banner
banner

कर कसका लागि ?

१८ करोडको बुलेटप्रुफ गाडी किन्न जनताले कर तिर्नुपर्ने ? ५४ अर्वको गाडी खरिद भएछ, अवकाशपछि विशिष्टलाई जनतले कर तिरेर पाल्नुपर्ने ? जनताको काम घूस नखाई कर्मचारी गर्दै नगर्ने ? यसकारण प्रश्न उठेको छ, लोकतन्त्रमा कर कसका लागि ?
अस्पतालमा डायलायसिस गर्न नसकेर जनता मरिरहेका छन् । भूकम्प बाढीपिडित चिसो खप्न बाध्य छन्, तिनले बास बनाउन सकेका छैनन् । पहिरो पीडितको व्यथा त्यस्तै छ । पहाडमा चामल छैन, पहाडी कामका लागि बच्चा च्यापेर भारत जाने लर्को छ, सहरमा खाडी जाने भीड उस्तै छ । रोजगारीको सिर्जना गर्ने बजेट विदेश भ्रमण, गाडी र हेलिकोप्टर सुविधा लिने, कमिशन खाने काममा खर्च भइरहेको छ । कति बालबालिका स्कूलको फी तिर्न नसकेर पढ्न पाएका छैनन् ।
जनताले तिरेको करको हुनुसम्मको दुरुपयोग भइरहेको छ । यसकारण लोकतान्त्रिक सरकारसामु प्रश्न छ– कर कसका लागि ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper