banner
banner

नेकपादेखि कांग्रेससम्म, मिसिनरीसँग लपक्कै

विष्णु प्रसाई -
नेपालमाथि गरिएको पछिल्लो नाकाबन्दीका बेला राष्ट्रिय अडान राखेको भनि प्रचारवाजी गरिएका केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री नभइन्जेलसम्म महान राष्ट्रवादी भनि प्रचारित थिए । जवकि उनी दोस्रो पटक प्रधानमन्त्री भए, त्यसपछि क्रमशः उनको राष्ट्रवाद स्खलित हुँदै गएको छ । ओली एकपछि अर्को गर्दै उनका कृयाकलापहरु राष्ट्र र राष्ट्रियता विरोधी देखिए । कथित दुई नम्वर प्रदेशमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यात्राका क्रममा जे जस्ता गतिविधि प्रधानमन्त्री ओलीको उपस्थितिमा भए, त्यसले देशभक्त स्वाधिनताप्रेमी नेपालीहरुलाई झस्कायो । त्यसपछिका उनका कृयाकलापहरु यति सारो नाङ्गो रुपमा आए कि त्यसको वर्णन गर्न पनि गाह्रो हन्छ । देशका लागि घातक साबित भए । ओलीलाई देशभक्त भन्न सकिदैन ।
प्रधानमन्त्री हुनासाथ उनको सपथले नै पनि राष्ट्रिय धर्मसंस्कृति प्रेमीको मन घोच्यो । त्यस पछि नेपाली सनातनी संस्कृति प्रेमीहरुको राष्ट्रिय चाड दशैं, रक्षावन्धन, कृष्णअष्टमी आदि जस्ता हाम्रा पहिचान पर्वमा दिइदै आएको सार्वजनिक विदा कटौती गरी आयातित धर्मलाई प्रोत्साहन र समर्थन गरेपछि सारा नेपाली फेरि एकटपक झस्किए ।
पछिल्लो पटक विवादस्पद क्रिश्चियन मिशनरीको धर्मप्रचारक संस्था युनिभसल पिस फेडेरेसनका नाममा काठमाडौंमा देखाइएको सनातन हिन्दु, वौद्ध संस्कृति विराधी गतिविधि र नेपललाई इसाई राष्ट्र बनाउने अभियानमा प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रमुख र प्रत्यक्ष संलग्नताले नेकपाभित्र समेत भईचालो गएको छ । यस्तो इसाई धर्मप्रचारमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आमन्त्रण समितिको संयोजक हुनु र सोही संस्थाबाट गत साउनमा सम्मानित भएका पुष्पकमल दाहालको यो कार्यक्रममा प्रत्यक्ष सहयोग हुनुले केपी ओली नेतृत्वको सरकार पूर्णतया पादरीको डिजाइनबाट बनेको प्रष्ट हुन्छ । यद्यपि नेपाली कांग्रेसले चोखिन खोजेपनि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा समेत मिशनरीको सहयोगी रहेको र अन्य मिनेन्द्र रिजाल तथा मानबहादुर विश्वकर्मा, सुजाता कोइराला (जोष्ट), गगन थापालगायतका व्यक्तिहरु पनि मिशनरीको नजिक रहेर सनातनी संस्कृतिका पक्षधरलाई घात गरिरहेका छन् । घटनाक्रमले यो सब देखायो ।
नेपालका महान मसिहा आफूलाई ठान्ने केपी ओलीले इसाई संस्थाले दिएको १ लाख डलरको पुरस्कार र मेडल थापेर इसाई संस्थाको प्रचार–प्रसार गर्न ३÷३ दिन होटल सोल्टीमै दिन रात विताएपछि नेपाल कम्युनिष्ट पार्टी भित्र भुइचालो गएको हो । धेरै छिटो इसाई र गैरइसाई कम्युनष्टिहरुबीच धुविरकण हुने सम्भावना बढेको मात्र छैन केपी ओली नेतृत्वको पादरी सरकारको आयु समेत छोटिएको विश्लेषकहरुको ठहर छ ।
(लेखक ः प्रतिस्पर्धाका सम्पादक हुन् ।)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper