banner
banner

राजसंस्था खड्कियो त ?

yogi abinaath- मलाई आशा र भरोसा यो छ की, नेपाल र नेपालीको रक्षा गर्ने दायित्व राजसंस्था र राजाको नै रहेछ । राजा र राजसस्थालाई धम्काएर वा खुशी बनाएर मैले र मेरो सन्तानले यो राष्ट्रमा कुनै महत्वपूर्ण पद, प्रतिष्ठाको जीवन बाँच्न पाएको हुनाले समर्थन गर्दै गरेको र गर्नुहोस् भनेर अपिल गरेको पनि होईन ।
शाहबंशले अगुवाई गरेर हाम्रा पुर्खाहरुका सहयोगमा यो राष्ट्रको निर्माण गर्दा समाजवाद, माक्र्सवाद अज्ञात थियो । त्यो समयमा राष्ट्र निर्माणका लागि जुन बाद अबलम्बन गरियो, त्यही प्रजातान्त्रिक मानियो । राष्ट्रवाद त्यही थियो ।
आज देश संकटमा परेको छ र नेपाली जनताको जीवन धर्म संकटमा परेकोछ । यस्तो अबस्थामा सबै बादका अनुयायी जो आफैले सृजना गरेका बादबिवादमा फसेका छन्, उनीहरुको समेत  राजनीतिक जिवन सुरक्षित राखेर देशलाई जोगाउने दायित्व नेपालको राजसंस्था र राजाबादीकै होजस्तो लाग्छ । 
राजा सबैको साझा हुँदा हुँदै पनि दुनियाँका दु:ख उठाउन नजान्दा, सल्लाहकारको गलत सुझावले राजसंस्था र राजालाई नचाहिँदो समस्या आयो ।
अब बिगतका सबै कमी कमजोरिलाई समीक्षा गरेर नेपाल र नेपालीलाई आफ्नै परिवार ठानेर साथमा लैजान सक्नुपर्छ, यसको विकल्प देखिदैन ।
किनकि १३ वर्षसम्म राजनीतिक नेताहरुले जे गरे, त्यो आफ्नो हितका लागि मात्र गरे, देश र जनताका लागि माखो पनि मारेनन् । देशका लागि, राष्ट्रिय एकताका लागि अव राजसंस्थाबाहेक अर्को उपाय देखिदैन ।
राजपरिवार, राष्ट्र र नेपाली जनताको त्यसैमा कल्याण छ ।
यो कुरा म भाबनाको बसिभुत भएर भनिरहेको छैन । देशको रक्षा र नेपाली जनताको जीवन रक्षाको सवालमा मेरो आत्माले यो भन्दा अर्को बिकल्प देखि रहेको छैन । मजस्ता लाखौं जनताले पहिले कै अवस्था ठीक भन्न थालेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper