banner
banner

श्रम शोषण जहाँ बढी हुन्छ

पदम हमाल -
श्रम शोषण सबैभन्दा बढी हुने देशरु नै श्रम शोषण अन्त गर्न तैयार भएछन् । यो शुभ समाचार हो । यो सहमति कार्यान्वयनमा आउनुपर्छ, तवमात्र गरीव देशहरुमाथिको अन्याय र अत्याचारमा न्यूनिकरण हुनेछ ।
वैदेशिक रोजगारीमा कामदार पठाउने १२ देशहरु श्रमिक हितमा एकजुट पहिले पनि हुनेगरेका थिए, अहिले पनि एकजुट भएका छन् । यी देशहरुले १५ वर्ष अघि सुरु गरेका हुन् ‘कोलम्बो प्रोसेस’ । यो संगठनको काठमाडौंमा भेला भयो र १२ देशका सरकारले अव श्रम शोषण अन्त गर्नुपर्छ भने ।
भन्दैमा केही हुन्न । मुख्य सवाल हो, यिनै १२ देशमा सबैभन्दा बढी श्रम शोषण हुन्छ । श्रम शोषण हुने देशले वैदेशिक रोजगारीमा पठाएका श्रमिकको शोषण हुनु कुन नौलो कुरो भयो । पहिले आफ्नो मुलुकमा श्रम शोषण रोक्नुपर्‍यो अनि विदेशमा यी मुलुकले पठाएका श्रमिकलाई दासजसरी शोषण गर्न पाइन्न भनेर कुरा उठाउन र न्यायका लागि लड्न सजिलो हुनेछ ।
नेपाल, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, कम्बोडिया, थाइलेण्ड र चीनका मन्त्रीहरु यो सम्मेलनमा सहभागी भएका थिए । वैदेशिक रोजगारीका लागि श्रमिक माग गर्ने मुलुकहरुले व्यापक श्रम शोषण गरेका आवाजहरु अहिले पनि गुञ्जिरहेका छन् । यो पाँचौं सम्मेलनले श्रमिक भर्नादेखि कामको अवधिमा हुने गरेका शोषणको अन्तय गर्न प्रतिवद्धता जनाएका छन् । यी देशबाट खाडी वा मलेसियामा श्रमका लागि जाने कामदारको प्रमुख समस्या उच्च लागत हो । त्यसपछि श्रमिकमाथिको शोषण हो । त्यो घटाउन सक्लान त ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper