banner
banner

प्रदीप ज्ञवालीबारे अर्जुन ज्ञवाली

अर्जुन ज्ञवाली, कम्युनिष्टबारे जानकारी व्यक्तित्व । उनले लेखेका छन्– मुन दम्पत्तिको शुक्रकिट होली वाइनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको पतन भयो ।
वल्र्ड क्रिस्चियन संस्था अन्तर्गतको एशिया प्यासिफिक समिट २०१८ मा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले होली वाइन कार्यपत्र प्रस्तुत गरेर पश्चिमा क्रिस्चियन साम्राज्यवादको रक्षार्थ नङ्न रुपमा उत्रिएका छन् । यस संस्थाले सन् १९९० मा सोभियत संघ विघटन गर्न खेलेको भूमिका, कम्युनिष्टहरुलाई जन्मजात शत्रु भन्दै खुल्ला रुपमा आएको छ । यस संस्थाका संस्थापक डा. सन् म्योङ मुन हतियार तस्करीका माफिया हुन् । उत्तर कोरियामा जन्मिएका उनी दक्षिण कोरियाको लागि जासुसी गरेको हुँदा पाँच वर्ष जेल परेका राष्ट्रद्रोही हुन् । सिआइएको डिजाइनमा सिआइएका विज्ञहरुले त्जभ मष्खष्लभ या एचष्लअष्उभि नामक बाइबल लेखी यो संस्थाको स्थापना सन् १९५४ मा भएको थियो । यस संस्थाले चीन विरोधी कार्य गर्नुका साथै कम्फूसियस, तावो, बौद्ध र आदिवासी जनजाती धर्म, संस्कृति, परम्परा, इतिहासलाई नष्ट गर्ने यसको मूल ध्येय रहेको छ । यस्तो घृणित संस्थाको कार्यक्रमका कार्यपत्र प्रस्तोता परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपालको कम्युनिष्ट आन्दोलनका कलंक हुन् । गण्डकी महाम्यदेखि बराह पुराणसम्म प्रशिद्ध हिन्दू धर्मावलम्बीको धार्मिक क्षेत्र रुरुको एरियामा जन्मिएका प्रदीप ज्ञवालीले मुन र मुनकी श्रीमतीको विर्य डिम्ब मिसाएको होली वाइन पान र अभिषेक गर्दै सिंगो गुल्मीवासी, रुरु क्षेत्रका मतदाताको अपमान गरेका छन् । शिव देश हिमालयको घोर अपमान गर्ने यस्ताले हाम्रो शक्तिलाई कदापी नास्न सक्दैनन् । यिनीहरु आफै सर्वनाश हुनेछन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper