banner
banner

परिवर्तन यही हो सरकार ?

पदम हमाल - 
एसियाका दस गरिब देश गुगल सर्च गर्दा नेपाल अफगानिस्तान पछि सबैभन्दा गरिब रहेछ । गरिबलाई मारेर, गरिवीलाइ भजाएर चलिरहेछ देश । जहाँ यो वा त्यो नाममा पहुँच हुनेहरुले लुटी रहेछन् । बिचरा मेरो देश ।
महिना उही पो लाग्दैछ, भन्दैछन साल बद्लियो । चराचुरुङ्गी त्यही भन्छन्, शिकारीको जाल बद्लियो । उनै हाकिम उनै चेला, लुट्न पाउँदा त उनीहरुको समय काल बद्लियो । थाहा छैन कति आए नयाँ बर्ष, न त नेताको सोच बद्लियो, न त देशको हाल बद्लियो । समय आफ्नो गतिमा बगिरहेछ ।
हिन्दीमा एउटा कडवा सच जो चल्तीमा अक्सर सुनिने गरिन्छ– आप “साल“ बदलता देख रहें हैं ? मैंने “सालभर“ लोगों को बदलते देखा है ।
यस सम्बन्धमा मित्र दीपकले लेखेका छन्– मैंने तो जिंदगी भर लोगों को बदलते देखा है । हो, नेता, प्रशासक सबै बदलिए तर घुस्याह बानी बदलिएन ।
सुखका लागि अनेक परिवर्तनहरु भए । ती परिवर्तनले सुख त ल्यायो, जो परिवर्तन चाहिरहेका थिए, तिनले केही पाएनन् । जो परिवर्तनलाई आफ्नो लागि उपयोग गर्न चाहन्थे, तिनले सबैकुरा पाए । जो जो नेता प्रशासक, दलाल कङ्गाल थिए, ती सबै धनीमानी हुनपुगे । जो परिवर्तनपछि गाउँ, समाज, देश परिवर्तन भएको देख्न चाहन्थे, ती आज पनि हाहाकारको जीवन बिताउन बाध्य छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper