banner
banner

नेपालिक्सबाट प्रताडित व्यवसायी

काठमाडौं । नेपालिक्सले स्वीस बैंकमा पैसा जम्मा गर्नेको सूचीमा आफ्नो नाम पनि देखेपछि व्यवसायी चन्द्र ढकालले आश्चर्य प्रकट गर्दै पत्रकार सम्मेलन नै गरेर स्वीस वैंकमा खातै नभएको प्रष्टिकरण दिएका छन् ।
आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले कालो धन विदेशमा जम्मा गर्नेमा आफू र आफ्नो परिवारको नाम जोडेकोमा आपत्ति जनाएका छन् ।
माघ ३ गते पत्रकार सम्मेलन गरेर अध्यक्ष ढकालले कुनै पनि ट्याक्स हेभन मुलुकमा हाम्रो कम्पनी दर्तापनि छैन, हाम्रो समूहले प्रवद्र्धन गरेका कुनै कम्पनीमा टेक्स हेभन मुलुकबाट लगानी ल्याएको पनि छैन भनेका छन् ।
नेपालिक्सले ५५ नेपालीको स्वीस बैंकमा पैसा राखेको खुलासा गरेको थियो । ढकालको दावी छ, भ्रम फैलाउने काम भएको छ ।
ढकालको दावी छ– नेपालको पहिलो निजी स्तरको रेमिट्यान्स कम्पनी आईएमईका मार्फत राष्ट्र बैंकको स्वीकृति लिएरै विदेशबाट बैंकिङ च्यानल मार्फत रेमिट्यान्सको कारोबार गर्दै अँएका छौं ।
‘मलेसिया र बेलायतमा रहेका हाम्रा कम्पनीमा नेपालबाट लगानी लगेका हैनौं,’ ‘बेलायतको हाम्रो कम्पनी एक पाउण्डको हो । हामीले ती देशमा त्यहीं रहेका नेपालीसँगको सहकार्यमा लगानी गरेका हौं । यहाँबाट पैसा लगेका छैनौं ।’

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper