banner
banner

शासन भनेको लुट्नु नै हो ?

प्रा.डा.खेम कोइराला बन्धु -
सोच्छु, आजसम्म वितेका राम्रा नराम्रा क्षणहरु र आजलाई भविष्यको बारेमा तर्कना । लाग्छ, मेरो खोजले तिब्रता र गहिराई पाएमा उपयुक्त समाधान निस्किन्छ । लेख्न चाहन्छु । लेखेर हुँदैन केही आत्मसन्तोष मात्र । बुढा मरे भाषा सरे त छँदैछ । कलाकारको, लेखकको मूल ध्येय मानव जीवनमा विशुद्ध आनन्द र शान्तिको प्राप्ति । मानवीय जीवनमा बन्द कोठामा रमाइरहेका छौँ हामी । एउटा टुकी जीवनदीप निभ्छ, अवश्य तर त्यसलाई खोलेर वाहिरको वृहत विश्वतर्फ हेर्ने गर्देनौँँँ । एउटा मुक्तिपथ तर्फको यात्रा । कोठाको ढोका बन्द छ । धिप् धिप् गर्दैछ, टुकी कतिखेर तेल बन्द हुन्छ र बत्ती निभ्छ । जीवनको बत्ती कतिखेर निभ्छ । बन्द ढोका कतिबेर खुल्छ । टुकीको उज्यालोमा हामी भुलिराखेका छौँ । कोठाको सामान हेर्दैछौँ । बाहिरको संसार बुझ्दैनौँ । 
झुसिल कीराले आफूलाई जोगाउन खोज्छ । पुतलीले जन्म पाउँदैन । बीउले आफूलाई बचाउन खोज्यो भने विरुवाको अंकुरण कहाँ हुन्छ । वटवृक्ष कहाँ बन्छ ? 
यसरी नै म रमाइरहेको हुन्छु । सूर्यास्त हुँदा म रमाउँछु । चन्द्रमा उदाउँछ । कृष्ण पक्षमा मन धमिलो हुन्छ । पूर्णिमामा रमाइलो । प्रकृति कै नियम त हो । प्रकृति रमाइलो आकाशमा ताराहरुको खेल हेर्छु तर न समुद्रमा डुब्न खोज्छु न तारा मण्डलमा विलीन विलाउन म । समय भन्ने कल्पना हो । यसलाई मालिक बनाइन्छ । यो यथार्थ हो दास बनिन्छ । दिमागले धेरै कुरा गर्छ, धेरै कुरा गर्दैन । दिलको आवाज सुन्न कोही अपराधी बन्दैन । कसैलाई न्यायधीश चाहिँदैन । कतै पढेथेँ, यो जिन्दगीले खै के गरेछ । 
खाली अंशहरुमै आँखा गाडेछ । पूर्णलाई सम्झ नै छोडेछ । सभ्यताका कृत्रिम र यान्त्रिक बन्धनबाट मुक्ति र स्वतन्त्रतातर्फको मानवीय महाप्रस्थानको विन्दुतर्फको संकेत । 
अनन्तको पृष्ठभूमिमा जीवन मरण हेरौँ । महाकासको पृष्ठभूमिमा घटाकाशलाई हेरौँ । विचार रोकिएको बेला, चेतनालाई हेरौँ । पृष्ठभूमि पक्रेर विराटमा जाऔँ । दर्शनशास्त्र आफैँमा अनौठो छ । तर्कशास्त्र कति कुरा अन्तर्कित छन् । कति अनुमानीय, कति नियमित, कति आकस्मिक । जीवनलाई खोज, प्रकृतिमा पुग पूज । हेर त ब्राम्हमूर्त हेर सन्ध्याकाल । अखण्डमा खण्ड खण्डमा अखण्ड । प्रातकालीय सूर्य र सन्ध्याकालीन सूर्य । सूर्य त हो तर फरक छुट्याऊ । न भूल न भड्केका आँखा, हृदय मन र मस्तिष्क खुल्ला गर स्वीकार गर उषाकाललाई स्वीकार गर सन्ध्याकाललाई । म र तिमीको बीच भिन्नता । यो पानीलाई बाफ बनाएर हेर । बाफलाई पानी बनाएर हेर । हेरौँ मन र आत्माको मिलन एउटा कल्पना बेलुकाको घाम रुखको टुप्पामा पहेँलो । आकाश निलो र खाली । .....
आकाश फेरि खाली .... बादलको छिर्का पनि हराउँदै जाने । 
हेरिरहौँ बोध गरौँ, विशुद्ध बोधमा आनन्द छ । सबै विश्रान्त छ । पूर्ण छ, आहा विशुद्ध चैतन्य धन्य छ । सोच्छु, मेरो काम त पलपल बन्दै राम्ररी बाँच्ने हो । म एउटा समुद्रको छाल हुँ । म कहिल्यै आदि छ न अन्त्य छ । जीवन भोग र योगको एउटा प्रसंग यति भनौँ । 
डा.मोहन प्रसाद लोहनीको ‘कहाँ छ ठाउँ कविता संग्रह २०६८ एउटा आध्यात्मिक काव्य मधुधारद्वार परिचित कृति हो । यस कृतिले जीवनको अध्यात्म पक्षलाई परिचय गराउँछ । आजको व्यस्त जीवनमा पृथ्वी नै हाँके भनेर दम्भ गर्ने पनि कता हराउँछन् कता । अन्तर्चक्षुंको सहायताले ईश्वर वा ब्रह्माण्ड चलाउने शक्तिलाई प्रकृति कै विभिन्न रुपमा देख्न सकिन्छ भन्ने कविको विश्वास छ । प्रत्यक्ष दर्शनमा विश्वास गर्ने कवि शब्द र सिद्धान्तको जालमा फँसेर शास्त्रार्थमा जीवन खेर फाल्दैनन् । हाम्रो लक्ष्य ब्रह्माण्डलाई चलाउने शक्ति प्राप्त गर्ने हो । विशुद्ध चेतनाको न आदि छ न अन्त्य यो चेतना नै ब्रह्माण्डचक्षीं हो । यसमा सम्पूर्ण विश्व अटाउँछ । त्यसले हामीलाई विशुद्ध दिन्छ । चीर शान्ति दिन्छ । 
भ्रमण अत्यन्त रुचिको विषय भ्रमणको नाममा म यसै फुरुङ्ग हुन्छु । 
जीवन एउटा भ्रमणै हो । कालको काल अर्थात् समय जीवनयापनको एक यात्रा असिम कल्पना र यथार्थको सामिष्ण कलाकारणको लागि र जीवनभोक्ताको लागि । डा. भण्डारीले जीवन भोगे प्राध्यापक, उनी बुद्धिजीवि निर्भिक नडराउने कसैसँग । 
जीवन बादल जस्तै उड्छ सेतो, निलो, कालो । कुनै बादल गर्जन्छ, कुनै बर्सन्छ । बाल्यकालदेखि बृद्धकालसम्म सम्झन्छु । जीवन के ऋतु जस्तै परिवर्तन हुन्छ । 
कुनै ऋतुमा घाम नउदाए हुन्थ्यो जस्तो लाग्छ । कुनै ऋतुमा घाम नअस्ताए हुन्थ्यो जस्तो लाग्छ । हो, तर जीवनको यो अर्थात् स्वीकार गर्न मन लाग्दैन । यथार्थ जीवनको इतिहास हो । हेरौँ न रगत र नसा चले जस्तो जीवनमा । 
सोच्छु– म हिमप्रदेशमा बसेको एक घरमा छु । एक स्थान छ, एउटा प्रकाश छ । एक समय छ । 
ऋतु शरद, ऋतु बसन्त मीठा ऋतुहरु सत्यमा हिड्न पाऊँ, उज्यालोतर्फ फर्कौ नमरौँ एउटा सांगीतिक अनुशासन, एउटा कवितात्मक भावना, एउटा चित्रको कल्पना, पृथ्वी घुम्दैछ, सूर्य पनि आफ्नै क्रममा । यो मेरो घर पनि घुमिरहेको छ । म सधैँ मानवतावादी भएर प्रोफेसर छु । अनि मात्र राष्ट्रवादी अथवा यसो भनौँ एउटा चेतनाले भरेको मान्छे मानवता मै केन्द्रित हुन्छ । अरु त पछिका कुरा दक्षिणायन पश्चिमापनको कुरो देशमा भइरहन्छ । स्पष्ट शब्दमा भन्दा पश्चिमको कि दक्षिणको । दिन रातको भिन्नता छुट्याउँदैन । सूर्योदय र सूर्यास्त हेर्दैन । म चाहिँ हिमशिखरमा पुगेर आरामसँग घुम्न चाहन्छु । मौसमलाई अनुकूल बनाउँदै । मलाई घाम चाहिन्छ पानी पनि । सूर्योदय चाहिन्छ, चन्द्रोदय पनि । आराम त चाहियो नै । पेण्डराको बाकस एउटा उड्ने आशा एउटा विश्वास पृथ्वी मानिसको सभ्यताको इतिहासमा कुनै एक यथार्थ इतिहास छैन । इतिहास जीवनको दृष्टिकोण हो । प्रेम गर निरर्थक नहिँड, पाप नगर जीवनमा सुख हुनेहरु सुख र दुःख हुनेहरु दुःख सम्झन्छन् । अचम्मको कुरा छ । जीवनमा कति दुःख सुखपूर्ण हुन्छन् । कति सुख दुःखपूर्ण हुन्छन् । तिमी बाँच्छौँ, गधा भएर अथवा गोरु भएर । चरो भएर उड्नुको मजा अथवा गाईको पूजिने अवस्था .... । मर्न सजिलो छैन । कृष्ण र भीष्मकै मर्ने अधिकारको प्रपञ्चमा । ईश्वर छ कि छैन भन्दिन तर, ईश्वरका नाम लिइरहन्छु । प्रकृतिलाई म ईश्वर भन्छु । प्रकृतिलाई मान्छेले जितेको छ । होइन, प्रकृति सधैँ नै मान्छेसँग हारेको छ । हारिरहन्छ । 
यी पक्ष आफ्नै भए, सजिलै अनुमान लगाउन सकिएमा, तर भ्रष्टहरुको अवैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ । भ्रष्टाचारका कारण अस्वभाविक र आश्चर्यजनक रुपमा अघाइ सम्पत्तिका मालिकहरुको जन्म भइरहेको छ । नेपाल भने अति विपन्न मुलुकहरुको सूचिमा पर्दै आएको छ । राणा शासन होस् अथवा पञ्चायत अनि संसदीय व्यवस्था होस् या लोकतन्त्र हाम्रा शासकहरुको मुलभूत उद्देश्य राज्यकोष लुट््नु मै केन्द्रित रहेको छ । 
यता आएर हाम्रा शासकहरु अझ बढी लुटमा नै केन्द्रित छन् । लाग्छ शासन भनेको लुट्नु नै हो कि क्या हो ? जनतालाई सत्ताको उन्मादले सताउनु अनि आफू र आफन्तहरुलाई सातपुस्ता पु¥याउन कमाउनु । ...

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper