banner
banner

गाउँ गाउँमा बाल बाइबल

अधिवक्ता शिव सिग्देल -
गरीव र सिमान्तकृत बर्गका बालबालिका पढ्ने स्कूलहरुमा यसरी बाल बाइबल बाँडेर पढाउन थालिएको छ । यसबारे सरकारमा रिपोर्ट छ, सरकार कानमा तेल हालेर बसेको छ । सरकार लोककल्याणकारी हो, संविधानको पालक हो भने यसरी धर्मान्तरण गरिनु हुन्न । गरीवीलाई केही आश देखाएर, आर्थिक सहयोग गरेर र परमेश्वरमा भक्ति गर्न बाध्य पारेर बाल्यकालदेखि नै धर्मान्तरण गर्न लगाउनु अपराध हो । यसमा सरकार पनि पूर्ण रुपमा दोषी छ ।
कानुनको पहिलो पालक सरकार हो । सरकार नै कानुनको पालना गर्दैन र जनतामा मात्र कानुन थोपर्छ, प्रभावशालीलाई कानुनले छुँदैन भने त्यस्तो देश लोककल्याणकारी हुनसक्दैन । हाम्रो संविधान त जारी भयो तर संविधानमाथि बलात्कार गर्ने काम सरकार र सरकार पोषितहरुले बढाउँदै लगेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper