banner
banner

वान बेल्ट वान रोड र नेपाल


वान बेल्ट वान रोडको बारेमा केही लेखमा सबैकुरा समेट्न सकिने कुरा होइन यसका लागि धेरै नै अध्ययन अनुसन्धान आवश्यक देखिन्छ । वान बेल्ट वान रोडको परिचयात्मक पहिलो लेख यसअघि प्रकाशित भइसकेको छ । वान बेल्ट वान रोड आफैमा एउटा महाभारतभन्दा कम छैन र यो ‘स्टेट अफ फ्लक्स’मा रहेको छ । यो भन्नुको मतलब चीन आफैं पनि वान बेल्ट वान रोडको परिकल्पनालाई निरन्तर छलफल, अध्ययन अनुसन्धानमा राखेर त्यसबाट निस्किएका नयाँ निश्कर्षलाई समेटेर अगाडि बढ्न खोजिरहेको छ । त्यस्ता विचार विमर्श तथा अध्ययन अनुसन्धानबाट प्राप्त सुझाव र सम्भावनालाई लिएर यसका नयाा सम्भावना र चुनौतीको आंकलन लगातार जारी छ । यो लेखमा यसै विषयमा केही चर्चा समेटिएको छ ।
संसारको आर्थिक खबरबारे लेख्ने विविध पत्रिकामा छापिएका विश्लेषण हेर्ने हो भने वान बेल्ट वान रोड केवल आर्थिक विकास गर्ने उद्धेस्यले मात्रै अगाडी सारिएको योजना होइन । चीनको सरकारी खबर संस्थाका अनुसार वान बेल्ट वान रोड चीनले एसिया, मध्य एसिया र युरोपलाई गर्न लागेको पब्लिक सर्भिस हो । वान बेल्ट वान रोड परियोजना अन्तर्गत चलचित्र प्रदर्शनीदेखि पुस्तक मेला, विविध विषयको अध्ययनका लागि छात्रवृत्ति, सजिलो तरिकाले भिसा दिईने व्यवस्था आदि पनि छन् । चीन वान बेल्ट वान रोडको परिकल्पना मार्फत एसियालाई युरोपसाग सजिलै जोड्न चाहन्छ र त्यो जोड्ने माध्यम हुनेछन्: सडक, रेलमार्ग, तेल र ग्यासका पाइपलाइन, पावर ट्रान्समिसन लाइन, समुद्रीमार्ग र आधुनिक बन्दरगाह । अहिले आएर सूचना प्रविधिको विकास तथा त्यसलाई विस्तार गर्ने कुराहरु पनि वान बेल्ट वान रोड भित्र आएका छन् ।
वान बेल्ट वान रोडका लागि मध्य–एसियाका सबै देशहरु सकेसम्म लगानी गर्न तयार छन् किनभने यसले ग्यास र तेलका खानी रहेका देशहरुलाई रुस बाहेकका अरु खरिदकर्ताहरु भेट्न मद्दत गर्नेछ । 
वान बेल्ट वान रोडको काम कहिलेबाट सुरु भयो वा हुन्छ ?
हामी नेपालले वान बेल्ट वान रोडको हिस्सा हुनुपर्छ कि पर्दैन भन्नेमा बहसमा खुलस्त रुपमा सरकारी तवरमा छलफल हुन सकिरहेको छैन । वान बेल्ट वान रोडको बहसमा सरकारी हिच्किचाहटको कारण भारतीय दबाब वा भारत खुसी नहोला भन्ने लघुताभाष देखिन्छ । तर पनि नेपालमा विभिन्न तह तप्कामा वान बेल्ट वान रोडमा नेपालको संलग्नताबारे अलिअलि बहस जारी छ । तर यस मामलामा मध्य–एसियाका देशहरु निकै अघि बढिसकेका छन् । कजाखस्तानबाट तेलका पाइपलाइन चीनसम्म बिस्तार भइसकेका छन् । त्यस्तै तुर्कमेनिस्तानबाट सडक तथा प्राकृतिक ग्यासका पाइप, किर्गिस्तान र ताजिकिस्तानबाट चीन पुगिसकेका छन् । अब तिनलाई आवश्यकता अनुसार अन्य देशमा बिस्तार गर्ने योजना रहेको छ ।
सिल्क रुटमा भएका कतिपय कामहरु भने चीनका राष्ट्रपतिले वान बेल्ट वान रोडको घोषणा गर्नुभन्दा पहिले नै सुरु भएका थिए र ती कामहरु पनि अहिले आएर वान बेल्ट वान रोडको हिस्सा भएका छन् । चीनको उद्देश्य सकेसम्म धेरै भन्दा धेरै राष्ट्रलाई यस परियोजनामा जोड्ने भए पनि मध्य–एसियालाई  धेरै प्राथमिकतामा राखिएको छ । यसकारण पनि हुनसक्छ चिनियाा राष्ट्रपतिले कजाखस्तानको राजधानी अस्तानामा पहिलोपटक वान बेल्ट वान रोडको बारेमा आफ्नो योजना प्रस्तुत गरे । मध्य–एसियालाई प्राथमिकतामा राख्नुका दुई मुख्य कारण हुन सक्छन् । पहिलो त प्राचीन सिल्क रोड मध्य–एसिया भएर नै जान्थ्यो र आधुनिक सिल्क रोडले पनि त्यसलाई जोड्न सकोस् भन्ने चाहना हो । तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा चाहिं मध्य–एसिया तेल र ग्यासको खानी हो र चीन ती महत्वपूर्ण खानीहरुमा लगानी गर्न चाहन्छ र आफ्नो इन्धन आवश्यकतालाई पूर्ति गर्न मध्य–एसियामा आफ्नो राम्रो प्रभाव राख्न चाहन्छ ।
चीन वान बेल्ट वान रोडको परिकल्पना मार्फत एसियालाई युरोपसाग सजिलै जोड्न चाहन्छ र त्यो जोड्ने माध्यम हुनेछन्: सडक, रेलमार्ग, तेल र ग्यासका पाइपलाइन, पावर ट्रान्समिसन लाइन, समुद्रीमार्ग र आधुनिक बन्दरगाह । अहिले आएर सूचना प्रविधिको विकास तथा त्यसलाई विस्तार गर्ने कुराहरु पनि यस भित्र आएका छन् ।
मध्यपूर्वका देशहरुका दांजोमा मध्य–एसियाका देशहरु राजनीतिक रुपमा स्थिर छन् । पहिले सोभियत संघमा रहेका मध्य–एसियाका राष्ट्रहरुमा मुख्यतया मुस्लिमहरुको बाहुल्यता भए पनि धेरै हदसम्म आधुनिक पश्चिमा सभ्यता र संस्कृति आगालेका देशहरु छन् । चीनले यो पनि राम्ररी बुझेको छ कि ग्यास तथा इन्धनका खानी रहेका राष्ट्र (मध्य–एसिया)मा निरन्तरको स्थायित्वका लागि त्यहााका मुस्लिम जनताहरुलाई निरन्तर रोजगारी दिइनु पर्दछ । चीन आफ्ना छिमेकी राष्ट्रहरुमा ‘मुस्लिम अर्थोडक्सी’को प्रभाव देख्न चाहंदैन । त्यसको नकारात्मक असर मुस्लिम राष्ट्रसँग सीमाना जोडिएका आफ्ना प्रान्तहरुमा नहोस् भन्ने चाहन्छ । यस्ता र यिनै कतिपय कारणले वान बेल्ट वान रोडको मुख्य ध्यान मध्य–एसियामा हुनेछ । तसर्थ चीन मध्य–एसियामा ४००० किमिको रेलमार्ग र १०,००० किमिको सडक बनाउन १६ बिलियन अमेरिकी डलर खर्च गर्न तयार छ । वान बेल्ट वान रोडमा चीन र मध्य एसियाले यति प्रगति गरिसकेका छन् कि यो लेख पढ्ने कतिलाई आश्चर्य लाग्नसक्छ । सन् २०१६को फेब्रुअरीमा चीनको पहिलो कार्गो ट्रेन कजाखस्तान र तुर्कमेनिस्तान लाई पार गरेर इरान पुग्यो । त्यस्तै २०१६को सेप्टेम्बरमा चिनियाा कार्गो रेल कजाखस्तान र उज्वेकिस्तानको बाटो हुादै अफगानिस्तान सम्मको यात्रा गर्न सफल भै सकेको छ ।
यस विषयमा चासो राख्नेहरुलाई त केही हप्ता अघिको समाचारले झनै तरंगित बनाएको हुनुपर्छ । सत्र दिनको यात्रा पूरा गर्दै दशवटा देशको बाटो पार गर्दै पहिलो चिनियाा कार्गो बोकेको रेल लण्डनसम्मको यात्रा गर्न सफल भएको छ । चार मिलियन पाउण्डको कार्गो बोकेको रेल चीनबाट लण्डन पुग्नु विश्व व्यापारको सन्दर्भमा नयाा र ऐतिहासिक घटना हो । यी यस्ता तथ्य हुन् जसले भारत नभए नेपालले केहि गर्न सक्दैन वा भारतको सहारामा मात्र नेपालले केही गर्नसक्छ भन्ने भाग्यवादीहरुलाई चेतना प्रदान गर्न सक्छ र यो चेतना आएन भने हामी अझै पिछलग्गु, अविकशित, दरिद्र र गरीब भइरहनेछौं । 
कजाखस्तानबाट तेलका पाइपलाइन चीनसम्म बिस्तार भइसकेका छन् । त्यस्तै तुर्कमेनिस्तानबाट सडक तथा प्राकृतिक ग्यासका पाइप, किर्गिस्तान र ताजिकिस्तानबाट चीन पुगिसकेका छन् । अब तिनलाई आवश्यकता अनुसार अन्य देशमा बिस्तार गर्ने योजना रहेको छ ।
माथिका तथ्यलाई अझ यसरि बुझ्न सकिन्छ चीनबाट इरानसम्म समुन्ऽी मार्ग हुादै पुग्न ४५ दिन लाग्थ्यो भने अब मध्य–एसियाली देशको बाटो हुादै जाादा त्यो केवल १४ दिनमा पुग्न सम्भव हुनेछ । त्यस्तै चीनबाट अफगानिस्तानको लागि कार्गो बोकेको रेल दुई हप्तामा ७,५०० किमि दूरी पार गर्दै हैरातन पोर्ट पुग्यो जबकि सामान्य अवस्थामा यो ठाउाबाट समुद्री मार्ग हुँदै सामान पठाउादा २/३ महिना लाग्ने त्यहााको सरकारी निकायले बताएको छ । 
वान बेल्ट वान रोडमा कसकसले सहमति जनाइसके ?
चीनले सुरु गरेको वान बेल्ट वान रोड सर्वस्वीकार्य परियोजनाचाहिं हैन ।  विश्वको ठूलो देश भारतले खुलेर यसको बिरोध त गरेको छैन तर खुलेर समर्थन गर्ने वा भाग लिने कुनै छेकछन्द पनि देखाएको छैन । भारतीय प्रभावमा दबदबामा बाँचिरहेका हामी अझै अन्योलमै छौ भनौं वा दक्षिणको छिमेकीको विचार नबुझी कुनै निर्णय लिनसक्ने अवस्थामा छैनौं । 
हुन तवान बेल्ट वान रोडको सुरुवात २०१३ मा अमेरिकी प्रभावलाई प्रतिरोध गर्ने उद्देश्यले पनि आएको हो तर बदलिएको अमेरिकी राजनीतिमा नयाँ राष्ट्रपति ट्रम्पको वान बेल्ट वान रोडप्रति के नीति हुने हो भन्ने अझै स्पष्ट भइसकेको छैन । तर के अनुमान गर्न सकिन्छ भने वान बेल्ट वान रोडको मामलामा अमेरिका पनि निकै सकारात्मक हुनसक्छ ।  यदि त्यसो भयो भने भारतले पनि वान बेल्ट वान रोडलाई स्वीकार गर्ने देखिन्छ । यस्तो अवस्थामा चीन सााच्चिकै विश्व महाशक्तिको रुपमा उदय हुनेछ । 
चार मिलियन पाउण्डको कार्गो बोकेको रेल चीनबाट लण्डन पुग्नु विश्व व्यापारको सन्दर्भमा नयाा र ऐतिहासिक घटना हो । यी यस्ता तथ्य हुन् जसले भारत नभए नेपालले केहि गर्न सक्दैन वा भारतको सहारामा मात्र नेपालले केही गर्नसक्छ भन्ने भाग्यवादीहरुलाई चेतना प्रदान गर्न सक्छ र यो चेतना आएन भने हामी अझै पिछलग्गु, अविकशित, दरिद्र र गरीब भईरहनेछौं । 
जी–७ राष्ट्रहरु मध्ये केवल जापान र अमेरिकाले मात्रै वान बेल्ट वान रोडमा समर्थन गरेका छैनन् ।  यसले चीनप्रति अमेरिका र जापान  दुवैको अविश्वास देखिन्छ ।  तर हालै कार्यभार सम्हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरुले  पूर्व राष्ट्रपति ओबामाको ‘एसियन ईन्फ्रास्ट्रक्चर ईन्भेस्ट्मेन्ट ब्याङ्क’ प्रतिको नकारात्मक बिचारको विरोध गरेका छन् ।  यसलाई हेर्दा के बुझ्न सकिन्छ भने ट्रम्पको कार्यकालमा वान बेल्ट वान रोडप्रति अमेरिका नरम भएर प्रस्तुत हुनेछ ।  यस कुराले वान बेल्ट वान रोडमा हातेमालो गर्ने देशहरुलाई उत्साहित गर्ने नै छ र नयाा देशहरुलाई पनि वान बेल्ट वान रोडको अंश बन्न मार्ग प्रशस्त गर्नेछ ।  नेपालले यो मौका चुकाउनु हुादैन र पूर्ण रुपमा वान बेल्ट वान रोडप्रति मन, बचन र कर्मले सहभागिता जनाउनु पर्दछ । 
कति लगानी गर्छ चीनले वान बेल्ट वान रोडमा ?
अहिलेको आाकडा हेर्ने हो भने १ ट्रिलियन डलरको लगानी गरेर कम्तीमा ४४ देशहरुलाई जोड्ने लक्ष्य छ । 
यो परियोजनाको परिकल्पना चीनको उच्च नेतृत्वबाट आएको हुँदा चीन कुनै पनि हालतमा यसलाई पूरा गर्न लागिपरेको छ र चीनलाई साथ दिन चीनका नजिकका कजाखस्तान, उज्वेकिस्तान, ताजकिस्तान, तुर्कमनिस्तान लगायतका देशहरु तयार छन् । वान बेल्ट वान रोडका लागि मध्य–एसियाका सबै देशहरु सकेसम्म लगानी गर्न तयार छन् किनभने यसले ग्यास र तेलका खानी रहेका देशहरुलाई रुस बाहेकको अरु खरिदकर्ताहरु भेट्न मद्दत गर्नेछ । यस अर्थमा वान बेल्ट वान रोड सबैका लागि विन–विन हुने निश्चित छ । 
विश्वको ठूलो देश भारतले खुलेर यसको बिरोध त गरेको छैन तर खुलेर समर्थन गर्ने वा भाग लिने कुनै छेकछन्द पनि देखाएको छैन । मेरो अघिल्लो लेखमा पनि मैले यो उल्लेख गरेको छु कि पाकिस्तानको गवादर बन्दरगाहबाट चीनले सडकमार्गद्वारा कश्गर सहरलाई जोड्ने काम लगभग पूरा गरिसकेको छ र यो गेम–चेन्जर हुने सम्भावना छ ।  पाकिस्तान र चीनको यो कदमले भारत केहि अत्तालिएको देखिए पनि दक्षिण एसियाका सबै देशहरुका लागि भने यो खुसीको खबर हो ।  अन्तर्रा्ष्टि्रय बजारमा आफ्ना सामान सजिलै बेच्न र किन्न वान बेल्ट वान रोडलाई नेपाल लगायत सबै राष्ट्रले आफ्नो हितमा प्रयोग गर्ने सक्नेछन् । यसकारण नेपाल जतिसक्दो चााडोवान बेल्ट वान रोडको हिस्सा बन्नु आवश्यक देखिन्छ ।
 – घनश्याम खड्का 
(जेएनयुका एसोसियट रिसर्चर हुनुहुन्छ ।)

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper