banner
banner

चीनले दिनेभो स्याटेलाइट नक्सा

    काठमाडौं । नेपालले लामो समयदेखि सीमा अतिक्रमण भयो भनेर गुनासो गरिरहदा पनि भारतले सुनेन । अझै पनि भारतले सीमा स्तम्भ सार्दै नेपाली भूभाग अतिक्रमण गर्दै आइरहेको छ । अव यो क्रम रोकिनसक्छ ।
    चीनले नेपालको समग्र भूभागको स्याटेलाइट नक्सा दिने भएको छ । चीनको स्याटेलाइट नक्साका कारण नेपाली भूभाग अहिले कति छ, कति मिचियो, तत्काल प्रमाणित रुपमा पाएपछि भारतका लागि लज्जाको विषय हुनेछ । यसकारण पनि अव भारतले नेपाली भूभाग अतिक्रमण गर्न गाह्रो पर्ने दिन आएको छ ।
    हुन त भारत बिस्तारवादी लत बसेको मुलुक हो । नेपालको ६१९०० बर्गमाइल भूभाग मिचेर पनि सीमामा बाँध, पुल, राजमार्ग, बस्ती बसालेर अन्तर्राष्ट्रिय कानुन मिचिरहेको छ । भारत लज्जाहीन भएको हुँदा नेपाल विकासमा र  स्थिरतामा पछि पर्दै आएको छ । भारतले नेपाललाई अघि बढ्न रोकेको छ ।
    चीनले नेपालको स्याटेलाइट नक्साका लागि समझदारी पत्रमा सही गरिसकेको छ । यो समझदारीमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले नेपालको तर्फबाट हस्ताक्षर गरेका छन् । भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्याल संयुक्त राष्ट्र संघीय विश्व भौगोलिक सूचना व्यवस्थापन सम्मेलन भाग लिन चीन गएको बेलामा यो समझदारी भएको हो । जसअनुसार आगामी पाँच वर्षसम्म चीनले निशुल्क रुपमा स्याटेलाइटबाट खिचिएको तस्बिर नेपाललाई उपलब्ध गराउने बचन दिएको छ चीनले । ‘जेठ ३ स्याटेलाइट इमेज क्लाउड सर्भिस प्लेटफर्म इन नेपाल’ नामक प्रणाली अन्र्तगत नेपालले आवश्यकता अनुसार तस्बिर डाउनलोड गर्न सक्नेछ । नेपालका लागि यो सबैभन्दा ठूलो उपलव्धिका रुपमा सीमाविदहरुले लिएको अवस्था छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper