banner
banner

राधेश्याम अधिकारी र विद्या सुन्दर

बाशुदेव वाग्ले -
अधिवक्ता राधेश्याम अधिकारी र महानगरका मेयर विद्यासुन्दर शाक्य खुब चर्चामा छन् । राधेश्याम अधिकारी माथिल्लो कर्णाली आयोजनामा भारतीय लगानी हुने र त्यस लगानीलाई सुरक्षित गर्न भारतीय सुरक्षाकर्मी ल्याउन दिनुपर्ने बताएर चर्चामा थिए भने विद्या सुन्दर शाक्यले स्मार्ट सिटीबाट अघि बढेर स्माटै शौचालयको व्यवस्था गर्न लागेको जानकारी सार्वजनिक भएको छ । के हो स्मार्ट शौचालय भनेको ? यसबारेमा मेयरलाई बाहेक अरुलाई थाहा नहुन सक्छ ।
अधिवक्ता राधेश्याम अधिकारीले भारतको स्वार्थलाई बोकेर भारतीय सैनिक मिसनलाई भारतीय लगानी सुरक्षित गर्ने नाममा नेपाल भित्र्याउने कुरो अघि बढाएको बुझ्न सकिन्छ । भारतले नेपालकै नेता, अभिनेतालाई खडा गराएर यसैगरी आफ्ना कुरा बोल्न लगाउँछ र सरकारलाई दबाब दिन्छ । नेपालमा भारतीय स्वार्थ लाद्ने यो अचुक र गाली नखाने उपाय सम्झेको छ भारतले ।
यता माखो नमार्ने मेयर, सबैभन्दा असफल मेयरको उपाधी पाइसकेका विद्या सुन्दर शाक्यले फोहर उठाउन सकेका छैनन्, स्मार्ट शौचालयसम्म सोच्न भ्याइसकेका छन् । महानगरमा कति ठाउँमा सार्वजनिक शौचालय हुनुपर्ने हो, ती शौचालयको हालत के कस्तो छ, मेयरलाई थाहा नै छैन । आफूलाई प्रधानमन्त्रीका साला भन्न रुचाउने मेयरले प्रधानमन्त्री ओलीबाटै सिकेछन्– काम होस् कि नहोस्, कुरो चाहिं ठूलठूला गर्नुपर्छ । त्यसैले मेयरले प्वाक्क बालेका छन् स्मार्ट शौचालय ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper