banner
banner

जंगे जन्मनै प-यो

काठमाडौं । सरकार विकास गरेको मजाक गर्छ । सरकार आफै भन्छ– बजेटको १० प्रतिशत पनि खर्च भएन ।
सबै नक्कली छन्, डाक्टर, इन्जिनियर, माष्टर, पिउने पानी पनि नक्कली छ । तथानाम बुद्धिजीवी छन् । राजा महेन्द्र, वीरेन्द्रको नाम सुन्नासाथ टाउको बटार्नेहरुले राम्रो काम गरेर देखाउनु प¥यो नि । भ्रष्टाचारबाहेक के गरे ?
यो कम्युनिष्ट सरकार भनेको बोकालाई हात्तीको भारी बोकाएजस्तो भएको छ । जनताले पत्याएकै हुन्, खोइृ विकास, शान्ति, समानता, सुरक्षा ?
कम्युनिष्टहरुले भ्रमजाल फिजाएर र भ्रम छरेर यो देशलाई नयाँ पागलखाना बनाउँदै छन् । ज्यानमाराको धाकले यो मुलुक नरहने भयो ।
यो मुलुक बचाउन, बनाउन एउटा जंगबहादुर त जन्मनै प¥यो ।
यसै भन्छन्– राप्रपा प्रजातान्त्रिकका नेता केशरबहादुर बिष्ट । स्पष्ट बक्ताका रुपमा चिनिने केशरबहादुर बिष्टको यो मूल्याङ्कन, सरकारको नीति र नियति तथा पूर्वराजाको भ्रमणमा देखिएको जनाकर्षणले परिवर्तनको स्पष्ट संकेत चाहिं दिएको छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper