banner
banner

पोखरापछि सिमरा, झापा

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह आगामी साता पत्नी कोमल शाहसहित बाराको सिमरा र त्यसपछि झापाको दमक जाने कार्यक्रम रहेको छ ।
आइतवार सिमरा जाने र गढीमाईलगायत त्यसक्षेत्रका मठ, मन्दिरको पूजाआजा गरी दमक जाने कार्यक्रम रहेको प्रेस सहयोगी डा.फणिराज पाठकले जानकारी दिएका छन् । भ्रमण निजी हो, तर आमनागरिकले स्वागत गर्ने तैयारी गरेकाले नागरिकसँग भेटवार्ता, अन्तरक्रिया हुने निश्चित छ । सिमरा र दमक बसाइका क्रममा जन भेटवार्ता हुनेछ, देशमा बढ्दो बिकृति र बिसंगतिका कारणले यस भ्रमणलाई अति महत्वका साथ विश्लेषण हुन थालेको छ । हिन्दुराष्ट्र र राजतन्त्रको माँग जनस्तरबाटै बढेको अवस्था छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper