banner
banner

भा“ड राजनीति कहिलेसम्म ?

अविनाथ योगी -
अविनाथ योगी ः सच्चा देशभक्त देशलाई के योगदान दिन सकिन्छ त्यो दिने मनोकामना राखेर बा“चेको हुन्छ । 
२००७ साल देखि आजसम्म नेपाल र नेपाली जनताको नाम भजाउ“दै राजनीति गर्नेहरुले आफ्नो उत्थान गर्नु बाहेक, कष्ट्कर जीवन बा“चेका जनताका लागि ठोस प्रकारको देखिने कुनै पनि काम गरेनन्, गर्न सोचेनन् पनि ।
७० बर्ष सम्म यो वा त्यो ब्यवस्थाको बकवास गर्दै नेपाल राष्ट्र कमजोर बनाउने दिल्लीको ग्राईन्ड डिजाईन अन्तर्गतको मिशनमा काम गर्ने राजनीतिक आबरणका मान्छेहरुले नेपाल राष्ट्र र नेपाली जनताको शिर आज जति झुकाएका छन्  । २०४६ भन्दा अगाडि यसरी झुक्न परेको थिएन । यो त सराप युग हुनपुग्यो ।
प्रजातन्त्र सबैथोक थियो र हो भने २०४६ सालको आन्दोलनले प्रजातन्त्र स्थापना गरिसकेको थियो । एक दशक लामो हिंसात्मक युद्ध लड्नु पर्नै त्यस्तो कुनै बाध्यता थिएन । त्यो हिंसात्मक युद्धको डिजाईन, सुरुवात र अन्त्य गर्दा सम्म पदा पछाडी को थियो भन्ने कुरा जगतले बुझेको छ । भारतको इसारामा धेरै नाचे नेता ।
राष्ट्रको रक्षाका लागि काम गर्ने राजंसस्था मात्र रहेछन् । यो अन्धभक्तिको उपज होइन । विगत १३ वर्षमा जे देखियो, त्यो यही सत्य हो । जनताले भोगेको देखेको यथार्थ पनि यही हो । त्यो खोतल्नु र जनसमक्ष ल्याउनु मेरा लागि महत्वपूर्ण बिषय हो । हाम्रा नेताहरु देशका लागि भा“ड राजनीतिमात्र गर्ने रहेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper