banner
banner

जीवन यात्रा ः सत्यतर्फको यात्रा

डा. खेम कोइराला बन्धु - 
६७ बर्षे जीवनमा–
जीवनको एक एक पल घट्दै गइरहेको छ । मृत्युको यात्रा निकट हुँदैछ । ...
एक बर्षको हिसाब गर्न े। गनिरहे– १२ महिना । ५२ हप्ता । ३८५ दिन । ८७६० घण्टा । ५२५६०० मिनेट । ३,१५,३६००० सेकेण्ड । २५७९५ दिन यसै बितेछन्...
समय कसरी गुज्रियो ? खुशीले कि दुखले ? मुस्कुराउने कि रुने ? ईश्वरको मृत्यु अनि न्याय कसरी भाग्य कता कर्म कता ? कसरी गुम्यो यत्रो समय ?
आँखा खोलुँ, केही खुल्छ, केही खुल्दैन । कहिले खुल्छ, कहिले खुल्दैन । भन्छन्– गुरु नेता हो मार्गद्रष्टा अहिले पहिलेको जस्तो गुरुहरु छैनन् । मार्गद्रष्टाहरु तिनीहरु बुद्ध होइनन,् महावीर, कन्फुसियस पनि होइनन् । इशा सुकरात, मोहम्मद, शुंकराचार्य पनि होइनन् । तिनीहरुलाई चाणक्य जस्तो त्याग गर्नु पनि छैन चन्द्रगुप्त पनि बनाउनु पनि छैन । आफै स्वयंममा भगवान सरह । सुख प्राप्ति स्वर्गीय जीवनको चाहना तिनको ।
×                   ×                  ×                          
देश भक्ति– अत्यन्त गाह्रो । काम बलिदानी कार्य । यो व्यापार होइन, तर नेताहरु उद्योग व्यापार सबै गर्न चाहन्छन् । सबैलाई पछुवा बनाउन चाहन्छन् । कस्तो विडम्बना । जनताको सेवक हुनुपर्ने । उल्टो जनताको मालिक । भन्छन्– सर्वहारा, बन्छन् महासामन्त आइरहेछन् । गुरुको नाममा नेताहरु नेताको नाममा गुरुहरु । कुनै दिन हामीहरु भन्थ्यौं– मैले यस्तो सद्गुरु पाएँ । मेरो रोम रोममा हर्ष उठाएँ । एकै छिनलाई गुरुलार्ई नेता मानौँ, हिजोका गुरुहरु आज नेताको रुपमा । कति अपवित्र छन् कलियुग नै भन्नु पर्ला ।
×               ×                                        
कम्प्युटर नजान्नुको पीडा कुनै समय व्यास बाल्मीकिले, व्यासले पनि जान्दैनथे, यस अर्थमा आज भने नजान्नुको एउटा विडम्वना मान्नुपर्छ । २० वर्ष अघि एक तन्नेरी एक सामग्री उनकोमा सँगै कम्प्युटरमा प्रयोग हुन गएछ । मैले तुरुन्त प्रतिक्रिया दिएँ । श्रीकृष्णले ‘सेमन्तक मणि’ चोरे सरह नै भयो । प्रविधिको प्रयोग नजान्नुको एउटा बाध्यता भनौं । अझै पनि म कम्प्युटरमा काम गर्न जान्दिन, मेरो आँखाले त्यो काम गर्न पनि दिँदैन । प्रश्रितजीलाई भनेको थिएँ त्यहि कारणले वहाँको कुनै लेखको अंगुलीमाल बनेछु । मेरा धेरै साथीहरु कम्प्युटरमा पोख्त छन् । हरिहरजी, प्रतिक ढकालहरु भन्छन् सँधै निरक्षक बन्नुहुन्न । हो पनि कहीं यस्ता कुराले असत्य सत्य हुन जान्छ । भ्रम भनुँ केही यहाँ, जनताका सेवक हुनुपर्नेहरु कसरी जनताको शोषक भए एउटा आज अनौठो विडम्बना छ नेपालमा । 
×                         ×
नेपाल प्रज्ञा प्रतिष्ठान गठन भयो केही स्वतन्त्र निर्भीक प्राज्ञहरु पनि समाविष्ट भए तर दलका अझ गुटका प्रमुख व्यक्तिहरु परेनन् भनेर कोकोहोलो मच्चाइयो । भागवण्डाको राजनीति विश्वविद्यालय प्रज्ञा प्रतिष्ठान, राजदूत, न्यायधीश, जस्ता पवित्र कार्य गर्नुपर्ने ठाउँमा कति उपयुक्त हुन्छ आफु वा आफन्त नपर्दाको कत्रो पीडा । त्यसको कुण्ठा ।
एउटा महत्वपूर्ण प्रश्न हो – प्रधानन्यायाधीश राणा आएपछि केही गर्छन कि भन्ने आशा पलाएको छ । तर त्यसलाई विश्वास गर्ने पूर्ण आधार छैन । उनी पनि राजनीतिबाट घेरिएका छन् । न्यायपरिषदको भागवण्डा न्यायमन्त्री त्यसका अलावा उनका सहयोगी सर्वोच्चका न्यायाधीशहरु । हालै सुनकाण्डमा पोलिएका चार पाँच जना न्यायाधीशलाई सरुवा गरे । न्यायालयमा भएका विकृति हटाउन एउटा प्रधान न्यायाधीले मात्र सम्भव कति हुन्छ ? त्यो प्रतीक्षाको विषय छ । तै पनि शुभकामना भनौँ । आशा गरौं । एउटा नयाँ कामको शुरुवात गर्न उनी सकुन् । तर विश्वास । लिने ठाम धेरै कमी छ । किनभने यहाँ भाग शान्ति जय नेपाल । गर्ने प्रशस्त छन । मौकामा चौका हान्छन् जो हात सो साथ । हेर्दा हेदैमा न्यायाधीशहरु राखिदिन्छन । बेन्च सेटिंग देखि लिएर विचौलिया, वकिल र कर्मचारी सँगको प्रभाव र राजनीतिको छायाँ सर्वत्र देखिन्छ । यस काममा सांसद मौन हुन्छ न्यायपरिषद मौन सर्वोच्च मौन हुँदा हँुदा अन्तरिम आदेश पनि अन्तिम आदेश भन्दा पनि बलियो देखिन्छ । ठूलो धन राशिको चलखेल न्यायाधीश कानुन बंग्याउने सरकार कानुन मिच्ने कस्तो अनौठो जताततै कमिशनको खेल कसले बाँकी राखेको छ ।
 भ्रष्टाचारको सेटिंगलाई रोक्न विचौलियालाई रोक्न तलदेखि माथि सम्म भ्रष्टाचार दलमा छ । स्थानीय सरकार देखि केन्द्रिय सरकारसम्म जन प्रतिनिधिसम्म लिएर प्रधानमन्त्री सम्मको मुछिएन ? तर सबै मौन कोही बोल्न सक्दैन किनभने सबैलाई लोभ छ, लोभीपापीहरु भन्छन्, यो देश सतीले सरापेको छ, उम्किन कति सजिलो । वीर पुस्ताहरुले आर्जन गरेको यो देश नेताहरुलाई लुटि खानको लागि पो रहेछ । जता गयो उनीहरुकै मोजमस्ति । अरुले बोल्न पनि नपाउनु ।
प्रख्यात र कुख्यातको संसार छ । विश्वमा एक एक पटक कुख्यात । अर्को पटक प्रख्यात व्यक्तिहरु बने । कुनै बेलाको प्रख्यात चंगेजखान कुनै बेला कुख्यात भयो यस्तै कुबलय खान पनि । हिटलर स्टालिन पोलपोट पनि प्रख्यात भएर कुख्यात भए । यस्ता घटना क्रम देखिन्छ र रत्नाकर डाकु बाल्मिकी बने । परिवर्तन हुने एउटा राम्रो सम्भावना हेर्नुपर्छ । आशा गर्नुपर्छ ।
आज डोरबहादुर विष्ट हराएको २०÷२२ वर्ष भयो । ९३ वर्षको उमेर उनको जुम्लामा हराएका उनको ‘फेटलिज्म’ भन्ने कृति निकै विवादास्पद बन्यो । यो कृतिले नेपाली जनमानसमा एउटा हलचल ल्यायो उनले खसलाई आर्य अनआर्यमा विभाजित गरे । जयस्थिति मल्ले छ । सय वर्ष अगाडि बनाएको जात जातिको स्थितिमा त्यसबेला त्यसबेला त्यो सामयिक थियो । यो नेवार, नयाँ विचार, आज नेपालमा नेपाललिक्स मिडियाले कालो धनको चलखेललाई अगाडि ल्याएको छ जयस्थितिमल्लले बनाएको रीति । कुनै शाह ÷ कुनै खसले होइन । प्रजातान्त्रिक गणतान्त्रिक मुलुकमा कालो धन एउटा धव्वा नै हो । विश्वमा धनाढय साशकहरु पनि छन् व्यापार गरेर उद्योग गरेर धनी हुनेहरु पनि छन् । शुरुमा हामी कहाँ नेताहरु चप्पले तर केही समयमा धनाढय शोेषण व्यक्तिहरुमा पर्ने । देश र जनताको शोषण, उनीहरुको धन्दा विदेशीहरुको दलाली विश्वका धनाढय शासकमा किम जोम पर्छन् । रुसका शासक पुटिन पनि । अमेरिकी राष्ट्र प्रमुख ट्रम्प र थाइल्याण्ड र बेलायतका अरु चाहिं अरबका, उनीहरुको अलग्ग पृष्ठभूमि छ । चीन र भारतका नेताहरुमा यो देखिदैन ।
  हो भ्रष्टाचार हुन्छ । तर, यसलाई नेपाल जतिको भ्रष्टाचारीहरु लागि स्वर्ग कही देखिदैन । यहाँ अत्यन्त कमजोर प्रशासन छ किनभने जो पनि भ्रष्टाचारको दाउमा छ । हरेका नियुक्तिमा सरुवामा, बढुवामा भ्रष्टाचार नै भ्रष्टाचार । आशाको केन्द्र अख्तियार, राष्ट्रिय सतर्कता, सम्पत्ति सुद्दढीकरण, महालेखा, जताततै भ्रष्टाचार कार्यपालिका विधायिका, प्रशासन, प्रहरी, न्यायावधिवक्ता, वकिल पनि यिनैका मतियार । 
न्यायालय पनि यसैलाई चोखो बनाउन सकिन्छ र ? एउटा सिंगल दिन्छ बेन्चले भ्रष्टाचार जस्ता कुरामा उन्मुक्ति राष्ट्रलाई अरवौं नोक्सान पुरयाएर आफु फाइदा उठाउँछ एउटा न्यायाधीश वा त्यसलाई पेशी तोक्ने प्रधान न्यायाधिश । 
हामी सत्यको पक्षमा एउटा निष्ठाको यात्रामा जान्छौं त्यो नसच्याउछ न निष्ठा त्यो त एउटा वेवकुफ जस्तो हुन्छ  । कलियुगमा जन्मने मूर्ख । हेरुँ चराहरुको जीवन कहिले उनीहरु घर बनाउँछन र के खान्छन् बास कहाँ बस्छन ? कस्तो स्वतन्त्र उडान । साइवेरियादेखि नेपालसम्मको उनीहरुको अहिलेको यात्रा ।
हालै भूमिका श्रेष्ठको एउटा कृति आएको छ । तेश्रोलिंगीको कृति । यिनीहरुको समस्या त्यसमा दर्शिएको छ । यस्ता अल्पसंख्यकहरुको, चिनारी कृतिहरुको समस्या उजागर हुनु अत्यन्त राम्रो कुरा हो । यसलाई सकारात्मक रुपमा लिनुपर्ने आवश्यकता छ । 
आज देश भाषा, धर्म, क्षेत्र सम्प्रदाय बाँडिन नजाओस् । यो हाम्रो आकांक्षा हो । आफु आफुमा विभाजित हुँदा अर्काले खेलाउछु लडाउँछ फाइदा उठाएछ । सिक्किम वा वंगलादेशको नियति । हामी कहाँ नै हेरुँ उपत्यकामा तीन मल्ल राजा नजुटेको भए पृथ्वीनारायणले काठमाण्डौ हान्न सक्ने थिएनन् । आज तराईको समस्या त्यस्तै छ । मधेस नामबाट यो राज्य कतै विखण्डित नहोस् । युरोपियनहरु, अमेरिकनहरु, भारतीयहरु चलखेल गरिरहेका छन । यी सबै कुरा हेरौं, जीवनमा के गरे त ? प्रश्न उठ्छ । एउटा शिक्षित व्यक्ति–प्रौढ कालमा फर्केर हेर्छु – मूर्त भए के हुन सक्यो त ? अन्त्यमा हालै दुईतिहाइको सरकार वितण्डा मचाउन खोज्दैछ – आशंका । कहिले कता , कहिले कता पिङ खेलिरहेको नेपाल दुई ढुङ्गाको तरुल हो – हाम्रा पिता पुर्खाको आर्जन । यसलाई संरक्षण गरौँ, सुरक्षा गरौँ, माटोलाई चन्दन मागौं । दुई देशकोबीचमा नखेलौं । पश्चिमबाट सर्तक रहौं । सबैलाई चेतना भया ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper