banner
banner

सुगत फालेर डकार्ने मेलो

 शिव सिग्देल -
        लेखा समितिले वाइड बडी जहाज किन्दा भ्रष्टाचार भएकै हो भनिसक्यो । प्रमाणहरुले पनि ६ अर्व घोटाला भएको देखाएको छ । महालेखाले रिपोर्टमै सार्वजनिक खरिद नियमावली मिचेको बताएर भ्रष्टाचारको पोलखोल गरिसकेको सन्दर्भमा पनि यति ठूलो भ्रष्टाचार प्रकरणमा विशेष छानबिन हुनसकेको छैन ।
    प्रतिपक्षको मसिनो बिरोधले जहाज खरिद काण्डमा सत्तापक्षसँग मिलेर प्रतिपक्षीले पनि कमिशन खाएको आशंका सबैले गरिरहेका छन् । तैपनि यो प्रकरणमा बिर्को लगाउन सत्तापक्ष हरतरिकाले प्रयास गरिरहेको देखिदैछ ।
    अव सत्तापक्षका सांसदहरुलाई पार्टीले महाप्रवन्धक सुगतरत्न कंसाकारलाई राजीनामा दिन सल्लाह दिइरहेका छन् । पदमा बसेर भ्रष्टाचार गर्ने, अनि राजीनामा दिएर ६ अर्वको भ्रष्टाचार राफसाफ गर्ने कस्तो विधिको शासन ?
    पदमा बसेर भ्रष्टाचार गर्नेलाई राजीनामा दिएर भ्रष्टाचारको छानबिनमा कुनै मद्दत पुग्दैन । जो भ्रष्टाचारमा मुछिएका छन्, उनलाई खरी घसेर बयान लिनुपर्छ र सबै कागजपत्र, खरिद गर्दा गरिएका जालझेल छोडाएर अनुसन्धान गर्नुपर्छ । जोसुकैले कमिशन खाएको होस्, उसलाई सार्वजनिक गर्न सकिएन भने यस्ता भ्रष्टाचार काण्डहरु झन झन बढेर जानेछन् ।
    त्यसो त नेकपाको सरकार अपराधी, भ्रष्ट जोगाउने र अधिनायकत्व चलाउने चरीत्रको छ । जसले राजनीतिक दबाब दिएर जहाज खरिदमा ६ अर्व कमिशन भाग शान्ति जय नेपाल गरेका छन्, ती नेता कुन कुन हुन्, कर्मचारी  मिलेमतो कसकसको छ, सबै करदाता जनताले थाहा पाउनुपर्छ । अव भ्रष्टाचार छोप्नु देशघात गर्नु हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper