banner
banner

भ्रष्टाचार बेश्यावृत्तिभन्दा खराव

काठमाडौं । यसै भन्छन् अख्तियार प्रमुख नविन घिमिरे । जब बेश्यावृत्तिभन्दा खराव हो भ्रष्टाचार, भ्रष्टाचारविरुद्ध किन नरम नीति अपनाइरहेको छ अख्तियार ? यसबारेमा अख्तियार प्रमुख केही बोल्दैनन् । अख्तियार जस्तो सुशासनको लागि काम गर्ने संवैधानिक अंगले आदर्शको कुरा कम र परिणाममुखी अधिकारको प्रयोग बढी गर्नुपर्ने होइन र ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेले भ्रष्टाचार संस्थागत हुँदै गएको भन्दै सरकार गम्भीर हुन आवश्यक रहेको प्रधानमन्त्रीले सुन्नेगरी भनेर साखुल्ले त बने, भ्रष्टाचारविरुद्ध अख्तियारले कडा रुख अपनाएको, साना ठूला माछा नछोडिने भन्न सकेनन् ।
लोकमान सिंह कार्कीपछि दीप बस्नेत र अहिले प्रमुख बनेका नविन घिमिरे सरकारको हनुमान बनेको जस्तो नियति देखाइरहेका छन् । सरकार रिसाउने गरी कुनै निर्णय नगर्ने नीति नै नै अख्तियार गरेको हो कि भन्ने प्रश्न उठेको छ ।
अख्तियार दिदस आइतवार मनाइयो, उनले भ्रष्टाचार बढ्यो, भ्रष्टाचार गर्ने तरिका पनि फेरियो पनि भने । फेरिएको भ्रष्टाचारको प्वाल बन्द गर्न अख्तियार तैयार रहेको जानकारी देशलाई नगराउँदा भ्रष्टहरु कत्ति तर्सेको देखिदैनन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper