banner
banner

इतिहासलाई जोगाएर राख्नुपर्छ

डा.दुर्गा दाहाल - 
‘मेरा साना दुःखेल आर्ज्याको मुलुक होइन यो चार वर्ण छत्तिस जात सबैको फुलबारी हो । सबैलाई चेतना भया ।’ 
–श्री ५ पृथ्वी नारायण शाह

राष्ट्र निर्माता तथा राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको उल्लिखित महानवाणी आज पनि उत्तिकै सान्दर्भिक र सारगर्भित छ ।
यद्यपि नयाँ नेपालका तथाकथित कतिपय मुष्टिमेय नेताहरूले यिनै दूरदर्शी राजाको सालिक समेत भत्काएर ठुलै पुरुषार्थ देखाएको कुरा गर्छन् तर संभवत साना(साना बाइसे–चौबिसे राज्यहरूलाई एकीकरण गरेर सार्वभौम नेपाल राष्ट्रको पुनर्निर्माण उन्ले नगरेका भए आज यो फुर्ती लाउने मौका पनि यिनीहरूले पाउने थिएनन् र अझ बढी दासताको धुसा ओढेर बस्नु पर्थ्यो होला ।
पृथ्वी नारायण शाहले भनेका रहेछन्, नेपाल दुई ढुङ्गा बिचको तरुल हो । उनले यो पनि भनेका रहेछन्, चीनसँग सदैव राम्रो सम्बन्ध राख्नु र भारतसँग पनि मैत्रीपूर्ण व्यवहार गर्नु तर अत्यन्त चनाखो भएर रहनु ।
उपर्युक्त भनाइहरू आजका दिनमा पनि सत्य साबित भई रहेको छ । व्याख्या निष्प्रयोजन छ । यदि नेपाल सरकार चनाखो नहुने हो भने नजानिँदो पाराले हाम्रो देश धर्म्निरपेक्षता र सङ्घीयताको नाममा क्रमशःस् फस्दै जानेछ र नेपालको मानचित्र फेरिन धेरै वर्ष लाग्ने छैन ।
राष्ट्रिय एकतालाई खण्डित हुन नदिन उतिखेर पृथ्वी नारायण शाहले नेपालबाट मिशनरीज र काश्मिरी व्यापारी हरूलाई पनि नेपालबाट बाहिरिने आदेश दिएर नेपाल चाहिं हिन्दु हरूको पवित्र भूमि हुनु पर्छ भनेका रहेछन् । उनले नेपाली जनतालाई सदैव हिन्दु धर्म, सभ्यता र संस्कृतिलाई मानेर हिंडनु भनेर दिव्य उपदेश पनि दिएका रहेछन् ।
साथै, पृथ्वीनारायण शाहले घरेलु र स्थानीय उत्पादनमा जोड दिएका रहेछन् । अन्यान्य दिव्य उपदेशहरूमा पनि भनिएको रहेछ कि विदेशी व्यापारीहरू आएको खण्डमा मुलुकलाई सखाप पार्नेछन् । त्यसैले, मुलुकवासीले आफ्नै स्थानीय र राष्ट्रिय उद्योग(धन्दाहरूमा लागेर राष्ट्रीयपूँजी निर्माण गर्नु पर्नेमा पनि जोड दिएका रहेछन् । उन्ले आफ्नै मुलुकमा पाइने जडी(बुटीहरूलाई उपयोग गरी औषधि बनाउने र बचेकोलाई विदेशमा निर्यात गर्ने उपदेश समेत दिएका रहेछन् 
भरसक कृषि उत्पादन र कल(कारखानामा जोड दिएर मुलुकको पैसा बाहिर नजाओस भन्ने हेतुले उन्ले भनेका रहेछन्, प्रजा मोटो भए दरबार पनि बलियो रहन्छ । राष्ट्रियता र सार्वभौमिकतालाई जोगाउनलाई उनले चारैतिर किल्ला बनाउने कुरामा जोड दिएका रहेछन् । भविष्यमा छिमेकी राष्ट्रबाट सीमा मिचिने भय र आशङ्काले उन्ले बेलैमा मुलुकवासीलाई विविध कुराहरूमा सचेत गराएका रहेछन् जुन कुरा अहिले आएर सत्य साबित भएको छ ।
घुस लिन्या र दिन्या दुवै अपराधी हुन । – पृथ्वीनारायण शाह
अहिले व्याप्त घुसखोरीको जमानामा उपर्युक्त वाक्य झन् अर्थपूर्ण र सान्दर्भिक छ । देशव्यापी रूपमा आर्थिक भ्रष्टाचार बढेको छ । हरेक सरकारी कार्यालयहरूमा घुस खाने कर्मचारीको संख्या दिनदिनै बढ्दो छ ।
आफू जाई नलाग्नु, निहुँ नखोज्नु तर आई लागे पछि नहट्नु बरु राम्रैसित मुकाबला गर्नु आदि इत्यादि अनेक सर्वकालिक महत्त्वका विषयहरूमा पनि उन्ले आफ्ना सारगर्भित विचारहरू व्यक्त गरेका छन् ।
यस्ता एक महान् विचारक र देशभक्त नेतालाई बिर्सेर हामीले नयाँ नेपाल निर्माण गर्न खोज्नु बाउन्ने भएर चन्द्रमालाई छुन खोज्नु सरह हो । अतःस् यस पटक पृथ्वीनारायण शाहप्रति श्रद्धा स्वरूप पृथ्वी जयन्ती सभ्य र भव्यरूपले मनाऔं र हाम्रो अस्मिता र गरिमालाई अक्षुण्ण राखौं । पृथ्वीनारायण शाहको सालिक भत्काउनु र उन् लाई अनादर गर्नु राष्ट्रद्रोहीहरूको दुष्कार्य हो ।
जसले देश बनायो, उसैको उछित्तो
अधिवक्ता गंगा दाहाल
साथी तिमी भित्रको ममता म¥यो भने 
तिम्रो विवेक अन्त कतैकतै स¥यो भने 
फेरि कालो बादलले छोप्नेछ आकाश 
उज्यालो प्रकाशमा ग्रहण प¥यो भने ।
क्रान्ति थियो, सकियो । क्रान्ति निरंकूशताविरुद्ध थियो, इतिहास फुटाइयो । क्रान्ति अधिनायकवाद विरुद्ध थियो, पुर्षाको गौरव तोडियो, फोडियो ।
क्रान्ति सकियो, शान्ति पर्व आयो । परिवर्तनलाई बसन्त पर्व भनिएको थियो, तैपनि नेपाल निर्मातामाथि न्याय हुनसकेन, जसले देश निर्माण ग¥यो, उसैमाथि अन्याय हुन्छ, उनैले न्यायको अनुभूति गर्न पाउनन् भने जुन उज्यालो हाम्रो हातमा छ, हाम्रो घर आँगनमा छ, हामीसँग छ, त्यो प्रकाशमा ग्रहण लाग्नेछ । उज्यालो छायाँमा पर्नेछ, अँध्यारो हुनेछ । हामीले उज्यालो खोजेका हौं, उज्यालो पाएका पनि हौं, फेरि अँध्यारोलाई किन निम्तो दिने ? अव नेपाल अँध्यारो हुनसक्दैन, नेपालको गौरव सँगाल्नुपर्छ । पसिना पगालेर नेपालको शान्ति र समुन्नति सिर्जना गर्नुपर्छ, हामीले आउने पुस्ताका लागि  दिने राष्ट्रिय गौरव उज्यालो हुनुपर्छ । तोडफोड दिए सन्ततीले सराप्नेछन् ।
पृथ्वीनाराण शाहले नेपाल निर्माण गरेकै हुन् । उनको सालिकको टाउको फुटालेर, उनको सालिकको हात भाँचेर र उनको तस्वीरमा थु थु गर्नु भनेको आकाशतिर फर्केर थुक्नुजस्तै हो । प्रधानमन्त्री ओलीको धारणा, राष्ट्रपति विद्या भण्डारीको धारणा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरिदिएका थिए र हामीले नेपाली भन्न पाएका छौं । सत्य यही हो र यो सत्य चम्किनुपर्छ । प्रत्येक नेपालीले नेपाली हुनुको गौरव गर्न पाउनुपर्छ, गौरव गर्न सक्नुपर्छ । यी नेपाल निर्माता स्तुत्य छन्, बन्दनीय छन् ।
नेपाल निर्मातालाई सत्तो सराप कस कसले गरे ? त्यसको लेखाजोखा सरकारले गर्नुपर्छ । राष्ट्रिय गौरवमाथि हमला गर्ने पक्का र सच्चा नेपाली हुनसक्दैन । जस जसले बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अवहेलना गरेका छन्, ती सबै एनजीओ र आइएनजीओ चलाउनेहरु हुन् । यो भनेको डलरवादीहरु राष्ट्रियता तोडफोड गर्न चाहन्छन्, राष्ट्रिय एकता कायम गर्न चाहदैनन् । किनकि इसाईहरु नेपालमा जातीय द्वन्द्व चाहन्छन्, धार्मिक हिंसा गराउन खोजिरहेका छन् । नेपालमात्र त्यस्तो देश हो, जहाँ धार्मिक सहिष्णुता छ, जातीय एकता पनि छ । यसलाई टुट्न नदिन उतिबेलै पृथ्वीनारायण शाहले चार जात छत्तीस वर्णको फूलबारी भनेका थिए, जुन आज पनि उत्तिकै मर्मस्पर्सी र बिर्सनै नहुने यथार्थ बनेको छ हाम्रो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper