banner
banner

समर्थन किन गर्ने ?

प्रेम सागर पौडेल –
यो ब्यवस्था हामी जनता र देशको विपक्षमा क्षेत्रीय स्थिरता र शान्ति खल्बल्याउने दुष्ट प्रयास गर्दै साम्राज्यवादीको दलालीमा नाङ्गो रुपमा लागेको देखिन थालेको छ । सतहमा देखिएका र निकट भविष्यमा देखिने काला दृश्यले नेपालको सार्वभौमसत्ता अखण्डता एकतालाई नराम्रोसँग प्रभावित पार्ने छ । सम्भावित खतरालाई रोक्न र क्षेत्रीय स्थिरता तथा शान्ति कायम गर्न पछिल्लोपटक प्रम केपी ओलीको चीन भ्रमणका समय स्पष्ट शब्दमा चीनका राष्ट्रपति सीले भनेको ‘चीन नेपालको अखण्डता सार्वभौमसत्ता र स्वतन्त्रताको पक्षमा छ ।...’ ब्यवहारमा देख्न देशभक्त नेपाली जनता आतुर छन् । क्षेत्रीय स्थिरता अखण्डता र स्वतन्त्रता कायम गर्नका लागि चीनको अभिभावकीय भूमिका अपरिहार्य छ । चीनले ग्रेटर नेपाल र राजालाई पुनस्थापित गर्ने अजेण्डालाई समर्थन गर्नुपर्छ । यसबाट क्षेत्रीय स्थिरता र नेपाललाई चीन विरोधीको अखडा बन्नबाट बचाउन सकिन्छ । पूर्वीय सभ्यताको निरन्तरताबाट मानवजीवन शान्त, सुमधुर, समृद्ध र विश्वभातृत्वका पक्षमा उपलब्धि हासिल गर्न सकिन्छ । अझ महत्वपूर्ण विश्वको नेतृत्व एसियाको पोल्टामा ल्याउन सकिन्छ । 
राजकीय अधिकारको दुरुपयोग गरेर चरम भ्रष्टाचार, गुटबन्दीमा रमाइरहेका तथाकथित नेताहरूबाट हामी देशभक्त नेपालीले न्याय सम्मान र सुरक्षा पाउन नसक्ने स्पष्ट हुँदैछ । बाह्र बर्षअघि हामीले दिएको निवेदनमाथि सुनुवाइ हुँदैन र अरुले रीसईवी साध्न गरेको नाङ्गो षड्यन्त्रलाई संरक्षण गर्दै प्रहरी परिचालन गरेर प्रमाण लुटेर झुठा मुद्दा लगाएर सास्ती दिने यो पश्चिमाको दलाल सरकारलाई हामीले समर्थन गरिरहनु आवश्यक छैन ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper