banner
banner

सरकार किन संविधान विपरीत काम गर्दैछ ?

प्रेम सागर पौडेल -
मेरो प्रश्न छ– सरकार किन संविधान र कानुन विपरीत काम गर्दैछ ?
प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ४ मा फौजदारी मुद्दामा अदालतको अन्तिम फैसला नआएसम्म कैदमा बसेका व्यक्तिको सांसद पद स्वतः निलम्बन हुने उल्लेख छ । त्यस्तै प्रतिनिधिसभा नियमावली २४४ को उपनियम ३ मा नैतिक पतन देखिने मुद्दामा थुनामा रहेका सदस्यले सांसदको हैसियतमा काम गर्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ । रेशम चौधरीमाथि टीकापुर घटनाको मुख्य योजनाकार भएको दाबीसहितको मुद्दा अदालतमा विचाराधीन छ । सरकार र सभामुख उनलाई सांसदको दर्जा दिने ?
यसरी स्वेच्छाचारीता बढ्नुको पछाडिको मुख्य कारण जिम्मेवार प्रतिपक्ष नहुनु हो । जिम्मेवार प्रतिपक्षको रिक्तस्थान सर्वसाधारण जनताले लिन थालेको सामाजिक सञ्जालमा ब्यक्त विचारले देखाएको छ । जनआक्रोश बढ्न थालेपछि सिर्जना हुने अस्थिरतालाई नियन्त्रण गर्न निकै ठूलो सामथ्र्य चाहिन्छ । सम्बन्धित सबै जिम्मेवार बनौं र देश तथा जनताको हितका पक्षमा सगरमाथा झैं खडा होऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper