banner
banner

भारतसँगै हतियार किन किन्ने ?

    काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक संगठनभित्रका भ्रष्टतत्वमाथि कारवाही, कोर्टमार्सलसम्म गर्ने आदेश दिएर स्वावासी कमाइरहेका बेलामा हतियार भारतबाट खरिद गर्ने निर्णय गरेको समाचार आएको छ ।
    भारतबाट खरिद गरिने भारतीय हतियार अध्याधुनिक हुन् कि होइनन् ?  नेपालका लागि आवश्यक पर्ने खालका छन् कि छैनन् ? भारतबाटै खरिद गर्नुको कारण के हो ? १९५० को सन्धि खारेज गर्न र सीमा नियमन गर्न भारतले नमानेर प्रवुद्ध बर्गले तैयार पारेको रिपोर्टसमेत बुझ्न भारत नमानिरहेको बेलामा भारतबाटै हतियार किन्ने निर्णय कतिसम्म स्वाधीनतापूर्ण हुनेछ ? यी यस्ता प्रश्न हुन्, जसलाई नेपाली सेनाले व्यापक रुपमा आत्ममिमांसा गर्न जरुरी छ ।
    नेपाली सेना नेपालको विकासदेखि युएनको शान्ति मिसनसम्म नाम कमाएको संगठन हो । अव सेनामाथि आन्तरिक चर्को विवाद, बिखण्डन समन गर्ने दायित्व देखि नेपालको सीमा सुरक्षा गर्नैपर्ने स्थिति सिर्जना हुनपुगेको छ । जनमानसले सीमा सुरक्षामा सेना लाग्नैपर्ने आवश्यकता छ भनेर दबाब दिइरहेको छ । यो अवस्थामा १८८० किलोमिटर खुला सीमा भएको मुलुक र ६१ हजार ९०० बर्गमिटर भारतले नेपाली भूभाग अतिक्रमण गरिसकेको तत्य सार्वजनिक भइसकेको स्थितिमा भारतसँगै हतियार किनेर भारत खुशी होला, नेपालको स्वाभिमानमा आँच आउला नआउला, नेपाली गौरव बचाउन सेना सक्षम होला नहोला ?
    भारत एसेन्सियल इभिल हो । हामी छिमेकी फेर्न सक्दैनौं । छिमेकी फेर्न सक्दैनौं भनेर छिमेकीको निरन्तरको प्रभुत्ववाद पनि स्वीकार्न सक्दैनौं । हामीले खोजेको भारतको प्रगति, नेपालको शान्ति र समुन्नति हो । भारतसँग भाइचाराको सम्बन्ध पनि हो । भारतले हवल्दारी देखाउन बन्द गर्नुपर्छ, बन्द गर्दैन भने सेनाले नेपालको सुरक्षामा ढाल भएर उभिनु पर्छ । वर्तमान कालखण्डमा भारत नेपालमाथि अतिक्रमणवादी, बिस्तारवादी नीति लिएर अघोषित युद्ध नै गरिरहेको छ । त्यो युद्धको प्रतिकार भारतसँग हतियार किनेर र भारतलाई खुशी पारेर कसरी सम्भव होला र ? विश्लेषकहरु यही प्रश्न उठाइरहेका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper