banner
banner

टक्सार चोखो चलाउनु अदालतको पैसा दरवार नहाल्नु

स्वयम्भुनाथ कार्की -
दिव्य उपदेश भनिने गरेको कृति वास्तविकमा पृथ्वीनारायण शाहको आत्मकथा हो । यसमा उनले आङ्खनो मनमा नेपाल (तीन शहर)को राजा हुने अभिलाषा आङ्खनो मनमा आएदेखि त्यो आकांक्षा पुरा हुदाँसम्मको आङ्खनो जीवनी बताएका छन् । आङ्खनो यो संघर्षमय जीवनको अन्त नजिक आएको आफुलाई आभास भएको छनक पनि दिएका छन् । तीन शहर नेपालको राजा भै सके पछि पनि आफुले गर्न खोजेका तर नभ्याएको तीन कुराको उनले उल्लेख गरेका छन् । राम शाह, महिन्द्र मल्ल तथा जयस्थिति मल्लले भैm सामाजिक थिति बाँध्ने आङ्खनो अभिलाषा ,पुर्व पश्चिमका अनेकौ ठाउँबाट दक्षिण उत्तरको अन्य बाटो भन्दा नेपाल भएर नै बाटो कायम गर्ने अभिलाषा तथा दहचोकमा राजधान िसार्ने अभिलाषा आङ्खनो पुरा हुन नसकेका अभिलाषाको रुपमा उनले उल्लेख गरेका छन् ।
मैतालु भित्र्याउने वा गौना गराउने आङ्खनो हिडेका विवाहमा कवोल गरिएका वा कन्यादान संगै दान दिईएका एकदन्ता हात्ती र बेहुलीले लगाएको नौलखा भनिएको हार दिगवन्ध सेनले दिन नमाने पछि त्यो समेत बेहुल िबल पुर्वक नै लैजाने चुनौती दिएर मकवानपुरबाट गोर्खाको बाटो लागेका पृथ्वी नारायण शाहमा चन्द्रागिरीबाट तीन सहर नेपाल देखे पछि त्यहाको राजा हुने लोभ लागेको कुरा स्विकार्छन । तर, यो नेपाल खाल्टो सर गर्ने लामो अभियानमा सम्पन्न हुने ताकासम्ममा आङ्खनो तीन सहर नेपालको राजा हुने मोह भन्दा नेपाल एकिकरणलाई लक्ष बनाउने मनसायमा पुगेका जस्तो भान यसमा पाईन्छ । उपत्यका सर गर्ने अभियानमा के त्यस्तो कुरा भयो की त्यसले उनलाई राजधानी नै दहचोक सार्न मन लाग्यो यो इतिहासकारले खोज्न पर्ने तर ध्यान नपुगेको विषय हो ।
जे होस यो आत्मकथामा उनले राज्यका केही थिती बाँध्नको निमित्त निर्देशक सिद्धान्त भने प्रतिपादन गरेका छन । मध्य युगको त्यो क्रुर लडाई हुने वेलामा धेरै जसो सामरिक कुराहरुलाई स्थान दिए पनि महत्वपूर्ण राजनैतिक, सामजिक तथा आर्थिक मार्गचित्र उनले प्रस्तुत गरेका छन् । अन्तरिम गणतन्त्रमा महान छलां¨ भनेर चर्चामा ल्याएको भारत र चीन विचको वाणिज्य पुल हुने कुरा उनको पुरा हुन नसकेको योजनामा रहेछ र त त्यसै वेला भन्छन ‘पुर्व पश्चिमको रस्ता बन्द गरी नेपालको रस्ता चलाई दिउला भन्ने अभिलाषा थियो’ । शायद रक्सौल काठमाण्डुको बाटो संगसंगै महेन्द्रले खोेलेको कोदार िराजमार्ग आङ्खनो पुर्खाको यह िअभिलाषा पुरा गनेृ प्रयत्न थियो कि भन्न सकिन्छ । 
यो आलेख उनका केही आर्थिक सोचका बारेमा सामान्य नागरिकको बुझाईको रुपमा प्रस्तुत गर्ने प्रयत्न हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने कुरा होस वा व्यापार पनि स्वदेश िकै हातमा रहोस भन्ने प्रयत्न होस त्यस वारेमा अनेकौ अबसरमा, अनगिन्ति भाषणहरुमा आलोचना वा समर्थनमा भएका कयौ बहसमा प्रसस्त आएका छन । आर्थिक बिषयमा यो दिव्य उपदेशमा उल्लेखित दुई बुँदाको बारेमा भने कसैले ध्यान दिन उपयुक्त सम्झेको पाइन्न । यी दुई बुँदा हुन टक्सार चोखो चलाउनु र अदालतको पैसा दरवारभित्र नहुल्नु । झलक्क हेर्दा यी दुवै बुँदाको खासै महत्व छैन जस्तो भान पनि पर्न सक्छ । यी दुबै कुराले शास्त्रिय अर्थजगतमा महत्व नदिए पनि व्यबहारिक अर्थ प्रणलीमा भने महत्व राख्छ । टक्सार चोखो चलाउनु भनेको अर्थ नै आङ्खनो मुद्राको अबमूल्यन हुन नदिनु भन्ने हो अनि अदालतकोे पैसा दरवार नहुल्नु भनेको नै दण्ड वा जरिवानालाई राजश्वको श्रोत नबनाउनु भन्ने हो ।
मुद्राको अबमूल्यन शास्त्रिय अर्थतन्त्रमा सकारात्मक संकेतको रुपमा लिने गरिन्छ । शायद यसैको प्रभाव होला करिव दुई अढाई दशक पहिले अमेरिकन डलर नेपाली दश रुपैयाको बरावरी जस्तो थियो । जो वर्तमानमा सय रुपैयाँको हाराहारी कायम छ । यसरी दस गुनाले नेपाली मुद्रामा अबमूल्यन हुँदा नेपाल आर्थिकरुपले कति बलियो भयो यसमा राजनैतिक दलका आस्थावान अर्थशास्त्रीहरुले अनेकौ तर्क देलान, सर्वसाधारणको कोणबाट हेर्दा त्यो वेलामा जति श्रम, मेहेनत वा उद्यमले जुनस्तरमा जीवनयापन गर्न सकिन्थ्यो अहिले त्यहि स्तरको जीवनयापन गर्न कयौ गुना ज्यादा श्रम, मेहेनत वा उद्यम आबश्यक परेको तितो तथ्य हो । धनी र गरिवको अनुपात खासै फरक नपरे पनि धनी र गरिव विचको अन्तर भने विकरालरुपले ठुलो हुदै गएको कुरा नकार्न सजिलो छैन । फेरी अमेरिकाको मुद्रा त बलियो भएको छ, तर अढाई दशकको अमेरिका र वर्तमान अमेरिकामा कुन ज्यादा उन्नत छ भन्ने कुराको उत्तरमा नै यो बुँदाको सार्थकता छ । टक्सार चोखो चलाउदा वा मुद्राको अबमूल्यन हुन नदिदा जनताको प्रगती हुन्छ ।
हरेक व्यक्ति आङ्खनो कमाईमा निरंतर उन्नती चाहान्छ, त्यसैको निमित्त उ हमेशा प्रयत्नशिल पनि हुन्छ । यही कुरा राज्यको हकमा पनि लागु हुन्छ, राजश्व वृद्धिको उपाय राज्यले हमेशा खोज्नु पर्ने हुन्छ । राजश्वका हरेक शिर्षक अन्तरगत हुने राजश्वमा वृद्धि ल्याउने प्रयत्न गर्नु राज्यको काम नै हो । त्यस जमानामा पैसा दरवार हुल्नु भनेको वर्तमानमा राजश्वमा ल्याउनु हो । अदालतको दण्ड जरिवानालाई राजश्व शिर्षक बनाएको वर्तमानमा राजश्व वृद्धिको निमित्त दण्ड जरिवानाबाट प्राप्त हुने रकम वुद्धि गर्नु भनेको के अर्थ हुन्छ त्यसको निमित्त घोरिनु पर्ने आवश्यकता नै छैन । त्यसैले अदालतको पैसालाई राजश्व भन्दा अलग राख्नु नै अपराधमुक्त समाज बनाउने तिरको यात्रा हो भन्ने कुरा विवादस्पद हुन्छ र ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper