banner
banner

भोलिको नेपाल कांग्रेसले हाँक्छ

प्रा.डा..दुर्गा दाहाल -
भोलीको नेपाल पनि नेपाली कांग्रेसले नै हा“क्ने हो तर नेपाली जनताले धार्मिक स्वतन्त्रता चाहेका छन्, धर्म निरपेक्षता हैन । निकै उथल–पुथल र ज्वारभाटाको बिचबाट नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भयो । महासमिति बैठकमा जे हुनु पर्ने थियो, त्यही भयो । विचारहरू आए, परामर्श भयो । तर पनि महासमितिका सहभागी हरूको बहुमत र नेपाली जनताको भावना प्रतिबिम्बित हुन सकेन । 
भोलीको नेपालको प्रतिनिधित्व र नेतृत्व पनि नेपाली कांग्रेसले नै गर्नु पर्छ जुन आशा, अभिलाषा र अपेक्षा नेपाली जनता र मतदाताले गरेका छन । अद्यपरिमित नेपाली कांग्रेसको विकल्प नेपाली जनताले देखेका छैनन् । तर, नेपाली कांग्रेसले एकोहोरो धर्र्मिनरपेक्षताकै पक्षमा सुगा रटाई गर्नुपर्ने आवश्यकता र अनिवार्यता यो पंक्तिकारले बुझ्न सकेन । 
यद्यपि यो लेखक पनि हिन्दुधर्मको प्रचारक, पृष्ठपोषक अथवा पैरवीकर्ता हैन, अपितु मानवधर्मी हो । सबै धर्म, वर्ण र सम्प्रदायप्रति समान आस्था र विश्वास राख्दै मन्दिर, चर्च, मस्जिद, गुरूद्वारा लगायत विभिन्न धार्मिक केन्द्रहरूमा गई मानवताको पक्षमा आराधना र उपासना गर्छ । अतः धार्मिक भन्दा पनि आध्यात्मिक हुन मन पराउ“छ । 
तर, नेपालको परिप्रेक्ष्यमा नेपाललाई प्रशस्त धार्मिक स्वतन्त्रता सहितको बौद्ध दर्शनबाट प्रभावित भएको हिन्दुधर्मको पक्षमा आफ्नो विचार र धारणा राख्न चाहन्छ । धर्म भनेको केवल कर्मकाण्ड मात्रै हैन बरू जीवन पद्धति पनि हो । नेपालीहरूको विचार, आस्था, जीवन प्रणाली, आचार संहिता, सभ्यता र संस्कृतिलाई पहिचान गराउने यो वैदिक संस्कार र सभ्यता हो । 
सहिष्णुता, अनुशासन, अनुशीलन र अनुकरणका विविध सुन्दर पक्षहरूलाई अवलम्बन गर्ने र गर्न लगाउने यो हिन्दु धर्म सिन्धु नदीको सभ्यता र संस्कृतिलाई लिएर सदियौं देखिको हामी नेपाली हरूको परिचायक बनेर आएको छ । यद्यपि कतिपय धर्मान्धहरूले आफ्नो व्यक्तिगत र पूजारीगत सीमित  स्वार्थका लागि  यो धर्मलाई बङ्ग्याउने प्रयास नगरेका हैनन् तर वस्तुगत रूपमा हिन्दुधर्म संसारकै सर्वोच्च र सुन्दरतम दर्शनमा आधारित संस्कार हो । यो कुनै निर्दिष्ट जातको  धर्म नभएर समग्र मानवजातिकै उत्थानको शास्त्र पनि हो । 
हरेक नेपालीहरूले विश्वकै एकमात्र हिन्दु राष्ट्रको नागरिक हुन पाउ“दा गौरन्वावित हुनुपर्छ । 
यो चिनारीले नेपाललाई विश्व सामु चिनाउन र पर्यटकीय दृष्टिकोणले नेपालको आन्तरिक र वाह्य पर्यटनलाई उत्साहित बनाउ“दै राजस्व संकलनमा ठुलो मद्दत पुग्छ । हिन्दु धर्मावलम्बीहरूले नेपालका अन्य धर्मावलम्बीहरूलाई अनादर र घृणाको दृष्टिकोणले कहिलै हेरेका छैनन् । र, अन्य धर्मावलम्बीहरूले पनि सदैव हिन्दु धर्मावलम्बीहरूलाई आदरभावले हेर्दै आएका छन् । धर्मको नाममा संविधान लागु हुनु पूर्व कहिल्यै कुनै झै–झगडा र मारपीट सुनिएको थिएन बरू अहिले आएर विवादहरू आएका छन् ।
नेपाललाई विश्व सामु राम्रोस“ग चिनाउने हिन्दु धर्म, सभ्यता र संस्कृतिनै हो र हो, बुद्ध दर्शन । नेपालको दरिद्र र फोहोरी राजनीतिले त हामीलाई दुर्गन्धयुक्त र बदनाम बनाइरहेको छ । 
बुद्ध दर्शनबाट दीक्षित र शिक्षित भएर विश्वले धेरै कुराहरू सिक्यो । हिन्दु धर्ममा व्यापक अनुसन्धान गरेर पश्चिमेलीहरू पूर्वीय दर्शन र विधिबाट आफ्नो जीवन पद्धतिलाई पुनर्र्भािषत गर्न थाले तर हामी विपरीत दिशामा विनाशतर्फ लम्कि रहेका छौं ।
आज हामी नेपालीहरूको परिचयनै हाम्रो धर्म, भाषा, साहित्य– संस्कृति, कला– कौशल, वीरता र प्रतिवद्धता हो । हाम्रा सगरमाथा, लुम्बिनी र बुद्ध हुन् । हाम्रा सम्पदाहरू, धर्म, सभ्यता र संस्कृतिहरू, तीर्थस्थलहरू , ऋषि–मुनिहरू, पृथ्वी नारायण शाह,  महाकवि लक्ष्मी प्रसाद देवकोटा, पुष्पलाल प्रधान लगायत राष्ट्रिय वैभव र विभूतिहरू हुन् तर यी सबै विषय र सन्दर्भहरूलाई तिलाञ्जलि दिएर नेपाली कांग्रेस र अन्य दलका नेताहरूले के गर्न खेजेका हुन्, यो नेपाली तन र मनले बुझ्न सकिरहेको छैन ।
तसर्थ, म आजका अगुवा नेता भनाउ“दाहरूलाई सविनय निवेदन र विनम्रतापूर्वक जिज्ञासा राख्न चाहन्छु–
१. तिमीहरूलाई जनईच्छा र लोकचाहना विपरीत नेपाललाई धर्म निरपेक्ष बनाउने अधिकार र जनादेश कसले र कहिले दियो ? 
२.  यदि अन्तर्र्नििहत जनचाहना छ भने, जनमतमा जान के को डर छ ?
३. धर्म निरपेक्ष भएर नेपाली जनताले पाउने लाभ, हित र उपलब्धिहरू के के हुन् ? 
४. कुनै फारममा तिम्रो धर्म के हो भन्दा के लेख्छौ ? धर्म निरपेक्ष ???
५. धर्म निरपेक्षता भनेको के हो ? सापेक्ष कि विपक्ष ? धर्र्मिनरपेक्षता भनेको पेण्डुलमको अवस्थिति हैन र ? 
६. अब नेपाल दीर्घकालसम्म पेण्डुलम भएर बस्ने अनि अन्य कुनै राष्ट्रमा विलीन हुने हो ? 
७. कुनै पनि राष्ट्रलाई चिनाउने त्यस राष्ट्रको धर्म, भाषा, साहित्य, संस्कृति, वैभव र विभूति हैनन् र ? 
८. नेपाल राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको शालिक भत्काउने आदेश कसले दियो तिमीहरूलाई ?
९. अन्त्यमा, नेपाली जनता, मतदाता, कार्यकर्ता र नेपाली कांग्रेसका महामंत्री लगायत महाधिवेशनका बहुसंख्यक प्रतिनिधिहरूले हिन्दु राष्ट्रको मा“ग गरिरह“दा तिमीहरूले किर्न धर्म्नरपेक्षता नै रोज्यो ? क–कस्को नून खाएका छौ ? 
साम्प्रतिक राजनीति गलत दिशातर्फ उन्मुख छ । नेपालीहरूलाई क्रमशः कमजोर बनाई भाषा, धर्म, कला रसंस्कृतिमाथि आक्रमण गरि नजानिंदो पाराले नेपालीहरूलाई निष्तेज बनाउने आन्तरिक र वाह्य खेलहरू भइरहेका छन् र अहिलेको राजनैतिक नेतृत्ववर्ग फस्दै गएको छ ।
वर्तमान सरकार लाचार र शिथिलप्रायः छ । बलिवूड मूभीमा उतिखेर अमरेश पूरी फिल्मको उत्तरार्धमा विनाशकाल तर्फ उन्मुख हु“दा हुंकारिए झैं अहिलेको सरकार हुंकार लगाउ“दै छ तर योजना लथालिंग छ । व्याप्त भ्रष्टाचार, व्यभिचार, अत्याचार र बलात्कारले देश अभिषप्त छ ।
अतः आगामी दिनहरूमा चारतारे अंकित नेपालको एकमात्र  प्रजातांत्रिक पार्टी नेपाली कांग्रेसप्रति नै नेपाली जनता, कार्यकर्ता र मतदाताको आस्था र विश्वास छ तर उसले पनि दम्भ र आत्मरति त्यागी अबको निकट भविष्यको महाधिवेशनमा जनताको भावना र चाहनालाई मुखरित गर्न सक्नुपर्छ ।
वीथ बीआरटी नेपाल  मगचनबमबजबढिढढढ२नmबष्।िअयm

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper