banner
banner

अपाङ्गले कांग्रेस घेरे

काठमाडौं । अपाङ्ग संघले नेपाली कांग्रेस हाइकमाण्डलाई घेरेको छ । त्यसो त अपाङ्हरुसमेत पार्टी पार्टीमा फुटेका छन्, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले मातृपार्टी नेपाली कांग्रेस पार्टीमा घेरा हालेको हो ।
अपांग संघले पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । यतिबेला कांग्रेसको विधान संशोधनमाथि छलफल जारी छ र यही विधानमा आपत्ति जनाउँदै पार्टीको सबै तहमा अपाङ्गको प्रतिनिधित्व सुुनिश्चित गर्न माग गरिएको छ । यही माग पूरा गर्न सभापति देउवालाई ज्ञापनसमेत बुझाएका छन् । विज्ञप्ति नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताहरुलाई पनि दिएर पार्टीको सबै निकायमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित गर्न भूमिकाको खोजेका छन् ।
विज्ञप्तिमा संवैधानिक व्यवस्था अनुसार पनि पार्टीका सबै तहमा आफूहरुको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिनु परेको संघका अध्यक्ष भोजराज श्रेष्ठले प्रेसलाई बताएका छन् ।
यसरी अपाङ्ग संघले प्रतिनिधित्वको माँग गरे पनि विधानमा संशोधनमा माँग पूरा हुने सम्भाबना न्यून रहेको एक सदस्यले बताएका छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper