मुर्ख बनाएर हतियार बनाएकै हो । उनिहरुको अभिष्ट पुरा हुने वित्तिकै डा. केसीलाई अर्को अनसन बस्नुपर्ने गरेर साथ छोडेकै हुन । 
राजावादीहरुको संघर्ष यो प्रणालीमा ‘क’लाई सत्तारोहण गराउने वा ‘ख’लाई सुधार्ने हैन । यो पुरा प्रणाली नै दोषपूर्ण छ भनेर त्यो नै प्रतिस्थापन गर्ने संघर्ष हो । गणतन्त्रको मेठ भएर राजालाई हुत्याएको दम्भ पाल्नेको हुंकारमा साथ दिएर उफ्रिने राजावादीहरुको वारेमा ज्यादा भन्न आवश्यक नै छैन । राष्ट्रवादको संघर्ष फलाना चिलाना जस्ता ससाना मुद्दाहरुमा उफ्रन हैन बरु सम्पुर्ण देश जनताको उच्चतम भलोको प्रणाली स्थापना गर्न हो । कुनैपनि सत्ता बाहिर भएको दलले सत्ताधारीसंग मोलमोलाई गर्ने शक्ति बढाउन गर्ने आन्दोलनमा हतियार हुने समुह कसरी राष्ट्रवादी वा राजावादी ? शेरबहादुर देउवा र केपी ओली बीच कुनै पनि पलमा सम्झौता हुनसक्छ । त्यो वेला गगन त फिर्ता हुन्छन् तर धुरापस्न गएका कथित राजावादीहरुको कुन हाल हुन्छ ? 
वर्तमानमा राजसंस्था पुनःस्र्थापनाको संभावना सर्वत्र बलियो भएर गएको छ । त्यसैले कोही यो सपना नदेख्न चेतावनी दिन लागेका छन, कोही उनीहरुको उपलव्धी गुम्ने खतरा देखि रहेका छन । यो सबै परिस्थिति कुनै वेलामा करिव करिव ऋणत्मक भएर पाखा लागेको राजसंस्था वा राजावादीहरुको प्रयत्नले पैदा भएको हैन । हो राजसंस्थाले आङ्खनो गरिमा अनुकुल धैर्यता, सहनशिलता अनि बुद्धिमानी देखाएको हो । तुलनामा गणतन्त्र र त्यसका कर्णधारहरुको जनतालाई गरिएको ‘लखनौं लुट’ अनि ‘सुन्दरपक्ष’को कुरुप व्यवहारले राजसंस्थाको महत्व बढाएको हो । यो महत्व देशभित्र मात्र हैन पुरा विश्वमा नै बढेको हो । 
तर राजसंस्थाको गरिमाले धानेको महत्वमा कथित राजावादीहरुको उदण्ड व्यवहारले के सकारात्मक भूमिका खेल्ला ? राजासहितको प्रजातन्त्र भनेर प्राप्त हैसियतको दुरुपयोगले राजसंस्था प्रतिको बढदै गरेको आस्थामा धक्का पुगेकै हो । कोही कोही सबै उस्तै हुन उपप्रधानमन्त्री पाउँदा पनि राजावादीहरुले के नापे त भन्ने छेडको सामना अहिले पनि बाक्लै गर्नु परेको छ राजसंस्थाले । अहिलेका आफुलाई मुलधारको भन्ने दलहरु कुन वेला अंगालो मार्ने हुन कुनवेला काटाकाट गर्ने हुन त्यो शायद उनैलाई पनि थाहा छैन । केही आंैलामा गन्न सकिने नेताहरुको बीचमा भएको सहमति असहमतिको बन्दी भएका दासहरुको कुम्भमेला हो नेपालको वर्तमान मुलधारको राजनीति ।
यस कुराको निमित्त उनीहरुले प्रयोग गर्ने गरेका तर्कहरु हेर्दा सुन्दा हुन्छ । तर्कहरु उही छन तर अस्ति पक्षमा तर्क गर्ने हिजो त्यसको विपक्षमा तर्क गर्दै थियो आज फेरी पक्षमा गर्दैछ । यो रोग कथित राजावादीमा पनि सर्दै छ, राजालाई ठाडो गाली गर्नेको आव्हानमा होमिन यस्ता राजावादी तैयार छन, किनभने अहिले उ सत्ता बाहिर छ । भोली उसका विरोधी सत्ता बाहिर हुँदा उसको विरोधमा पनि होमिनेछन । यदि यहि सिद्धान्त विहिनता, लक्ष विहिनता राजावादीहरुमा पनि छ भने के नै फरक भयो र भन्ने प्रश्नको जवाफ कठिन छ । राष्ट्रवादी राजावादी मुढ हैन प्रत्येक व्यक्ति चेतनशिल हुनैपर्छ । अर्काको जुधाईमा चुरीफुरी राजावादीहरुलाई सुहाउने कुरा हैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper