banner
banner

समाजवाद कहाँ अटायो सरकार ?

पदम हमाल - 
कम्युनिष्टले स्वास्थ्य र शिक्षामा लगानी गर्दैनन् भन्ने मान्यतालाई समाप्त पारेको नेपालका कम्युनिष्टले चिकित्सा विधेयक पारित गरेर माफियालाई र अधिकांश ठूला कम्युनिष्टको शिक्षामा लगानी भएको र गर्ने मार्ग प्रशस्त गरिदिएको छ । यहीकारण विश्लेषकहरुको प्रश्न छ– यही हो समाजवाद ?
समाजवादको मुख्य ध्येय समानता हो । देशमा १ सय २५ जाति छन्, अनेक भाषाभाषी छन् । सिमान्तकृत जातिहरु आज पनि गरीवी र बिभेदको पहाडले थिचिएका छन् । सबै समुदायलाई समानस्तरको शिक्षा, स्वास्थ्य नीति ल्याउनुपर्ने कम्युनिष्ट सरकारले मेडिकल माफियागिरीलाई प्रोत्साहन गरेर जात फाल्यो ।
यस्तै नचाहिने काम गर्दा भेनेज्वेलामा परिवर्तन भयो, अमेरिकाले समर्थन गरेको छ । ह्युगो चाभेजलाई अर्को सद्दाम बनाउने खतरा देखियो । शायद यहीकारणले नेपालका कम्युनिष्टको मुटु कामेको हुनसक्छ । स्मरणीय के पनि छ भने अमेरिका कम्युनिष्ट भनेपछि घृणा गर्ने गर्दछ । नेपालका कम्युनिष्ट नेता प्रचण्डले खबरदार गरेछन् अमेरिकालाई । अमेरिकाका सामु नाक रगडेर माओवादीलाई आतंककारीको सूचीबाट हटाइदिन आग्रह गर्ने माओवादीले अमेरिकालाई खबरदार गर्ने ? संयुक्त राष्ट्र संघको बैठकमा भाग लिन गएका नेपालका प्रधानमन्त्री जम्माजम्मी एक मिनेट अमेरिकी राष्ट्रपतिको दर्शन पाउन र फोटो सेसन गर्न लालायित हुने गरेको ०४६ सालपछि हो । त्यसअघि नेपालको कुरा सारा विश्वले सुन्थ्यो, आज कसैले पनि नेपालको कुराको मतलव नै राख्देनन्, यो सब नेपाली नेताहरुको पराइवादी सोच र स्वाधीनताविपरितको चरीत्रले हो ।
नेपाली माटोमा उभिन सकेको भए, नेपाली अडान राख्न सकेको भए, भारतका सामु अनावश्यक सम्बन्ध तोडेर नेपाली हितमा बोल्न सकेको भए नेपालको पहिचान र परिचय आज पनि उज्यालो हुनेथियो । तर नेपाली नेताहरु दिल्लीका सामु बेला बेलामा सिल्ली कामकुरा गर्छन्, चरीत्र देखाउँछन् जसले गर्दा विश्वले नेपाली नेताको हैसियत थाहा पाएका छन् । जसले गर्दा नेपालको इज्जतमा धक्का लाग्दै गएको छ । भारतले यतिसम्म हेपिसकेको छ कि २ वर्ष लगाएर तैयार पारेको १९५० को सन्धि खारेजी र अन्य समस्या सुल्झाउने रिपोर्टसमेत बुझन् मानेन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper