banner
banner

ओलीलाई वार रुम किन ?

काठमाडौं । देशका विभिन्न आयोजनाहरुमा समस्या बढेका र समाधान समयमै हुन नसकेको कारण त्यसको निदानका लागि प्रधानमन्त्रीले कार्यालयमै वार रुम स्थापना गरेका छन् । देशभित्र धार्मिक र देशका सीमामा बढेका अतिक्रमण, आन्तरिक रुपमा बढेका वैदेशिक समस्या मात्र होइन, बिधिको शासनका सामान्य आचारसंहितासमेत पालना गर्न नसकेको सरकारले वार रुम स्थापना गर्नु भनेको गफाडीको गफजस्तै हो भन्ने प्रतिक्रिया सुनिन्छ ।
प्रधानमन्त्रीले सबै समस्या बुझेका छन्, प्रत्यक्ष अन्तरवार्ता र उनका अभिव्यक्तिहरुबाट पनि उनी देशका समस्यासँग पर छैनन् । समस्यासँग जुध्न र समाधान पहिल्याएर समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सफल पार्न प्रधानमन्त्री कामयाव हुन नसकेपछि आफ्ना गल्ती कमजोरी लुकाउन र काम गरिरहेको नाटक मञ्चन गर्नका लागि प्रधानमन्त्री ओलीले वार रुमको नयाँ पर्दा निर्माण गरेका हुन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper