banner
banner

ओली लुइ चौधौं, न त स्टेट नै हौ

पदम हमाल -
केपी ओली न लुई चौधौं हुन्, न त स्टेट नै ओली हुन् । दुई तिहाइ मत हुनु भनेको लुई हुनु होइन, स्टेट हुनु होइन । यसकारण प्रधानमन्त्री केपी ओलीले म नै संसद हुँ, म नै स्टेट हुँ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । यसैमा नेकपाको भलो छ ।
जनताले अनपेक्षित र आपत्तिजनक रुपमा राष्ट्रपतिका लागि दिएको हेलिकोप्टर, बुलेटप्रुफ गाडी लगायतका सुविधामा जनताले आलोचना गरेका हुन् । जनताबाट भोट लिने अनि तिनै जनतामाथि गणतन्त्रको विरोध र सांसदमाथिको आलोचनालाइ प्रणालीमाथिको हमला भनेर प्रधानमन्त्रीले लुई चौधौंको सम्झना गराएका हुन् ।
३८ टन, गृहमन्त्रीका अनुसार नै छिरिसकेको र पक्राउ परेका ३३ किलो लगायतका किलोका किलो सुन तस्करीको अपराधी पक्राउ नगर्ने, विदेश गएर फर्केकाहरुले ल्याएका घरेलु बस्तु र एक दुई लिटर ह्वीस्की पक्राउ गरेर सरकारले ठूलै काम गरेको फुइँकी लगाइरहेको छ । सरकार जे गरिरहेछ, त्यो जनअपेक्षाअनसारको कार्य होइन । जनता ठूला अपराधीलाई जेलमा देख्न चाहन्छन् । सरकार माफियालाई सुनपानी छर्केर चोखो चोखो पारिरहेको छ ।
एयरपोर्टमा विदेश गएर फर्केका नेपालीले ल्याएका ह्वीस्कीका बोतलको चाङ नै भइसकेछ । कुनै रेकर्ड नभएका ती ह्वीस्की मन्त्री, सचिव, सुरक्षा अधिकारीले पिउने त होला । अन्यथा कत्ले माछो छाडेर बुदुना किन पक्राउ गर्थे ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper