banner
banner

प्रवुद्ध बर्गकै बेइजत भयो

अधिवक्ता शिव सिग्देल -
नेपाल र भारतका प्रधानमन्त्रीले प्रवुद्ध समूह गठन गरे, तिनले दुई वर्ष लगाएर रिपोर्ट पनि तैयार गरे । तिनको म्याद समाप्त भएर नेपालका प्रवुद्ध मानिएका पुराना कांग्रेसी, अहिलेका नेकपा निकट, भारतले रुचाएका निलाम्बर आचार्य त भारतकै लागि राजदूत समेत नियुक्त भइसके । रिपोर्टमा के लेखेबापत उनले यो पुरस्कार पाएका हुन् ? यो पनि चर्चा व्याप्त रहेको छ । प्रवुद्ध बर्गले तैयार पारेको रिपोर्टमा के छ ? रिपोर्ट कस्तो छ ? कर तिर्ने जनताले थाहा पाएका छैनन् ।
हल्ला चलेको छ, १८८० किलोमिटर लामो खुला सिमानालाई स्मार्ट बोर्डर बनाउनु पर्ने कुरा लेखिएको छ रे । स्मार्ट अर्थात परिचयपत्र वा कुनै तरिकाले आवत जावत गर्नेको तथ्याङक राख्ने । भारत खुला सिमाना बन्द गर्न अथवा नियमन गर्न चाहदैन रे ।
दुबै देशका प्रधानमन्त्रीले गठन गरेको प्रवुद्ध समूहको रिपोर्टमा भारतका नोकरशाहीले आपत्ति जनायो रे । त्यही कारण दुबै देशका प्रधानमन्त्रीले त्यो रिापेर्ट बुझ्ने हिम्मत गरेनन्,। प्रवुद्ध बर्गकै बेइज्जत भइरहेछ ।
भनिन्छ, त्यो रिपोर्ट यतिखेर दिल्लीमा अध्ययन भइरहेको छ र कतिपय रिपोर्टका बुँदामा परिवर्तनका लागि नेपालमाथि दबाब परिरहेको छ । भारतको सिआइडी र कर्मचारीतन्त्रले कतिपय प्रावधान हटाउन अथवा भारतले चाहेजसरी संशोधन गरेमात्र भारतका प्रधानमन्त्रीले यो रिपोर्ट बुझ्ने जनाउ दिएको छ । नेपालका प्रधानमन्त्री त भारतका प्रधानमन्त्रीको पछि पछि लाग्ने व्यक्ति जो ठहरिए । नेपालले प्रवुद्धको रिपोर्ट बुझौं सम्म भन्न सकेन, दुई तिहाईको फुइँकीको हालत यस्तो ?
नेपाली पक्ष चुपचाप छ । २ करोड खर्च गरेर २ वर्षमा तैयार पारेको रिपोर्टले पनि १९५० को सन्धि परिवर्तन र नेपाल भारतवीचका समस्या न्यूनिकरण गर्ने कुनै छाँट देखाएन । यसमा सबैभन्दा कमजोरी नेपाली पक्षको छ, नेपाल सरकारको मौनता गैरजिम्मेवार छ, नेपालले भारतलाई रिपोर्ट नबुझ्ने भए किन प्रवुद्ध बर्ग गठन गरेर अध्ययन गराएको सम्म पनि भन्न सकेन ।
नेपालको तर्फबाट डा.भेषवहादुर थापा, नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा.राजन भट्टराई प्रवुद्धमा छानिएका थिए । भारतले भगतसिंह कोसियारी, प्राध्यापक महेन्द्र पी लामा, बीसी उप्रेती र जयन्त प्रसाद छानेको थियो । यी आठैजनाको मुखबाट रिपोर्टबारे कुनै शव्द निस्किरहेको छैन ।
मोदीले यो रिपोर्ट बुझ्न किन मानेनन्, यति कुरा नेपालले सोध्नैपथ्र्यो र जनतालाई सुसूचित गराउनु पथ्र्यो ।
भारत कुनै हालतमा सीमा व्यवस्थित गर्न चाहदैन । उसको ध्येय नेपाल कव्जा जमाउने नै छ, मधेसलाई भारतमा मिलाउने नै छ । यहीकारण १९५० को सन्धि फेर्न र सीमा व्यवस्थित गर्न चाहदेन । स्मार्ट बोर्डर नेपालको खाँचो हो, नेपालले तात्नुपर्छ ।
ना

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper