banner
banner

धर्मलाई राजनीति बनाइयो

अधिवक्ता शिव सिग्देल -
संविधान त जारी भयो, धर्मनिरपेक्षता लेखेर जारी भयो । धार्मिक स्वतन्त्रता भनेर संविधानसभाले पास ग¥यो, जारी हुनेबेलामा धर्मनिरपेक्ष्ँता लेखेर जारी भएपछि नेपालमा धर्मलाई राजनीतिक विषय बनाइएको हो ।
धर्म राजनीतिक विषय हुनुहुन्न । नेपालको सन्दर्भमा सधैं सर्वधर्म समुदाय मिलेरै बसेका छन् । एक त अनेक जाति, तिनले मान्ने अनेक धर्म, ती सबै मिलेर बसेका थिए भने तिनलाई जातिवाद, धर्मवाद, भेग र भाषावादमा उफार्नु गलत थियो । यो गलत गर्ने काम आजका ठूला दलहरुले नै गरेका हुन् । खासगरी कम्युनिष्टले भोट बैंक तैयार गर्न यस्ताखाले अतिवादी बीउ छरे, अन्ततोगत्वा यो जोखिमले नेपालमा रक्तपातको बिजारोपण गरेको छ । माने वा नमाने पनि धार्मिक बिबाद, भाषा र भेगीय बिबाद छ, बढ्दैछ ।
कम्युनिष्ट सरकार छ, कम्युनिष्ट सरकार सुशासनको कुरा गर्छ, भ्रष्टाचार व्यापक बनाइरहेछ । समृद्धिको कुरा गर्छ, उत्पादन र रोगजारी निर्माणमा कुनै चासो नै छैन । स्वाभिमानका कुरा गर्छ, युवाहरुलाई वैदेशिक रोजगारीमा लघारिरहेको छ । शान्तिको कुरा गरिरहेको छ, अशान्ति र बिभेद बढाउँदैछ । कानुनी शासनको कुरा गरिरहेको छ, कानुनविपरित क्रियाकलाप बढेको छ । कानुनको मान मर्दन गरेर कानुनी राज हुनैसक्दैन । सरकारका कतिपय निर्णयहरु कानुनविपरितका छन् र कानुनलाई बल पुग्ने, कानुनी राज देखिने एउटा पनि निर्णय यो सरकारले गर्न सकिरहेको छैन ।
गज्जव त के छ भने निर्मला पन्तको बलात्कार हत्याका घटना हुन् कि सुनकाण्डका तस्कर र हत्यारा हुन्, अथवा कञ्चनपुरमा नरसंहार गर्ने जेलमा रहेका व्यक्तिलाई संसदमा निम्त्याएर सांसदको सपथ खुवाउने काम होस्, कार्यपालिका प्रमुखले व्यवस्थापिका प्रमुखलाई आदेश दिएको पनि घटना देखियो । अपराधीले हेलिकोप्टर चढेर जिल्ला गएको मात्र छैन, प्रदेश सरकार र नगरपालिकाले सार्वजनिक विदा घोषणा गर्ने कामसमेत गरे ।
संघीय सरकार पटक्कै बेफिक्र चलिरहेको छ । २ नम्बर प्रदेशले राष्ट्रिय नीतिविपरित काम गरेकाले राष्ट्रपति शासन लगाउन माँग गर्दासमेत बेवास्ता गरियो । राष्ट्रपति छन्, खाली सुख सुविधा र सहुलियतका लागि मात्र छन् । जनता कता पीडामा छन्, देश कता असुरक्ष्ँित छ, कता कता कानुन मिच्ने काम भइरहेको छ, राष्ट्रपति भवन चासो नै लिदैन । यहाँसम्म कि समवेदन दिनुपर्नेमा शुभकामना पठाएको विवादमा समेत राष्ट्रपति मुछिए । यसरी हुन्न ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper