banner
banner

अपाङ्ग दिवसमा उपराष्ट्रपति किन आएनन् ?

अन्तराष्ट्रिय अपाङ्ग दिवस २०१८ भव्यताका साथ सम्पन्न भएको छ । तर यो भव्यतामा उपराष्ट्रपति नन्दबहादुर पुनले खुशी किरकिरा पारिदिएका थिए ।
क्ष्mउयधभचष्लन एभचकयलक धष्तज म्ष्कबदष्ष्तिष्भक बलम भ्लकगचष्लन क्ष्लअगिकष्खभलभकक बलम भ्त्रगबष्तिथ“ ‘अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरण तथा समावेशिता समानताको सुनिश्चतता ।’
‘मलाई गणना गर, समावेश गर’ ऋयगलत :भ, क्ष्लअगिमभ ग्क।
यही नाराका साथ छ म्भअझदभच द्दण्ज्ञड, मंसिर १९ गते अन्तराष्ट्रिय अपाङ्ग दिवस मनाइयो । राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रका अध्यक्ष तथा कार्यक्रम प्रमुख निलकण्ठ पौडेल लगायत राष्ट्रिय अपाङ्ग अनुसन्धान तथा विकास केन्द्रले गरेको कार्यक्रममा उपराष्ट्रपतिले भने अपाङ्गहरुको अवहेलना नै गरेको देखियो । सुरुमा यो कार्यक्रममा आउने बचन दिएका उपराष्ट्रपतिका नाममा निम्तो, प्रमाणपत्र, व्यानर सबै तैयार भए पनि अन्तिम समयमा सुरक्षाका कारण देखाएर उपराष्ट्रपति नआउने खबर पाएर आयोजक छटपटिएका थिए ।
कार्यक्रमा सामान्य प्रशासन मन्त्री माननीय लालबाबु पण्डित र पूर्व अर्थमन्त्री माननीय शंकर प्रसाद कोइराला र अन्य विशिष्ट अतिथिहरूको उपस्थितिमा विशेष व्यक्ति सम्मान, अपाङ्गसँग विवाहित जोडी सम्मान तथा २० जोर बैशाखी, १५ ओटा सेतो छडी, ६ थान ह्विल चियर वितरण गरिएको थियो ।
अपाङ्गहरुका तर्फबाट आयोजकले यसरी हार्दिकता ज्ञापन गरिएको थियो– हामीले धेरै गर्न बाँकी छ, यो सानो कार्यक्रम हो । हामी इतिहास रच्दैछौ । सहयोगी सबै मनहरुलाई धन्यबाद ज्ञापन गर्दछौं । यसैगरी सम्मान गर्ने नेपाल मगर युवा संघ भक्तपुर, इन्टरनेश्नल मिडिया हब र युनिभर्सल मिडिया ग्रुपलाई आभार तथा अन्य सहयोगीहरुलाई धन्यवाद ज्ञापन पनि गरिएको थियो ।
खान पुगोस्, दिन पुगोस्, यही भावनाबाट प्रेरित भएर सेतो लठ्ठी, ह्वील चेयरलगायतका सामान वितरण गर्नेहरुको आह्वान छ– अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान गरौं, सहयोग गरौं, समान व्यवहार गरौं ।  – धर्मरत्न श्रेष्ठ

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper